• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १७ घण्टा अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १७ घण्टा अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १७ घण्टा अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १७ घण्टा अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १७ घण्टा अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १७ घण्टा अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १७ घण्टा अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      २ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      २ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      २ दिन अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      २ दिन अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      २ दिन अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      २ दिन अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      २ दिन अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      २ दिन अघि
    आज: २०८३ आश्विन १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बजेटमा नयाँ के छ ?

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ १५, बिहिबार (१ साल अघि)
  • १०७८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्‌मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको छ । तर, पूर्ण रूपमा सुधारको बाटो समातिसकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वाभाविक हो ।

    आउँदो आर्थिक वर्षको बजेटमा परेका केही महत्त्वपूर्ण योजना तथा कार्यक्रमलाई राससले बुँदागत रूपमा केलाएको छ ।
    – प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ्यो ।
    – आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत ।
    – मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र ।
    – दुई वर्षभित्र चामलमा आत्मनिर्भर ।
    – सरकारी कर्मचारीलाई आगामी साउनदेखि मासिक पाँच हजार महँगी भत्ता ।
    – वृद्धभत्ताको उमेर ७० वर्ष ।
    – बाली लगाउने समयभन्दा १५ दिनअगावै समर्थन मूल्य तोक्ने व्यवस्था ।
    – चार करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण ।
    – आउँदो आवभित्र पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा ।
    – भूमि बाँझो राख्न नपाइने नीति, कम्तीमा १०० स्थानीय तहमा भूमि बैंक ।
    – सहकारीमा पाँच लाख रुपैयाँसम्मको बचतको निक्षेप सुरक्षण ।
    – सहकारी ऋण असुली न्यायाधिकरण स्थापना ।
    – आउँदो आर्थिक वर्षभित्र राज्य सुविधा परिचयपत्र ।
    – दलित समुदायलक्षित ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ ।
    – विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई तीन वर्षको भाडा छुट, पुरानोलाई भाडा घटाइयो ।
    – काठमाडौं उपत्यकाभित्रका उद्योगलाई बाहिर सारिने ।
    – नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने व्यवस्था ।
    – आउँदो एक वर्षभित्र सात खर्ब रुपैयाँबराबरको परियोजना विकास सम्झौता र चार खर्बको आयोजना निर्माण थालनी ।
    – नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति ।
    – निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशत विदेशमा लगानी गर्न पाउने ।
    – नेपाली नागरिकले विदेशी कम्पनीको ‘स्वेट’ सेयर लिन पाउने व्यवस्था ।
    – दैलेखको पेट्रोलियम खानीको व्यावसायिक उत्पादन ।
    – खानीजन्य वस्तुसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना ।
    – पेट्रोलमा बायोइथानोल मिश्रण नीति ।
    – सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार ।
    – होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकरमा छुट ।
    – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने ।
    – निजगढ विमानस्थल निर्माण अघि बढाइने ।
    – सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माण ।
    – अर्घाखाँचीमा पाणिनि ज्ञान उद्यान निर्माण ।
    – आउँदो मंसिरदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोग बन्द ।
    – डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा ।
    – नेपालको भू–उपग्रह स्थापनाको आधार तयार पारिने ।
    – चलचित्र छायांकनका निम्ति स्टुडियो निर्माण ।
    – रोजगार पोर्टल सञ्चालन ।
    – ‘अन द जब’ र  र ‘एपरेन्टसिप’ कार्यक्रम सञ्चालन ।
    – १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम ।
    – विद्यालय गाभ्ने नीति, शिक्षक दरबन्दी पुनरवलोकन ।
    – शिक्षक बैंकको स्थापना ।
    – सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन ।
    – स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी ।
    – सबै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार ।
    – सबै प्रदेशको कम्तीमा एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग ।
    – १६ वर्षभन्दा माथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र ।
    – हरेक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन ।
    – सार्वजनिक क्षेत्रका कार्यकारी पदमा कम्तीमा ३३ प्रतिशत महिला ।
    – हिंसापीडित महिलाका निम्ति मधेस, सुदूरपश्चिम र काठमाडौंमा पुनर्स्थापना केन्द्र ।
    – हरके वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस ।
    – दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको सबै काम सक्ने ।
    – ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन ।
    – आउँदो आवभित्र नागढुंगा र सिद्धबाबा सुरुङ निर्माण सम्पन्न ।
    – काठमाडौं–हेटौँडा रोपवेको विकल्पमा पोडवेको सम्भाव्यता अध्ययन ।
    – पूर्व–पश्चिम रेलमार्ग निर्माण विस्तृत सम्भाव्यता अध्ययन ।
    – एक वर्षभित्र काठमाडौं–केरुङ रेलमार्गको डीपीआर ।
    – आर्थिक वर्ष २०८२/८३ भित्र ‘नियो बैंक’ स्थापना गरिने ।
    – सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका निम्ति एक अर्ब रुपैयाँको कोष स्थापना ।
    – करार सेवाका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

    बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

    समाचार

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑