
काठमाडौं । चन्द्रागिरि नगरपालिका – १५ स्थित मेरी होम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको १३औँ अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका वडा नं. १५ का अध्यक्ष घनश्याम लुइँटेलले शिक्षापद्धतिमार्फत बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास, अनुशासन र स्वअध्ययन क्षमताको विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। विद्यालयले पाठ्यपुस्तकमा मात्र सीमित नभई जीवनोपयोगी ज्ञान, सीप र नैतिक मूल्य विकासमा जोड दिएको उल्लेख गर्नु भयो।
मेरीहोम स्कुल यस क्षेत्रकै नमुना स्कुल भएको बताउनुभयो।
प्रधानाध्यापक सरीता देबकोट़ाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा विशेष अतिथि बिद्यालय निरीक्षक बुद्धिप्रसाद भट्टले स्कुलको गुणस्तर प्रति शन्तोष लागेको र अझ गुणस्तरीय बनाउन शिक्षक र अबिभाबकहरुको महत्वपुर्ण भूमिका रहने बताउनु भयो। कार्यक्रममा अतिथिहरु पुर्व वडा अध्यक्ष तथा इन्जिनियर उत्तमबहादुर राउत,बरिस्ठ संचारकर्मी एबम अध्यापक श्रीराम पुडासैनी , प्राइम इङ्ग्लिस स्कुलका प्रधानाध्यापक बाबुशरण महर्जन, भिराडिल योग साधना केन्द्रकी अध्यक्ष श्रृजना ज्ञवाली, साहित्य सरोबर समाजका अध्यक्ष गोपीचन्द्र कार्कीले स्कुलको बहु आयामिक पक्षको चर्चा गर्दै बिध्यार्थीहरुको प्रस्तुतिमा स्कुलको गुन्स्तर र मिहेनत झल्केको बताउनु भयो। सो समारोहमा मुनाल क्लबका अध्यक्ष पुष्कर थापा, सल्लाहकार अमित आचार्यलगायतका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्कुलकी सहायक प्रिन्सिपल शिला क्षेत्री दानीले स्वागत गर्नु भएको उक्त भब्य कार्यक्रममा बालबालिकाहरूको सर्वाङ्गीण विकास झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। पीजीदेखि कक्षा ३ सम्म अध्ययनरत २२५ जना बालबालिकाले नृत्य, गीत, वाद्यवादन , कराँते, नाटक तथा छोटा–छोटा भाषणमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। साथै अभिभावकहरूले समेत सकारात्मक प्रतिक्रिया र सहयोगात्मक भावना व्यक्त गरेका थिए।
बिद्यालयमा कुन बिधि र पद्दति अनुसार पठन पाठन भइरहेको छ र भाबी कार्यक्रम के भनी राखिएको लाइभ नेटवर्कको प्रस्नको उत्तर दिदै प्रधानाध्यापक सरिता देवकोटा खनालले विद्यालयमा मन्टेश्वरी विधिअनुसार पठनपाठनसहित नृत्य, गायन, वाद्यवादन, कराँते, विभिन्न खेलकुद, अडियो–भिजुअल प्रविधि, कम्प्युटर ल्याब, लाइफ स्किल गतिविधि, ड्रइङ, योग, फिल्ड ट्रिप तथा शैक्षिक अवलोकनजस्ता कार्यक्रममार्फत बालबालिकालाई व्यवहारिक र संस्कारयुक्त शिक्षा प्रदान गरिँदै आएको जानकारी दिनुभयो।साथै उहाले विद्यालयले बालबालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको छ, जसले उनीहरूको प्रतिभा अभिवृद्धि र आत्मविश्वास विकासमा टेवा पुर्याएको छ। यस्ता गतिविधिबाट विद्यालयले उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएको पनि उहाँले बताउनुभयो।
विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई थप सुदृढ गर्दै विद्यार्थीकेन्द्रित कार्यक्रममार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै प्रविधिमैत्री शिक्षण प्रणाली र अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउँदै दीर्घकालीन र व्यवहारिक शिक्षामा जोड दिने लक्ष्य राखिएको बताउनु भयो। कार्यक्रम स्कुलकी प्रबन्ध निर्देशक कौशिला आचार्यले संचालन गर्नु भएको थियो।