काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा सरकारले १ खर्ब १७ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको छ । यो बर्ष ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ४ महिना त्यसको २७.७६ प्रतिशत खर्च भएको छ ।
असोज मसान्तसम्मको पहिलो तीन महिनामा मात्रै ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
असोज मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको करिब ४६ प्रतिशत हो।

