• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      १0 घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      १0 घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      १0 घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      ११ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      ११ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      ११ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      ११ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      ११ घण्टा अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      १ दिन अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      १ दिन अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद मनाइँदै

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २४, शनिबार (११ महिना अघि)
  • ५४२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

    नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउछन् ।

    जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो । “यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्छ,” उहाँले भन्नुभयो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

    मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरूप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर ईद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    समाचार

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑