
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतीत बिमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकले यो अभियानबाट छुटको लाभ लिन सक्नेछन् ।
कम्पनीले गत जेठ १ गतेदेखि जेठ २५ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। कम्पनीले प्रदान गरेको यो सुविधा सकिन अब सात दिनमात्रै बाँकी रहेको छ।