• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १0 घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १0 घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ११ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    ‘बुढानिलकण्ठको चिनारी’ नामक एकदिने सेमिनार सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ अषाढ २, सोमबार (१२ महिना अघि)
  • १४९७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १९ मिनेट

  • काठमाडौँ  । बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुढानिलकण्ठको चिनारी’ नामक एकदिने सेमिनार आज सनवे कलेज, मैतिदेवी र लिङ्कन कलेज, सामाखुशीमा सम्पन्न भएको छ। लाइभ नेपाल नेटवर्क प्रा. लि. को आयोजना र बुढानिलकण्ठ नगरपालिकाको उद्योग तथा पर्यटन शाखाको सहयोगमा आयोजित यस कार्यक्रममा लिङ्कन कलेज र सनवे कलेजका १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    ‘आफ्नो ठाउँ गाउँ आफै चिनाऔं’ भन्ने नाराका साथ अगाडि बढाइएको यस कार्यक्रमको उद्घाटन समाजसेवी तथा व्यवसायी एवं घराना बाईट्सका सञ्चालक हरि सुवेदीले कार्यक्रमको ब्यानर पढेर गरेका थिए। उनले बुढानिलकण्ठको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वमाथि प्रकाश पार्दै युवाहरूलाई स्वदेशमै बस्न आग्रह समेत गरेका थिए। बुढानिलकण्ठलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय समुदाय, सरकार र युवावर्गको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

    लिङ्कन कलेजका प्रधानाध्यापक प्रकाश शर्मा घिमिरेले आयोजकले युवा वर्गलाई लक्षित गरी कलेजस्तरीय कार्यक्रम राखेर आफ्नो ठाउँलाई प्रवर्द्धन गर्न बुढानिलकण्ठ चिनारी कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यसलाई नौलो र अति आवश्यक कार्यक्रमको संज्ञा दिए।

    कार्यक्रममा विशेष अतिथि प्रकाश गुरुङ (समाजसेवी तथा युवा नेता) र सनवे कलेजकी विशिष्ट अतिथि चन्दा थापाले पनि मन्तव्य राख्दै युवाहरूलाई पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न र स्थानीय सम्पदाको संरक्षणमा लाग्न प्रेरित गर्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए।

    सेमिनारका मुख्य आकर्षणमध्ये एक प्रशिक्षण सत्रमा प्रशिक्षक तथा मोडरेटर कृष्ण सापकोटाले बुढानिलकण्ठको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पक्षहरूको बारेमा विस्तृत जानकारी दिएका थिए। उनले बुढानिलकण्ठको प्राचीन विष्णु मूर्ति, शान्त वातावरण, र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको निकटताले यसलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सक्ने सम्भावनाबारे चर्चा गरे।

    कार्यक्रमका सभापति तथा लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कर राज पाण्डेले सेमिनारको औचित्यमाथि प्रकाश पार्दै युवा पुस्तालाई आफ्नो स्थानीय क्षेत्रको महत्त्व बुझाउनु र उनीहरूलाई पर्यटन विकासमा संलग्न गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका थिए। कार्यक्रम सञ्चारकर्मी तथा समाजसेवी सावित्री बस्नेतले कुशल ढङ्गले सञ्चालन गरेकी थिइन्।

    यस सेमिनारले युवाहरूमा बुढानिलकण्ठको पर्यटकीय सम्भावनाबारे चेतना वृद्धि गर्न र उनीहरूलाई भविष्यमा पर्यटन विकासका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न गराउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑