• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ आश्विन १६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      २०८२ फागुन २१ मा संघीय चुनाव नभए के हुन्छ ? निर्वाचन आयोगका माग र सम्भावित बाटोहरू

      १३ घण्टा अघि

      जलेको देश र अनिश्चित भविष्य

      १ दिन अघि

      डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

      १ दिन अघि

      माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

      १ दिन अघि

      नवमीका दिन सवारी साधनको पूजा

      १ दिन अघि

      च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

      १ दिन अघि

      पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

      १ दिन अघि

      इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

      १ दिन अघि

      सयपत्री फूलखेती विस्तार

      १ दिन अघि

      राष्ट्रिय संवाद अपरिहार्य: फागुनको निर्वाचन सम्पन्न गर्न वा संसद पुनःस्थापना गर्न नैनसिंह महरको जोड

      ३ दिन अघि

      तुईन खोलामा फेरि पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध

      ३ दिन अघि

      काठमाडौं उपत्यकाबाट एकै दिनमा एक लाख ११ हजार बाहिरिए

      ३ दिन अघि

      नेपाल बैंकका कर्मचारी र ग्राहकलाई Hyundai गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

      ३ दिन अघि

      प्रथम वार्षिक साधारण सभा सम्पन्न

      ३ दिन अघि

      सीप र संघर्षकी प्रतीक – राधीका कार्की थापा

      ३ दिन अघि
    आज: २०८२ आश्विन १६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    जलेको देश र अनिश्चित भविष्य

  • प्रकाश पाण्डे
  • २०८२ आश्विन १५, बुधबार (१ दिन अघि)
  • ६४८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५५१ मिनेट

  • असोज १५, दक्षिण कोरिया । वास्तवमा नेपाली समाजले खोजेको थियो एउटा नवीन जागरण र प्रगतिशीलक्रान्ति। तर भइदियो ध्वंशात्मक। इतिहासको पानलाई सरसर्ती पढ्ने जोकोहीले बुझ्ने कुरा मानव सभ्यतामा अधिकांश क्रान्ति रगतले लेखिएका छन्।कयौ भयानक विध्वंस झेल्दै मानव समाज याहाँसम्म आएको छ। क्रान्तिमानव समाजको निरन्तर प्रक्रिया हो। यो निकै हृदयविदारक हुने भएपनिमानव समाज यसलाई पटक पटक अगाल्न वाध्य बन्छ। इतिहासमा क्रान्ति रध्वंसपछि नै नयाँ युगको सुरुवात भएको छ। तर त्यसका लागि इमानदार रदूरदर्शी नेतृत्व र आम मानिसको धैर्यता र कठोर परिश्रम अनिवार्य सर्त हो।क्रान्ति पश्चात् अन्यथा भएर कयौँ सभ्यता र समाज दुखान्त कथाका रूपमाइतिहासका पानामै हराएका छन्।

    भनिन्छ क्रान्ति एक जुगमा एक पटक आउँछ र उलटपुलट उथलपुथलल्याउँछ। तर नेपाली राजनीतिको ८० वर्षको इतिहासमा लगभग हरेकदशकमा आन्दोलन र क्रान्ति भइराखेका छन् । सम्भवत यति छोटो समयमायति धेरै आन्दोलन संसारका कुनै देश वा समाजले भोग्नु परेको छैन होला।ससाना भुरे टाकुरे राज्यलाई एकीकरण गरेर पृथ्वीनारायण शाहले एकात्मकराज्य प्रणालीको सुरुवात गरेदेखि नै नेपाली राजनीति जालझेल, षड्यन्त्र, बदला र हत्याको डरलाग्दो सिलसिलको रुपमा रहिआएको छ। २६० वर्षकोनेपाली इतिहासको अध्ययनबाट यो निष्कर्ष निकाल्दा अतिसयोक्ति नहोलाकि नेपाली राज्य सत्तामा पात्रहरू परिवर्तन भए, व्यवस्थाका नामहरू फेरिएतर आम नेपाली जनताले विकास र समृद्धि प्राप्त गरेको कहिल्यै महसुस गर्नसकेनन्।

    राणा शासनको पतनपछिको अवस्थालाई मात्र मनन गरौं। जब दोस्रो युद्धपश्चात संसारका साम्राज्यहरु ढल्दै उपनिवेशी राज्यहरु स्वतन्त्र हुदै गए र दुईविचारधारात्मक लडाईको सुरुवात हुदै थियो नेपालमा सशस्त्र क्रान्तिद्वाराराणा शासन पतन भयो र प्रजातन्त्रको स्थापना गरियो। तर विडम्बनाप्रजातन्त्र स्थापना पश्चातपछि पनि प्रधानमन्त्री भने पुरानै जहानियाशासकको निरन्तरता भयो। यसबाट प्रष्ट हुन्छ व्यवस्थाको नाम त फेरियो तरराज्य सत्ताको चरित्र र नोकरशाही परम्परा भने यथावत कायम रहिरह्यो।प्रजातन्त्र स्थापना पश्चात् नेपाली कांग्रेस र कम्युनिस्ट दलहरूको उदय भयो।पट्यारलाग्दो राजनीतिक खिचातानीका बिच १७ सालमा वहुदलीय व्यवस्थाहटाएर एकात्मक पञ्चायती व्यवस्थाको कालो अध्याय सुरु भयो। ३६सालको जनमत संग्रहसम्म आइपुग्दा विभिन्न राजनीतिक दलहरूले नेपालीसमाजमा जरा गाडिसकेका थिए। ४६ सालसम्म आइपुग्दा नेपाली समाजदलीयकरणको चरम सीमामा पुगिसकेको थियो। त्यसले आम मानिसमाराजनीतिक जागरण पनि ल्याउँदै थियो।

    आवरणलाई जति लिपपोत गरेपनि शासक र तेस  वरपरका भजन मण्डलीमात्र फलिफाप हुने पञ्चायती राज्य सत्ता भित्रभित्रै मक्किसकेको थियो।विश्वमा परिवर्तन हुँदै गएको भूराजनीति र नेपाली समाजको दलीयरणकोनतिजा स्वरूप पञ्चायत ढल्यो र ४६ सालमा बहुदलीय व्यवस्थाकोपुनर्स्थापना भयो। त्यसपछि नेपाली समाजमा उदारीकरणको साथसाथैकांग्रेसीकरण र एमालेकरणको युग सुरु भयो। जनताकै झुपडीबाट बनेकाराजनीतिक दलहरू सत्तामा त थिए तर उनीहरूले राज्य सत्ता आम मानिसकोपनि हो भन्ने कुरा प्रत्याभूति गराउनै सकेनन्।

    नेपाली समाजको परम्परागत सामन्तवादी चरित्र, असमानता, शोषण रउत्पीडनको गोदाममा ५२ सालबाट माओवादीले जनयुद्धको नाममा बारुदपड्काउन थाल्यो। भीषण बारुदको आवाज सँगसँगै नेपाली समाजमानिजिकरण, बजारीकरण, व्यापारीकरण जस्ता उदारीकरणका सिद्धान्तहरुस्थापित हुदै गए। तर त्यसको फाइदा निश्चित वर्गमा मात्र सीमित थियो।

    ५८ मा भएको दरवार हत्याकाण्ड पछि नयाँ राजा र दलहरू बिच सत्ताकोछिनाझपटीले उत्कर्ष छुन थाल्यो। त्यसमा हारेका दलहरु र सशस्त्रसङ्घर्षबाट राजनीति पार लगाउन सकिँदैन भन्ने तत्कालीन विद्रोहीहरूकोअत्मवोधको नतिजा स्वरूप ६२\६३ को जनआन्दोलन हुनपुग्यो। त्यसपश्चातराजनीतिक दलहरूले सत्ताको पुनर्प्राप्ति गरे, बन्दुक बिसाएर तत्कालीनविद्रोहीहरू मूलधारको राजनीतिमा प्रवेश गरे र सँगै हिमाल, पहाड तराईकाविभिन्न भूगोल समुदायले आफ्नो हक अधिकारको नाराले समग्र नेपालीसमाज गुञ्जायमान पार्न थाले।

    त्यसपछिका मधेस विद्रोह जस्ता क्षेत्रीय विद्रोहरू झेल्दै संविधानसभाकोचुनाव पश्चात विद्रोही माओवादी नेपालको ठूलो दलको रुपमा उदाउनपुग्यो। त्यो त्यस्तो समय थियो आम नेपाली न्यायपूर्ण र विकसित समाजकोरुमानी सपनामा मदहोस बन्न पुगेका थिए। नेपाली समाज यति धेरैपरिवर्तनको सपना इतिहासमा सायदै देख्यो। तर विडम्बना उही सत्ताकोछिनाझपटीको पट्यारलाग्दो नाटकको पुनरावृत्ति हुन पुग्यो र नेपालीजनमानसको विकास र समृद्धिको सपना क्षयकरण हुन थाल्यो। सत्तासँगैराजनीतिक दलहरू क्रान्ति र प्रतिक्रान्तिको खेलमा फस्न पुगे। पहिलोसंविधानसभाको दुखान्त विघटन भयो र फेरि दोस्रो संविधानसभाको चुनावगरियो। त्यतिबेलासम्म पहिलो दल तत्कालीन विद्रोहीहरूको आभानिभिसकेको मात्रै थिएन आम मानिसहरूलाई निराशाले घेर्न थालिसकेथियो।

    ७२ को भूकम्प पश्चात देशले एक थान संविधान त पायो सँगै छिमेकीकोनाकाबन्दीले आर्थिक रुपमा थिलथिलो हुन पुग्यो। संविधान बने पश्चातभएको आम निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टीहरू बीचको गठजोडबाटनेपाली समाजको आँखाम फेरी समृद्धिको सपना पलायो। तर केही समयमैनेतृत्वबाट पाएको धोकाले नेपाली समाजको त्यो सपना यसरी छिन्न भिन्नहुन पुग्यो कि दल र त्यसका नेतृत्वलाई आम मनिस आब रित्ति पनि विश्वासगर्न नसक्ने अवस्थामा पुगे।

    ६० देखि ८२ सम्म आइपुग्दा नेपाली समाजको अर्थ-समाजिक संरचनाकासाथै मानिसको मनोविज्ञानमा व्यापक उलटफेर आएको छ। तर राजनीतिकनेतृत्व समाजको रूपान्तरण र आम मानिसको सपना मुताबिक शासन गर्नपूर्णत असफल भएको छ। राजनीतिक दल र नेतृत्व जनतावाटा टाढा भएरआफ्नो मनमोजी शासन गर्दै गर्दा उनिहरुले जनताबाट टुटेको आत्मस्विकारोक्ति गर्नै सकेकनन्। समाजलाई आर्थिक रुपमा मात्रै हैन वैचारीकसुन्यतामा पुर्‍याएर आजको अराजक अवस्थामा ल्याउन पनि उनिहरुकै हातछ। जसको नतिजा आजको अवस्थामा पुग्न देश विवस भएको छ।

    आजको अवस्था हेर्दा नेपाली समाजको भविष्य अनिश्चितताको कालोधुवाँमा लपेटिएको छ। आज कलिला युवाको इमान्दार विद्रोहलाई ढालबनाएर व्यक्तिका सम्पत्ति जलाइएका छन्, लुटिएका छन्, उद्योगकलकारखाना ध्वस्त बनाइएका छन्। वलियो दुश्मन राष्ट्रले वर्षौं बमबारीगरेर पनि ध्वस्त पार्न हम्मेहम्मे पर्ने संरचनाहरु निमेष भरमा खरानी बनेको छ।आज देशको सञ्चालनमा महत्वपूर्ण भूमिका रहने सम्भ्रान्त वर्गमा गहिरो चोटपुगेको छ। आजको अवस्था आइपुग्नुमा राजनीतिक दल र त्यसका नेतृत्वकारण भएपनि उनीहरुले पनि अपमानित महसुस गरेको प्रतित हुन्छ। संसारको बदलिँदो भूराजनीतिक तनावको विचमा नेपाल पनि खेलमैदान बन्दैगएको प्रत्यक्ष प्रमाणहरू देखिँदैछन्। अझ दुःखका साथ भन्नुपर्छ यस्तोसंकटपूर्ण अवस्थालाई झेल्नुपर्ने नेपाली समाजले आलोचनात्मक चेत मात्रहोइन विवेक पनि गुमाइरहेको प्रतित हुन्छ।

    नेपालको भविष्य कस्तो रहनेछ अब नयाँ बनेको सरकारले कस्तो भूमिकानिर्वाह गर्छ, राजनीतिक पार्टीहरूले कस्तो प्रतिक्रियात्मक हतकण्डानिम्त्याउँछन्, हिजो राजनीतिक पार्टी र नेतृत्वको अक्षमतालाईआलोचनात्मक विरोध गर्न छोडेर नकारात्मकता फैलाउदै समाजलाई अझनिरासामा डुबाउन भूमिका खेल्ने अभियन्ताहरू, सामाजिक सञ्जालप्रयोगकर्ताहरू र युट्युबरमा भ्युज बटुलेर रोजीरोटी धानेकाहरुले कसरीसमाजमा जागरण र चेतनाको बिगुल फुक्छन् भन्ने कुरामा पनि हदैसम्म निर्भरहुन्छ।

    त्यस्तै भूराजनीतिक टकराव कहाँ पुग्छ र आन्तरिक शक्तिहरू क–कसकोकित्तामा विभाजित भएर कसरी टक्राउँछन् भन्ने कुरा पनि आगामी नेपालकोभविष्यको लागि महत्वपूर्ण छ। देशका बौद्धिक वर्ग र सचेत समूहलेइतिहासदेखि आजसम्म आइपुग्दा पनि नेपाली राज्य सत्ताले आम मानिसमासकारात्मक परिवर्तन किन ल्याउन सकेन भन्ने कुराको वास्तविक कराणहरुउत्खनन गरि राष्ट्रिय वहसको श्रृङ्खलाबाट आम मानिसमा वैचारिकचेतनाको विकास गराउन भूमिका खेल्नु पनि उतिकै आवश्यक छ। आर्थिकरूपमा छेदविच्छेद भएको देश र तरल अवस्थामा पुग्दै गरेको सामाजिकसंरचनालाई सबै पक्ष मिलेर सकारात्मक दिशा दिन सके  बिस्तारै देशले बाटोसमाउला र वर्षौपछि सुखद गन्तव्यतिर लम्केला। अन्यथा, अहिलेको यो धक्का दुस्वपना भनेर नेपालीहरूलाई पिरोलिरहन सक्नेछ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    नवमीका दिन सवारी साधनको पूजा

    च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

    पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

    इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    समाचार

    डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    नवमीका दिन सवारी साधनको पूजा

    च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑