
ड्यालस–फोर्ट वर्थ (टेक्सास): नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले चुनावी मैदानमा उत्रनुअघि नै स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरी एक नयाँ परम्पराको थालनी गरेको छ।
डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट महत्त्वपूर्ण सुझावहरू लिएको थियो। अध्यक्षका उम्मेदवार भण्डारीसहित उनको प्यानलका अधिकांश उम्मेदवारहरूको कार्यक्रममा उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले एनएसटीले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको स्मरण गराए।
उनको टिमका मुख्य एजेन्डाहरू यस प्रकार रहेका छन्:
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. चण्डी भण्डारीले ‘समाजले दिएका एजेण्डा’ लाई नै आफ्नो टिमको एजेण्डा बनाएर कार्यान्वयन गर्ने बताए। कार्यक्रमको अन्त्यमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने, “जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो भन्ने मान्यतामा हामी चल्छौं। समाजले हामीलाई एजेण्डा दिन्छ, हामी त्यसलाई कार्यान्वयन गर्ने पात्र मात्र हौं। टिम जनक केवल सेवाका लागि आएको हो।”
महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू प्रचारप्रसारमा भन्दा काममा विश्वास गर्ने बताए। उनले निर्वाचित भएमा हरेक निर्णय र कामको जानकारी प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे। यादवले भने, “मेरो व्यक्तिगत एजेण्डा छैन, टिमको एजेण्डा नै मेरो एजेण्डा हो। हामी हरेक तीन महिनामा पत्रकार भेटघाट गरेर सुझाव लिनेछौं।” उनले समाजको कामलाई विकेन्द्रीकरण गर्न टोल-फ्री नम्बरको व्यवस्था गर्ने योजना पनि सुनाए।
उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले आफू सामाजिक कार्यमा मनदेखि नै सक्रिय रहेको बताइन्। उनले विशेषगरी विद्यार्थी र महिलाहरूका समस्यामा समाजले अझ बढी सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले उम्मेदवारहरूलाई महत्त्वपूर्ण सुझावहरू दिएका थिए:
कार्यक्रमको सहजिकरण नेपाली समाज टेक्सासका पूर्व महासचिब सन्देश उप्रेतीले गरेका थिए। कार्यक्रममा अध्यक्षका उम्मेदवार जनक भण्डारीसहित निम्न सदस्यहरूको उपस्थिति थियो:


