• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      १0 घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      ११ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      ११ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      ११ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      ११ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १२ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      १८ घण्टा अघि

      जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

      २0 घण्टा अघि

      वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

      २0 घण्टा अघि

      गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

      २0 घण्टा अघि

      काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

      २0 घण्टा अघि

      प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

      २0 घण्टा अघि

      कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

      २0 घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

      २0 घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेन शाहको आजको कार्यतालिका

      २0 घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    महानगरपालिकाभित्र भएका १६९ वटा सार्वजनिक शौचालयमध्ये १२३ वटाको मर्मत र स्तरोन्नति आवश्यक

  • लाईभ नेपाल
  • २०८३ मंसिर ४, शुक्रबार (३ दिन अघि)
  • ९६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र भएका सार्वजनिक शौचालयको उपलब्धतासँगै शौचालयभित्रका सुविधालाई अद्यावधिक गर्न निर्देशन दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यो सेवालाई नागरिकले प्राप्त गर्नु पर्ने अनिवार्य, अत्यावश्यक र आधारभूत सेवाका रुपमा सञ्चालन गर्ने संयन्त्र निर्माणमा जोड दिनुभएको छ । सहरी योजना आयोगले सहरभित्रका सार्वजनिक शौचालयको विद्यमान अवस्था र व्यवस्थित सञ्चालन आवश्यकताका विषयमा गरेको अध्ययन प्रतिवेदनले औँल्याएको अवस्थामा जानकारी लिँदै स्वच्छ, सुरक्षित, व्यवस्थित, समावेशी र सबै नागरिकको पहुँच योग्य बनाउने कामलाई प्राथमिकता दिन अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

    आयोगले महानगरपालिकाभित्र रहेका १६९ वटा सार्वजनिक शौचालयको अवस्था, सञ्चालन प्रणाली, भौतिक संरचना, सरसफाइ, पानीको उपलब्धता र अपाङ्गता भएका व्यक्तिमैत्री सुविधाको अध्ययन गर्दा शौचालयमा सुधारको आवश्यकता देखाएको छ । अध्ययनले शौचालयको संख्या बढाउनेमाभन्दा पनि भएका संरचनालाई नियमित, गुणस्तरीय र प्रयोगकर्तामैत्री बनाउने कामलाई प्राथमिकतामा राख्न सुझाएको छ । शौचालय सञ्चालन भएका विद्यमान संरचनालाई मर्मत, स्तरोन्नति र पुनःनिर्माणबाट शौचालयको सुविधालाई व्यवस्थित गर्न सकिने अध्ययनको निष्कर्ष छ । ‘शौचालय केवल शौचसँग मात्र सम्बन्धित सेवा होइन ।

    यो जनस्वास्थ्य, वातावरण, समावेशिता जस्ता विषयसँग पनि जोडिएको छ । शौचालय भनेकै फोहर ठाउँ हो भन्ने सोच रुपान्तरण गर्नुपर्छ ।’ महानगरपालिकाको आग्रहमा पेट्रोल पम्पहरुले सञ्चालन गरेका शौचालयहरुको स्वच्छता बढेको, प्रयोगकर्तामैत्री बन्दै गएकोमा पम्प सञ्चालकप्रति आभार व्यक्त गर्दै डंगोलले भन्नुभयो, ‘हरेक सार्वजनिक शौचालयलाई महिलामैत्री, बालमैत्री, पहुँचयुक्त बनाउनुपर्छ । शौचालयको प्रयोग सुरक्षित हुनुपर्छ । यसो गर्ने दायित्व हाम्रै हो । यो दायित्व इमान्दारिताका साथ वहन गरौँ ।’ अध्ययन प्रतिवेदन प्रस्तुतिकरण गर्दै आयोगका सदस्य दामोदर गिरीले भन्नुभयो, ‘महानगरपालिकाभित्रका १६९ सार्वजनिक शौचालयमध्ये ११३ वटा अर्थात् ६७ प्रतिशत नियमित सञ्चालनमा छन् ।

    नौवटा आंशिक रूपमा सञ्चालनमा रहेको, १० वटा निर्माणाधीन अवस्थामा रहेको, १४ वटा बन्द वा सञ्चालन नभएको र दुईवटा प्रयोग गर्न अयोग्य अवस्थामा रहेको पाइयो । २१ वटा शौचालयको सञ्चालन अवस्था भने स्पष्ट हुन सकेको छैन ।’ गिरीका अनुसार ९८ वटा अर्थात् ५८ प्रतिशतमा शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै सुविधा छ । अपाङ्गता भएका व्यक्तिका लागि कम्तीमा एउटा पहुँचयुक्त सुविधा भएका शौचालयको संख्या १५ वटा अर्थात् ९ प्रतिशत छ । महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) का लागि आवश्यक सुविधा ३२ वटा अर्थात् १९ प्रतिशतमा उपलब्ध छ । भौतिक अवस्थाको विश्लेषण गर्दा ४६ वटा अर्थात् २७ प्रतिशत शौचालय मात्र राम्रो अवस्थामा भेटिए । सामान्य मर्मत आवश्यक पर्ने शौचालयको संख्या ५३ अर्थात् ३१ प्रतिशत छ ।

    त्यस्तै, ३३ वटा अर्थात् २० प्रतिशतमा प्रमुख मर्मत वा स्तरोन्नति गर्नुपर्ने अवस्थामा छन् । नियमित पानीको उपलब्धता भएका शौचालय ११३ वटा अर्थात् ६७ प्रतिशत छ । राम्रो सरसफाइ अवस्था भएका शौचालयको संख्या भने ३६ अर्थात् २१ प्रतिशत छ । यसले शौचालयमा पानीको व्यवस्था हुनु मात्र पर्याप्त नभई नियमित सफाइ, दुर्गन्ध नियन्त्रण, साबुनको उपलब्धता, फोहर व्यवस्थापन र प्रयोगपछि सफा राख्ने प्रणालीसमेत प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ । उपलब्ध सार्वजनिक शौचालयमध्ये ७९ वटा अर्थात् ४७ प्रतिशत निःशुल्क सञ्चालनमा भेटिए ।

    महानगरपालिकाभित्र रहेका शौचालयलाई सार्वजनिक सेवाका रुपमा प्रयोग गरिएको भए महानगरपालिकामा जानकारी उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । यो सूचनाबाट ७ जनाले सूचना दिनुभएको छ । अध्ययनले सार्वजनिक शौचालयको निर्माण तथा जग्गाको स्वामित्व, स्थानगत आवश्यकता पहिचान गर्दै नयाँ शौचालय निर्माणका लागि स्थान छनोट गर्दा जग्गाको उपलब्धता मात्र नभई पैदल तथा सवारी पहुँच, पानी, ढल निकास, प्रयोगकर्ताको चाप र सञ्चालनको सम्भाव्यतालाई समेत आधार बनाउनुपर्ने अध्ययनले सुझाव दिएको छ ।

    भित्री सहरी क्षेत्रहरु असन, न्युरोडलगायतका घना बजार क्षेत्रमा निजी घर, पसल तथा संस्थागत परिसरमा रहेका उपयुक्त शौचालयलाई भाडा वा सम्झौतामार्फत सार्वजनिक प्रयोगमा ल्याएर ‘पब्लिक ट्वाइलेट नेटवर्क’ विकास गर्न सकिने अध्ययनको सुझाव छ । यसरी प्राप्त भएको सुझावलाई तत्काल, मध्यकाल र दीर्घकालमा सञ्चालन गर्ने कामलाई कार्ययोजनामार्फत विभाजन महानगरपालिकाले सुधारको काम थालेको छ ।

    सार्वजनिक शौचालय आफैँ सञ्चालन गर्ने, सेवा बाह्य निकायलाई दिने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा अन्य उपयुक्त मोडेलका विषयमा स्पष्ट नीतिगत व्यवस्था आवश्यक भएको अध्ययनको निष्कर्ष छ । शौचालय निःशुल्क वा सशुल्क सञ्चालन गर्ने सम्बन्धमा एकरूप नीति, सञ्चालनको जिम्मेवारी, मर्मतसम्भार र अनुगमनको संस्थागत व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ । नियमित सफाइ तथा निःसंक्रमण, पानी र साबुनको उपलब्धता, दुर्गन्ध नियन्त्रण, सुरक्षित भुइँ, पर्याप्त प्रकाश, सुरक्षित ढोका तथा चुकुल, महिला–पुरुषका छुट्टाछुट्टै सुविधा, अपाङ्गतामैत्री प्रवेशमार्ग, ¥याम्प तथा ग्राब रेल, महिनावारी स्वच्छता व्यवस्थापन, पर्याप्त गोपनीयता र हावा आवतजावतको व्यवस्था सार्वजनिक शौचालयका आधारभूत अङ्ग हुन् ।

    शौचालय सञ्चालनको समय, नियमित सफाइ तालिका, मर्मतसम्भारको अभिलेख, जिम्मेवार निकायको पहिचान, पानी चुहावट नियन्त्रण, ढल तथा सेप्टिक ट्याङ्की व्यवस्थापन, प्रयोगकर्ताको गुनासो सुनुवाइ र नियमित अनुगमनलाई पनि न्यूनतम मापदण्डमा समेट्न आवश्यक देखिएको छ । अध्ययनका लागि आयोगले २०८३ भदौ ३ गतेदेखि काम सुरु गरेको थियो । अध्ययन प्रक्रियामा विद्यमान नीति, कानुन र संस्थागत व्यवस्थाको समीक्षा, एकीकृत अभिलेख तयारी, वडास्तरमा तथ्याङ्क प्रमाणीकरण तथा स्थलगत निरीक्षण गरिएको थियो ।

    तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप प्रयोग, स्थलगत टोली गठन र जीआईएसमा आधारित स्थानगत तथ्याङ्कसमेत तयार गरिएको अध्ययन छ । सार्वजनिक शौचालय नागरिकको आधारभूत सहरी सुविधासँग जोडिएको विषय हो । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घकालीन स्वास्थ्य समस्या भएका नागरिकका लागि सुरक्षित र पहुँचयुक्त शौचालयको उपलब्धता सार्वजनिक स्वास्थ्य, मर्यादा र समान अवसरसँग सम्बन्धित छ ।

    अध्ययनले देखाएका तथ्याङ्क र सुधारका प्राथमिकताले महानगरपालिकालाई विद्यमान संरचनाको प्रभावकारी उपयोग, सेवाको गुणस्तर अभिवृद्धि र नयाँ शौचालय निर्माणको स्पष्ट कार्यदिशा तय गर्न आधार प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    समाचार

    दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑