
काठमाडौं । मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब बढीको कारोबार भएको छ । २० मिनेटमा ५ अर्ब ६५ करोडको कारोबार भएको हो ।
अघिल्लो दिन दिनभर जम्मा ५८ करोडको मात्रै कारोबार भएको थियो । उच्च वृद्धिका कारण तीन पटकसम्म सर्किट लाग्दै कारोबार स्थगित हुँदा किनबेच गर्न चाहनेले पाएका थिएनन् ।
आज भने सुरुवातबाटै उच्च रकमको कारोबार भएको हो । सुरुवाती कारोबारमा नेप्से परिसूचक उच्च गिरावट देखिएकोमा सवा ११ बजेपछि सम्हालिएको छ । ११:२० बजे नेप्से ३.६ अंक बढेको छ । ११:१० बजे नेप्से ४० अंकसम्म घटेको थियो ।


