• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      २ घण्टा अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      ३ घण्टा अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      ३ घण्टा अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      ३ घण्टा अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      ४ घण्टा अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      ४ घण्टा अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      ४ घण्टा अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      ४ घण्टा अघि

      बीमा सर्भेयरसम्बन्धी नयाँ निर्देशन र आचारसंहितामा के छ व्यवस्था ?

      ४ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ८ घण्टा अघि

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १ दिन अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १ दिन अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १ दिन अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १ दिन अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    ‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

  • लाईभ नेपाल
  • २०८२ अषाढ ४, बुधबार (१0 महिना अघि)
  • ७३४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडाैं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’(पीपीए)को प्रावधान खारेजीको माग गर्दै आन्दोलनको लागि आन्तिम गृहकार्यमा रहेको बताएको छ ।

    मंगलबार पत्रकारहरुसँगको छलफलमा इप्पानले यस्तो बताएको हो । बजेट तथा कार्यक्रम पारित गर्ने क्रममा ‘टेक एण्ड पे’ (पीपीए)को व्यवस्था हटाउने ऊर्जामन्त्री र अर्थमन्त्रीको प्रतिवद्धताको कारण आन्दोलन घोषणा गर्न बाँकी रहेको तर अर्थ मन्त्रीले संसदमा नहटाउने संकेत गरेपछि इप्पान आन्दोलनको आन्तरिक गृहकार्यमा रहेको बताएको हो ।

    यदि ‘टेक एण्ड पे’ को प्रावधान लागू भएमा बैंक तथा वित्तिय संस्थाहरुले ‘टेक एण्ड पे’ को आधारमा गरिएको पीपीएमा वित्तिय व्यवस्थापन नगर्ने उर्जा उत्पादकहरुको भनाइ छ ।

    कार्यक्रममा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले सर्भेक्षण र निर्माण अनुमतिपत्र लिएका तथा यसका लागि आवेदन दिएका करिब ३५० मेगावाटका आयोजना आरओआर आयोजनाको क्षमता १७११७ मेगावाटको निर्माण अनिश्चित भएको बताए ।

    उनका अनुसार यो प्रावधानले १७११७ मेगावाटका आयोजनाका लागि हालसम्म भएको लगानी करिब ६६ अर्ब २२ करोड १४ लाख रुपैयाँ डुब्ने अवस्थामा छन् ।

    हालै विद्युत प्राधिकरणले सूचना जारी गरी पीपीएका लागि आवेदन दिएका ४९६५ मेगावाटका आयोजनाको पीपीए प्रभावित भएका छन् ।

    इप्पानको धारणा संक्षेपमा

    – नेपाल विद्युत प्राधिकरण एक मात्र खरिदकर्ता रहेको तथा प्राधिकरणले टेक अर पे (लिऊ वा तिर) मा पीपीए गर्दै आएको

    –२०७५ सालपछि करिब १५ सय मेगावाट र १० मेगावाटभन्दा कम क्षमताका मात्र पीपीए

    – हाल विद्युत प्राधिकरणमा १२ हजार ८ सय ८९ मेगावाटका आयोजनाले पीपीएका लागि आवेदन दिएको

    टेक एण्ड पे को प्रभाव

    बैंक तथा वित्तिय संस्थाहरुले टेक एण्ड पे को आधारमा गरिएको पीपीएमा वित्तिय व्यवस्थापन नगर्ने

    सर्भेक्षण र निर्माण अनुमतिपत्र लिएका तथा यसका लागि आवेदन दिएका करिब ३५० मेगावाटका आयोजना आरओआर आयोजनाको क्षमता १७११७ मेगावाटको निर्माण अनिश्चित ।

    –१७११७ मेगावाटका आयोजनाका लागि हालसम्म भएको लगानी करिब ६६ अर्ब २२ करोड १४ लाख रुपैयाँ डुब्ने अवस्थामा

    – हालै विद्युत प्राधिकरणले सूचना जारी गरी पीपीएका लागि आवेदन दिएका ४९६५ मेगावाटका आयोजनाको पीपीए प्रभावित

    –१० मेगावाट मुनिका आयोजनाको टेक अर पे पीपीए प्रभावित

    निर्माण कम्पनी, परामर्शदार्ता कम्पनी, उत्पादनकर्ता, आपूर्तिकर्ताका साथै सिमेन्ट, डण्डी, अटोमोबाइल, लगायतका सहायक उद्योगको उत्पादन वृद्धिको विरुद्धमा

    बजेटको व्यवस्था सरकारकै नीति विरुद्ध

    –विद्युत ऐन, २०४९ तथा जलविद्युत नीति, २०५८

    –१६ औ पञ्चबर्षीय योजना र लक्ष्य

    –निजी क्षेत्रलाई प्रवद्र्धक गर्ने सरकारको नीति, योजना, बजेट तथा कार्यक्रम

    मन्त्री परिषद्बाट पारित गरेको २८,५०० मेगावाट उत्पादन पुरÞ्याउने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र, २०८१

    भारत र बंगलादेशमा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजना

    –छिमेकी राष्ट्र भारतसँग १० बर्षमा १० हजार दीर्घकालीन विद्युत व्यापार गर्ने समझदारीविरुद्ध

    – सरकारले विभिन्न दातृ निकाय र विकास साझेदारहरुसँग नेपालमा निजी क्षेत्रलाई प्रवद्र्धक गर्ने सम्झौता

    निरीह ऊर्जा मन्त्री

    –आफैले मन्त्री परिषदबाट पारित गरेको बजेटमा टेक एण्ड पे, पीपीएको व्यवस्था हुनु तथा यसको विरोध तथा अर्थ मन्त्रालयमा पत्र लेख्ने अवस्थामा पुग्नु ऊर्जा मन्त्रीको निरीहपनता हो तर आफैले पारित गरेको बजेटविरुद्धमा अर्थ मन्त्रालयलाई पत्र लेख्ने हिम्मत गर्नु सकारात्मक

    अर्थ मन्त्रालय र अर्थमन्त्रीनै निजी क्षेत्रविरुद्ध

    – नेपाल सरकारले सार्वजनिक गरेको बजेटमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले शंसोधनको लागि पठाउनुले अर्थ मन्त्रालयको गैरजिम्मेवारीपनता र अपारदर्शी बजेट निर्माण (२०८२ साल जेठ २७ गते ऊर्जा मन्त्रालयद्धारा विद्युत प्राधिकरणको समेतको प्रस्तावमा अर्थ मन्त्रालयमा शंसोधनका लागि पत्र)

    –ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले प्रस्ताव बेगरै अर्थ मन्त्रालयद्धारा गर्नु बजेट तथा कार्यक्रममा चोर बाटोबाट टेक एण्ड पे पीपीए समावेश गर्नु अर्थमन्त्रीको पदीय दायित्व र बजेटको सिद्धान्त विपरित (अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउने भाईरस बने)

    – सरकारद्धारा २५ बर्षमै करिब २९ सय मेगावाट उत्पादन गर्न सफल निजी क्षेत्रलाई सिध्याउने खेलमा सरकार, अर्थ मन्त्रालय र अर्थ मन्त्री लाग्नु देशकै लागि बिडम्बना समाधानको उपाय

    १. उत्तम विकल्प

    – बजेटमा सार्वजनिक गरेको टेक एण्ड पे पीपीएको व्यवस्था फिर्ता लिनु

    २. अर्को विकल्प

    –१ महिनाभित्र विद्युत व्यापारको अनुमतिपत्र दिईसक्ने ग्यारेण्टी सरकारबाट सार्वजनिक गर्नुपर्ने

    –१ महिनाभित्र प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिइने ग्यारेण्टी सरकारबाट सरकारबाट सार्वजनिक गर्नुपर्ने (ओपन एक्सेस) व्यवस्था

    किन सरकारबाट ग्यारेण्टी आवश्यक

    २०६५ सालमा संसदमा दर्ता भएको विद्येयक अहिले पनि संसदमै छलफलमा रहेकोले त्यो विद्येयक पारित भएपछि निजी क्षेत्रले व्यापारको अनुमति पाईहाल्छ भन्ने तर्कसँग निजी क्षेत्र सहमत हुन सक्दैन, यसकारण एक महिनाभित्र व्यापारको अनुमतिपत्र दिने ग्यारेण्टी हुनुपर्छ

    ३. तेस्रो विकल्प

    – सडकदेखि ब्लाक आउटसम्मको शसक्त आन्दोलन

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

    समाचार

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑