• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

      ५ घण्टा अघि

      मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

      ५ घण्टा अघि

      सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

      ५ घण्टा अघि

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ९ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ९ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ९ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      १0 घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १0 घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      १0 घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १0 घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ११ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ११ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      २२ घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      १ दिन अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      १ दिन अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    डा. सुवास घिमिरेको नेतृत्वमा ॐ समाज डेण्टल अस्पतालद्वारा पवनेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सामग्री हस्तान्तरण

  • लाईभ नेपाल
  • २०८२ पौष २३, बुधबार (३ महिना अघि)
  • ४०३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । राजन थापा समाज डेण्टल अस्पतालले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पवनेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आवश्यक विद्युतिय सामग्री हस्तान्तरण गरेको छ। ॐ समाज डेण्टल अस्पतालका संस्थापक तथा प्रमुख दन्त तथा म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम मिति २०८२ पौष २२ गते काठमाडौंमा आयोजना गरिएको हो ।

    स्वस्थ समाज निर्माणमा उपचारसँगै रोकथामको भूमिकालाई महत्वपूर्ण मान्दै अस्पतालले समुदायस्तरमा स्वच्छ खानेपानी र सरसफाइ प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा उपभोक्ता संस्थाको सेवा प्रवाहलाई सहज बनाउने विभिन्न विद्युतिय सामग्रीहरू प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. सुवास घिमिरेले स्वस्थ जीवनका लागि अस्पताल उपचार मात्र पर्याप्त नहुने बताउँदै स्वच्छ खानेपानी, सरसफाइ र जनचेतनाको महत्व उत्तिकै रहेको उल्लेख गरे ।

    “स्वास्थ्य समस्या उपचार कक्षभित्र मात्र समाधान हुँदैन । रोग लागिसकेपछि अस्पताल धाउने संस्कारभन्दा रोग लाग्नै नदिने संस्कार विकास गर्नु आजको आवश्यकता हो,” उनले भने। डा. घिमिरेले सडकदेखि सदनसम्मका सबै नागरिकका लागि आफ्नो सन्देश एउटै रहेको उल्लेख गर्दै भने, “रोग लागेर अस्पताल जानुभन्दा रोग लाग्नै नदिनु नै सबैभन्दा ठूलो उपचार हो ।” उनका अनुसार समाज स्वस्थ रहनु भनेको स्वास्थ्य संस्थाको मात्र नभई राज्य, समुदाय र नागरिक सबैको साझा दायित्व हो । उनले ॐ समाज डेण्टल अस्पताल स्थापना हुनुको मूल उद्देश्य नै समाजप्रति जिम्मेवार, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको स्पष्ट पारे ।

    दन्त उपचारमा मात्र सीमित नरही अस्पतालले सामाजिक सेवा, जनचेतना अभिवृद्धि तथा रोकथाममुखी स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उनले बताए। “हामी उपचारसँगै रोकथाममा जोड दिन चाहन्छौं। स्वस्थ समाज निर्माणका लागि स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्य सचेतना अपरिहार्य छन्,” डा. घिमिरेले भने ।

    आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिइने उनको प्रतिबद्धता थियो। कार्यक्रममा पवनेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष, पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपभोक्ता संस्थाका प्रतिनिधिहरूले ॐ समाज डेण्टल अस्पतालले गरेको सहयोगले संस्थाको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनीहरूले डा. सुवास घिमिरे तथा ॐ समाज डेण्टल अस्पतालको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य संस्थाले समुदायसँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताए। यस्ता सहकार्यले स्थानीय तहमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने उनीहरूको धारणा थियो ।

    यसै क्रममा एक स्थानीय प्रतिनिधिले ॐ समाज डेण्टल अस्पतालले देशभर धेरै स्थानमा नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने कारणबारे जिज्ञासा राखेका थिए। त्यसको जवाफ दिँदै अस्पताल पक्षले ॐ समाज डेण्टल अस्पताल नेपालमै सबैभन्दा बढी दन्त तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पतालका रूपमा चिनिँदै आएको जानकारी गरायो। अस्पतालका अनुसार प्रत्येक महिनामा काठमाडौं, ललितपुर र भक्तपुरसहित दुर्गम जिल्लाहरूमा समेत गरी २० भन्दा बढी निःशुल्क स्वास्थ्य तथा दन्त शिविरहरू सञ्चालन गरिँदै आएको छ ।

    यसले सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको अस्पतालको दाबी छ। ॐ समाज डेण्टल अस्पतालले यसअघि पनि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर, विद्यार्थी लक्षित दन्त परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक सहयोगका गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। विशेषगरी विपन्न, सीमान्तकृत तथा दुर्गम क्षेत्रका समुदायलाई लक्षित गर्दै अस्पतालले सेवा विस्तार गर्दै आएको जनाएको छ ।

    दोस्रो चरणको सामग्री हस्तान्तरण कार्यक्रमले अस्पताल र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ छ। स्वास्थ्य संस्थाले उपचारसँगै सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्दा समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास थियो। अस्पताल प्रशासनका अनुसार आगामी दिनमा पनि डा. सुवास घिमिरेको नेतृत्वमा स्वास्थ्य, सरसफाइ, जनचेतना तथा सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।

    समाजको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने लक्ष्यका साथ ॐ समाज डेण्टल अस्पतालले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    समाचार

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑