• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १९, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

      ८ घण्टा अघि

      A social journey written with the spirit of Rajan Thapa, honored by Kavre

      ८ घण्टा अघि

      सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

      ९ घण्टा अघि

      राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

      ९ घण्टा अघि

      सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

      ११ घण्टा अघि

      वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १२ घण्टा अघि

      नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

      १२ घण्टा अघि

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      १ दिन अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      १ दिन अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      १ दिन अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      १ दिन अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      १ दिन अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      १ दिन अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      १ दिन अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      १ दिन अघि
    आज: २०८३ बैशाख १९, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

  • लाईभ नेपाल
  • २०८२ भाद्र ३०, सोमबार (७ महिना अघि)
  • ४६८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काभ्रेपलाञ्चोक । हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् । क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् ।

    बनेपामा रहेका क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई साँगा प्रहरी चौकीमा स्थानान्तरण गरी सेवा नियमित गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

    कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले आजदेखि क्षतिग्रस्त कार्यालय मर्मत नभएसम्मका लागि ती दुई कार्यालयका सेवालाई नियमित गर्न लागिएको बताए ।

    यस्तै क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पाँचखाल कार्यालयलाई पनि नजिकै अस्थायी रुपमा भाडामा लिई सेवा नियमित गर्न लागिएको हो । यसअघि दुई कार्यालयका काम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयद्वारा खटाइएको हो ।

    जिल्ला सुरक्षा समितिको निरीक्षणपछि पूर्णरुपमा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पाँचखालको भवन हटाएर नयाँ बनाउने योजना बनाइने शाहले बताए । यस्तै हिगुवापाटीस्थित प्रहरी चौकीलाई पनि मर्मत नभएसम्म वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गरिएको प्रहरी उपरीक्षक शाहको भनाइ छ ।

    यसैगरी प्रदर्शनकारीबाट आंशिक क्षति पुगेको पनौती नगरपालिकाले आफ्नो सेवा आजबाट नियमित गर्ने जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माका अनुसार आजैबाट नगरभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूले सेवा नियमित गर्न अनुरोध गरिएको छ । प्रदर्शनकारीबाट पूर्णरुपमा क्षति पुर्‍याइएको बनेपा नगरपालिकाले भने आइतबारदेखि स्वास्थ्य शाखाको छुट्टै भवनबाट अत्यावश्यक सेवा सुरु गरेको जनाएको छ ।

    सदरमुकाम धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालयहरूको सेवा पनि आइतबार नियमित गराइएको थियो । स्थानीय प्रशासनको प्रारम्भिक विवरण अनुसार प्रदर्शनका क्रममा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्‍याइएको छ, भने दर्जनौँ सवारी साधनमा आगजनी गरिएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा यहाँका दुई जनाले काठमाडौंमा ज्यान गुमाएका छन् ।

    यसैबीच ‘जेनजी’ आन्दोलनका क्रममा यहाँ रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण आइतबारदेखि सङ्कलन गर्न थालिएको छ । स्थानीय प्रशासनको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिको सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन कार्य थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए ।

    उनका अनुसार प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउने छन् भने व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुनेछ । करिब एक हप्तामा जिल्लाको सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्ने उनको भनाइ छ । (रासस)

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

    समाचार

    त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑