• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १९, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

      २ घण्टा अघि

      A social journey written with the spirit of Rajan Thapa, honored by Kavre

      २ घण्टा अघि

      सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

      ३ घण्टा अघि

      राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

      ३ घण्टा अघि

      सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

      ५ घण्टा अघि

      वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ६ घण्टा अघि

      नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

      ६ घण्टा अघि

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      १ दिन अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      १ दिन अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      १ दिन अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      १ दिन अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      १ दिन अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      १ दिन अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      १ दिन अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      १ दिन अघि
    आज: २०८३ बैशाख १९, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    माओवादीमा प्रचण्ड र जनार्दनबिचकाे शक्ति संघर्ष उत्कर्षमा

  • लाईभ नेपाल
  • २०८२ श्रावण १३, मंगलबार (९ महिना अघि)
  • ९१४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । नेकपा माओवादीका दोस्रो तहका नेताहरुमध्ये उपमहासचिव समेत रहेका जनार्दन शर्माले यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा टक्कर दिएका छन् । भावी नेतृत्वमा आफूलाई अघि सार्न संकेतसहित शर्माले प्रचण्डलाई टक्कर दिएका छन् । शर्मा यसरी टक्कर दिइरहेका बेला महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन भने मौन रहेका छन्।

    पार्टीका विभिन्न कार्यक्रमहरुमा दिने अभिव्यक्तिहरु अध्यक्ष पुष्पकमल दाहालका लागि चुनौति बन्दै गएपछि नेतृत्वमा शर्माको अग्रसरतामा युवा पुस्ता गोलबन्द हुने अवस्था सिर्जना हुँदैछ । मोहन वैद्य, डा. बाबुराम भट्टराईलगायत पार्टीबाट बाहिरिएपछि माओवादीमा अध्यक्ष प्रचण्डलाई चुनौती दिने नेता छैनन् भन्ने भाष्यलाई शमाले चिरेका छन् ।

    अहिले पार्टीभित्र उपमहासचिव शर्मा जबरजस्त रूपमा अध्यक्ष प्रचण्डसँग आमने–सामने उभिन थालेपछि युवा पुस्ताका नेताहरुपनि अघि बढिरहेका छन् । करिब ३८ वर्षदेखि नेतृत्व गरिरहेका प्रचण्डलाई शर्माले कडै टक्कर दिदा युवाहरुले पनि साथ दिएका छन् । यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास हुने संकेत पनि देखिएको छ ।

    पार्टी वरीयताका हिसाबले चौथो अर्थात् उपमहासचिव मात्रै भए पनि ‘गुटीय शक्ति’का हिसाबले भने माओवादीमा अब शर्मालाई कम आँक्न नहुने माओवादीका नेताहरुको भनाई छ । पछिल्लो समय दाहाल–शर्माबीच सार्वजनिक मञ्चहरूमै ‘जुहारी’ चल्ने गरेको छ । ‘अब तपाईंले नेतृत्व छोड्नुपर्छ’ भन्ने शर्मा र ‘मैले छोड्दा बर्बाद हुन्छ’ भन्ने दाहालबीचको सवाल–जवाफलाई सबैले आ–आफ्नै सापेक्षातामा बुझेका होलान् । तर, स्वयम् दाहालले भने शर्माले आफूसँग ‘सिङ्गौरी’ खेल्न खोजेको रूपमा अथ्र्याएका छन् । साउन ७ गते नेकपाका संस्थापक महासचिव पुष्पलाललाई सम्झिँदै प्रचण्डले यही बोलेका छन् ।

    ‘अहिले पनि कति साथीहरूले ल त भनेर अलिलि सङ्गौरी खेल्न पाए हुन्थ्यो भन्ने जस्तो गर्नुभएको छ। उहाँहरुलाई म प्रशस्त सिङ्गौरी खेल्न दिएको छु। जति सिङ्गौरी खेल्न मन लाग्छ, खेल्नुस् भनेर दिएको छु। अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएरै हिँडे मैले। योभन्दा मैले गर्ने के हो ?,’ दाहालले भनेका छन् । शर्माले अध्यक्ष प्रचण्डमाथि नेतृत्व युवाहरूको हातमा सुम्पनका लागि दबाब बढाउने गरेका छन्, कहिले लिखित रूपमा त कहिले मौखिक रूपमा। शर्माले २०८१ साउनमा १४ पृष्ठको लिखित प्रस्ताव दर्ज गरेका थिए । साउन २६ गते बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको उक्त प्रस्तावको सार थियो– दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने ।

    प्रस्तावमा लेखिएको थियो, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’ त्यसयता शर्माले यही विषयलाई लिएर धेरै पटक र ठाउँ बोलिसकेका छन् । पार्टीका जवसहरूमा पनि उसैगरी आफ्नो बहुमत पु¥याउन थालेपछि प्रचण्डले शर्माले आफूसँग सिङ्गौरी खेल्न खोजेको रूपमा व्याख्या गरेका हुन् । तर, शर्माले भने आफूले व्यक्ति केन्द्रित भएर प्रश्न गरिनरहेको बताउने गरेका छन् ।

    उनले आफूले समग्रतामा विधि–प्रक्रियाको कुरा उठाएको दाबी गर्ने गरेका छन् । असार ६ गतेका काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यही दोहो¥याएका थिए । उनले भनेका थिए, ‘मैले कसैप्रति लक्षित गरेर विषयहरू उठाएको होइन। विधिको कुरा गरेको हो, प्रणालीको कुरा गरेको हो ।’प्रचण्ड र शर्माका बीचमा तीन वर्ष अगावै सार्वजनिक मञ्चमै सवाल–जवाफ भएको थियो । आठौं महाधिवेशनको आठ महिनापछि २०७९ भदौ २२ गते प्रचण्डसँग शर्माको सार्वजनिक मञ्चमै भनाभन भएको थियो। अखिल क्रान्तिकारीले चुनावकेन्द्रित भएर आयोजना गरेको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा प्रचण्ड र शर्मा एक अर्काकाप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

    कार्यक्रममा शर्माले प्रचण्डलाई ‘म तपाईंको र माओवादीको कहिले हुन्छु’ भनेर प्रश्न गरेका थिए। लामो भूमिका बाँध्दै शर्माले भनेका थिए, ‘एमालेसँग एकता गर भन्नुभयो, गरेँ, केपी ओलीको मान्छे भएँ । कांग्रेससँग सहकार्य गर भन्नुभयो, त्यो गर्न वार्ता गरेँ, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला, माओवादीको कहिले हुन्छु होला म? हुन पाउनुप¥यो नि । ४८ वर्ष भयो पार्टीमा लागेको, माओवादीको हुन पाउनु परेन म ? प्रचण्डको कहिले हुन्छु होला म? देउवाको, केपीको मात्रै भएँ। तपाईंको हुनुपरेन म?’ शर्माले त्यतिबेला पार्टीभित्र संघर्षको आवश्यकता देखेको, प्रश्न गर्नुपर्ने आवश्यकता देखेको बताएका थिए । तर, उनले यी प्रश्नभित्र कुनै दूराग्रह भने नभएको जिकिर पनि गरेका थिए । ‘त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र छ, न कुनै दुराग्रह छ, न नेतृत्वप्रतिको कुनै अपमानको कुरा छ ।

    पार्टी बनाउने हुटहुटी छ, पार्टी निर्माण गर्ने हुटहुटी छ, पार्टी रूपान्तरण गर्ने हुटहुटी छ। इमानदार बन्न पाइँदैन यो देशमा ? यो पार्टीमा इमानदार बनेर बोल्न पाइँदैन?’ जवाफमा प्रचण्डले अगाडि राम्रो कुरा गरे पनि पछाडि धारे हात लगाउनेहरू बढेको बताएका थिए । ‘प्रचण्डका अगाडि पर्दा सबैले मीठा र राम्रा कुरा गर्ने, महान् नेतृत्व भन्ने, कोठाबाट निस्केर गएपछि धारेहात लगाउनेको संख्या बढ्या छ।

    अब प्रभाकर (जनार्दन शर्मा) ले पनि मलाई यसो भन्यो र उसो भन्यो भनेर बढी भन्न जरुरी छैन। जुन कुरा टुंगिइसकेको छ, टुंगिइसकेको कुरालाई टुंगिएकै रूपमा बुझ्नु र त्यसलाई त्यसैगरी सम्प्रेषण गर्नु उचित हुन्छ,’ दाहालको भनाइ थियो, ‘कमरेड प्रभाकरले पनि ममाथि अत्याचारका अत्याचार भन्न जरुरी छैन ।’ यहाँसम्म आइपुग्दा दाहालले शर्माले आफूसँग सिङ्गौरी खेल्न खोजेको रूपमा बुझेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

    समाचार

    त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑