• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ३ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ४ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ४ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २0 घण्टा अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      २0 घण्टा अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      २0 घण्टा अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      २0 घण्टा अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      २0 घण्टा अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      २0 घण्टा अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      २0 घण्टा अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      २0 घण्टा अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      २0 घण्टा अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      २0 घण्टा अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    बबई रिसोर्ट: जहाँ प्रकृति र आतिथ्यको मुस्कान साटासाट हुन्छ

  • लाईभ नेपाल
  • २०८२ फागुन ४, सोमबार (३ महिना अघि)
  • ८१८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २५ मिनेट

  • राजेन्द्रमान डङ्गोल

    पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको विशाल साम्राज्य, पूर्वतर्फ मध्यवर्ती क्षेत्रको रहस्यमयी शान्ति र यी दुईको बीचमा ’कलकल’ सङ्गीत भर्दै बग्ने खौरा खोला । कर्णालीको यो पवित्र हाँगाले सिञ्चित गरेको एउटा अनुपम धर्ती— जहाँ सूर्यको पहिलो किरणले जङ्गलका पातहरूलाई बिउँझाउँछ र सूर्यास्तको सुनौलो आभा खोलाको पानीमा पग्लिन्छ । यही प्राकृतिक त्रिवेणीमा उभिएको छ— बबई रिसोर्ट । यो केवल एउटा आवास गृह मात्र होइन, बरु प्रकृतिको लयमा हराउन चाहनेहरूका लागि एउटा सुरक्षित आश्रय र आत्मिक शान्तिको मन्दिर हो ।

    ‘बबई’— सुन्दा एउटा मधुर शब्द, तर यसको गहिराइ निकै विशाल छ । यो दाङ उपत्यकाको उर्वर भूमि चिर्दै बग्ने नदीको तीव्र वेग हो र तराईको माटोमा कडा सङ्घर्षका साथ फुल्ने काँडेदार वनस्पतिको ओज पनि । यो पानीको अविराम बहाव, यहाँको माटोको अदृश्य शक्ति र नेपाली मुस्कानसहितको न्यानो स्वागतको एउटा अद्भुत सङ्गम हो । यही मौलिक पहिचान र माटोको आत्मालाई आत्मसात् गर्दै उभिएको छ— बबई रिसोर्ट । यो नेपाली आतिथ्यको एउटा सजीव प्रतीक हो, जहाँ प्रकृतिको आदिम सङ्गीत र आधुनिक मानवीय सभ्यताको एउटा सुन्दर राग एकैसाथ गुञ्जायमान हुन्छ ।

    पहिलो स्पर्श र वास्तुकलाको जादु

    रिसोर्टको मूल गेटबाट भित्र प्रवेश गर्नासाथ फराकिलो पार्किङ क्षेत्रले पाहुनालाई स्वागतको पहिलो सन्देश दिन्छ । गाडीबाट ओर्लनासाथ देखिने व्यवस्थित र कलात्मक स्वागत कक्षले आत्मीयताको स्पर्श गराउँछ । यहाँका हरेक संरचनाहरूमा आधुनिक सुविधा र परम्परागत नेपाली शैलीको एउटा सन्तुलित र कलात्मक सङ्गम देख्न सकिन्छ । नीलो आकाशलाई आफ्नो छातीमा प्रतिविम्बित गर्ने स्विमिङ पुल, विभिन्न थरीका फूल र बिरुवाहरूले सिँगारिएको हरियाली बगैँचा, व्यवस्थित  डाइनिङ हल, कफीको सुगन्ध आउने न्यानो क्याफे र अत्याधुनिक प्रविधियुक्त सभाहलहरूले यस रिसोर्टको भव्यता र व्यावसायिकतालाई दर्शाउँछन् ।

    २९ कठ्ठाको विशाल जमिनलाई यसरी व्यवस्थापन गरिएको छ कि पाहुनाले यहाँ कहिल्यै साँघुरोपन महसुस गर्दैनन् । हरेक भवन र बगैँचाको बीचमा पर्याप्त खुल्ला ठाउँ छोडिएको छ । यसले पाहुनालाई एकातिर आफ्नो निजी समयको पूर्ण अनुभव गराउँछ भने अर्कोतिर प्रकृतिको अनन्त खुल्लापनमा स्वच्छ सास फेर्ने अवसर दिलाउँछ । यहाँको बाटो हिँड्दा होस् या बगैँचामा राखिएका कुर्सीमा बस्दा पाहुनाले आफूलाई एउटा स्वतन्त्र चराजस्तै महसुस गर्छन् ।

    पामका रुख र ‘ट्रपिकल’ आभा

    रिसोर्टको आँगनमा पाइला टेक्नेबित्तिकै आकाश छुन अग्लिँदै उभिएका सुसज्जित पामका रुखहरूले स्वागत गर्छन् । लहरै उभिएका यी सदावहार रुखहरूले रिसोर्टलाई एउटा वैदेशिक ‘ट्रपिकल’ लुक्स मात्र दिएका छैनन्, बरु विलासिता र प्रकृतिको काखमा रहेको गहिरो अनुभूति पनि दिलाउँछन् । जब हावा चल्छ, यी पामका पातहरूले गर्ने सरसर आवाजले मनलाई एकप्रकारको ‘मेडिटेसन’ मा लैजान्छ । यी रुखहरू रिसोर्टको सौन्दर्य मात्र नभई यहाँका जैविक चक्रका साक्षी पनि हुन् ।

    तोप चराको प्रेम गाथाः प्रकृतिको जीवन्त पाठशाला

    बबई रिसोर्ट केवल इँटा र कङ्क्रिटको संरचना होइन, यो त प्रकृतिको एउटा जीवन्त पाठशाला र प्रेमको सङ्ग्रहालय पनि हो । यहाँको बगैँचामा एउटा यस्तो विशाल र ऐतिहासिक पामको रुख छ, जसले हरेक आगन्तुकको ध्यान तान्छ । त्यो रुख केवल अग्लो मात्र छैन, बरु त्यो त एउटा ‘प्राकृतिक आवास’ हो— जहाँ तोप चरा (बाया वेभर) हरूले आफ्ना विश्वप्रसिद्ध र कलात्मक गुँडहरू सजाएका छन् ।

    यी चतुर चराहरूको जीवनचक्र निकै अनौठो र विस्मयकारी छ । प्रत्येक वैशाखको आगमनसँगै जब तराईमा नयाँ पालुवाहरू पलाउन थाल्छन्, यी चराहरू पहाडको शीतल काख छोडेर बबईको यो प्राङ्गणमा झर्छन् । यो उनीहरूको सिर्जना, सङ्घर्ष र प्रेमको ऋतु हो । यहाँको पामका हाँगाहरूमा प्रत्येक भाले चरा एउटा ‘कुशल इन्जिनियर’ झैँ दिनरात एक गरेर गुँड बुन्न तल्लीन हुन्छन् । उनीहरूको यो कडा मिहिनेत केवल बासका लागि मात्र होइन, बरु आफ्नो जीवनसङ्गििनीलाई रिझाउन र एउटा सुरक्षित भविष्यको सुनिश्चितताका लागि पनि हो ।

    रिसोर्टको झ्यालबाट देखिने यो दृश्य कुनै सिनेमाको रोमान्टिक कथाभन्दा कम हुँदैन । पोथी चरा एउटा निर्णायकको भूमिकामा रुखका हाँगा–हाँगामा डुल्छ र भालेले बनाएका गुँडहरूको सूक्ष्म निरीक्षण गर्छ । जसको कला उत्कृष्ट छ, जसको बुनाइ बलियो र सुन्दर छ, पोथीले उही भालेलाई आफ्नो जीवनसाथी रोज्छ । यो एउटा यस्तो प्राकृतिक ‘स्वयंवर’ हो, जसले मानिसलाई धैर्य, अथक मिहिनेत र सही छनोटको साँचो अर्थ सिकाउँछ । जब असोज लागेपछि तराईको वायु चिसिन थाल्छ, यी चराहरू पुनः पहाडतिर लाग्छन् । उनीहरूले छोडेर गएका ती रिक्त तर कलात्मक गुँडहरूले बबई रिसोर्टको बगैँचालाई एउटा छुट्टै कथा र दार्शनिक गहिराइ दिइरहन्छन् । साच्चै, प्रकृति र प्रेमको सजीव सङ्गमको नाम नै बबई रिसोर्ट हो ।

    मौलिक आवास र सांस्कृतिक बिम्बहरू

    रिसोर्टको वरिपरि चिटिक्क परेका एकपाखे सुन्दर भवनहरू रहेका छन्, जसले यहाँको स्थानीय वास्तुकलालाई सम्मान गर्दै आधुनिक रूप दिएका छन् । यी भवनहरूमा जम्मा ६७ वटा सुविधासम्पन्न कोठाहरू छन् । पाहुनाको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै यहाँ सिङ्गल, डबल र ट्रिपल बेडरूम गरी कुल २०० बेडको क्षमता रहेको छ । यो विशाल क्षमताले गर्दा व्यक्तिगत भ्रमणदेखि लिएर ठूला पारिवारिक जमघट, वैवाहिक उत्सव वा संस्थागत सभा–सम्मेलनहरूका लागि बबई रिसोर्ट एउटा निर्विकल्प र उपयुक्त गन्तव्य बनेको छ ।

    बबई रिसोर्टका प्रत्येक भवनमा मौलिक शैलीका फराकिला पिँढी र बार्दलीहरू छन्, जसले नेपाली ग्रामीण जीवनको मधुर झझल्को दिन्छन् । अझ विशेष त, प्रत्येक बार्दलीमा लसुनका मुठाहरू झुन्ड्याइएका देखिन्छन् । यो केवल सजावटको एउटा वस्तु मात्र होइन; यसले बर्दियाको रैथाने थारु संस्कार, उनीहरूको कृषि संस्कृति र परम्परालाई जीवन्त रूपमा इङ्गित गर्दछ । आधुनिक सुविधाको बीचमा यस्ता स–साना ग्रामीण विम्बहरूले पाहुनालाई आफ्नै घरको आँगनमा रहेको जस्तो आत्मीय अनुभूति गराउँछन् । पाहुनाहरूको सुविधा र स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक तलामा स्वच्छ पिउने पानीको जार व्यवस्थित रूपमा राखिएको छ, जसले रिसोर्टको सेवाप्रतिको गम्भीरता र जिम्मेवारी बोध गराउँछ ।

    मिष्टान्न भोजन र स्वादको संसार

    बबई रिसोर्ट बस्नका लागि मात्र नभई स्वादको एउटा रङ्गीन संसार पनि हो । रिसोर्टले आफ्ना पाहुनाहरूलाई तृप्त पार्न ‘मिष्टान्न भोजन’ को विशेष प्रबन्ध मिलाउँछ । रिसोर्टको मेनुमा रैथाने नेपाली स्वादका परिकारदेखि लिएर मसलेदार इन्डियन र विशिष्ट कन्टिनेन्टल परिकारहरू समावेश गरिएका हुन्छन् । यहाँको भान्साको मुख्य विशेषता भनेको सामग्रीको ताजापन र विविधता हो । पाहुनाहरूले आफ्नो बसाइका क्रममा दिनैपिच्छे फरक–फरक परिकारहरूको स्वाद लिन पाउँछन् । अनुभवी सेफहरूद्वारा प्रेमपूर्वक तयार पारिने यी परिकारहरूले पाहुनाको जिब्रोलाई मात्र लोभ्याउँदैनन्, बरु स्वास्थ्य र ताजापनको ग्यारेन्टी समेत दिन्छन् । बिहानीको ‘सनराइज ब्रेकफास्ट’ देखि साँझको ‘क्यानडल लाइट डिनर’ सम्म यहाँ एउटा सुखद र स्वादिष्ट यात्राको अनुभव गर्न सकिन्छ ।

    सांस्कृतिक झझल्को र थारु कला

    बबई रिसोर्ट भौतिक सुविधाको केन्द्र मात्र नभई बर्दियाको जीवन्त संस्कृति बुझ्ने एउटा ऐना पनि हो । रिसोर्टको परिसरभित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि एक फराकिलो र व्यवस्थित खुला मञ्च छ । साँझपख जब जङ्गलबाट शान्त र शीतल हावा चल्न थाल्छ, यहाँको मञ्चमा थारु समुदायको परम्परागत नाचगान र सङ्गीत गुञ्जायमान हुन्छ । थारु जीवनशैली, उनीहरूको भोगाइ र उल्लाससँग जोडिएका लाठी नाच र सखिया नाच  जस्ता मौलिक प्रस्तुतिहरूले पाहुनाहरूलाई मन्त्रमुग्ध बनाउँछन् । आधुनिक सुविधायुक्त बसाइको बीचमा यसरी स्थानीय माटोको सुगन्ध, ढोलकको ताल र मौलिक लय मिसिँदा पाहुनाहरूले आफूलाई बर्दियाको वास्तविक संस्कृतिसँग एकाकार भएको महसुस गर्छन् ।

    झ्यालबाटै जङ्गलको स्वागत र खौराको सुसेली

    बबई रिसोर्टका कोठाहरू रात बिताउने खोपी मात्र होइनन्, यी त प्रकृतिको विशाल क्यानभास हेर्ने ‘आँखीझ्याल’ हुन् । जब पाहुनाहरूले बिहानीको सुनौलो घामसँगै कोठाका पर्दाहरू खोल्छन्, तब घना जङ्गल र सुगन्धित हरियालीले उनीहरूलाई आत्मीय स्वागत गर्छ । झ्यालबाटै देखिने बर्दिया राष्ट्रिय निकुञ्जको त्यो रहस्यमयी दृश्य, चराचुरुङ्गीको मधुर चिरबिर र जङ्गलको स्वच्छ हावाले मनलाई बेग्लै शान्ति र ऊर्जा प्रदान गर्छ ।

    खौरा खोलाको किनारमा बसेर जब शीतल हावाले स्पर्श गर्छ, तब महसुस हुन्छ— त्यो केवल हावा होइन, प्रकृतिको एउटा मिठो सन्देश हो । खोलाको पानीको कलकल आवाजले मनभित्रका सारा तनावहरू पखालिदिन्छ । यहाँको निश्चल र शान्त वातावरणले शहरको कोलाहलबाट थकित मनलाई गहिरो विश्राम दिन्छ र हरेक पाहुनालाई आफू यस धर्तीकै एक विशेष अंश भएको अनुभूति दिलाउँछ । ओछ्यानबाटै खौरा खोलामा पानी खान आएका वन्यजन्तुहरूको चहलपहल देख्न पाउनु यहाँको सबैभन्दा जादुमयी पक्ष हो ।

    थारु बस्ती र जङ्गलको रोमाञ्चकता

    बबई रिसोर्टको सामीप्यमा मौलिक थारु बस्तीहरू रहेका छन् । रिसोर्टले पाहुनाहरूका लागि ‘भिलेज भिजिट’ को विशेष व्यवस्था मिलाउँछ, जहाँ थारु समुदायका परम्परागत खडाइले बारेका माटोका घरहरू, उनीहरूको सरल तर सुखी जनजीवन र जीवन्त संस्कारलाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुन्छ । यो केवल एउटा साधारण भ्रमण मात्र होइन, बरु बर्दियाको वास्तविक माटो र मानिसको हृदयसँग जोडिने एउटा भावुक माध्यम पनि हो ।

    पर्यटकहरू बर्दिया भ्रमणमा आउनुको मूल ध्येय नै बाघ लगायतका दुर्लभ जङ्गली जनावरहरूको प्रत्यक्ष अवलोकन गर्नु हो । यही चाहनालाई हृदयङ्गम गर्दै बबई रिसोर्टले अत्यन्तै रोमाञ्चक र सुरक्षित जङ्गल सफारीको समन्वय गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या करिब १२५ पुगेको सुखद अनुमान छ, जसले गर्दा यहाँ पुग्ने प्रायः पर्यटकहरूले ‘वनराज’ बाघको दर्शन नगरी फर्कनु पर्दैन । सफारीका क्रममा बाघका साथै विभिन्न प्रजातिका रङीचुङ्गी, पन्छीहरू, चञ्चल मृग, घोरल, बाह्रसिङ्गा, विशाल जङ्गली हात्ती र एकसिङे गैँडा जस्ता वन्यजन्तुहरूलाई उनीहरूकै प्राकृतिक वासस्थानमा नजिकबाट नियाल्ने सुवर्ण अवसर मिल्दछ । प्रकृतिको यो विशाल र खुल्ला चिडियाखानाभित्रको यात्राले हरेक पाहुनाको मनमा साहस, कौतुहलता र आनन्दको एउटा अमिट छाप छोड्छ ।

    एक अविष्मरणीय यात्रा

    बबई रिसोर्टमा समय रोकिँदैन, बरु प्रकृति र आनन्दको एउटा अनौठो लयमा समाहित हुन्छ । यहाँको प्रत्येक कोठा आरामको एउटा सुन्दर कथाजस्तै छ, प्रत्येक परिकार स्वादको एउटा भव्य उत्सवजस्तै छ र प्रत्येक साँझ जिन्दगीको एउटा सुनौलो सम्झनाजस्तै बन्छ । शहरको भीडभाड, प्रविधिको तनाव र कामको बोझबाट टाढा गएर प्रकृतिसँग जोडिन चाहनेका लागि बबई रिसोर्ट प्रतीक्षामा छ । यो एउटा गन्तव्य मात्र होइन, यो त आत्मिक शुद्धी र प्रकृतिसँगको सामीप्यका लागि गरिने एउटा आधुनिक तीर्थ हो ।

    बबई रिसोर्ट— जहाँ प्रकृति प्रेमको भाषा बोल्छ र नेपाली आतिथ्य सधैँ मुस्कुराउँछ । यहाँ आउनु एउटा यात्रा होइन, आफूले आफैँलाई चिन्ने एउटा जीवन्त अनुभूति हो ।

     

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑