• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      २0 घण्टा अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      २0 घण्टा अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      २0 घण्टा अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      २0 घण्टा अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      २0 घण्टा अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      २0 घण्टा अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      २0 घण्टा अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      १ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ३ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ३ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ३ दिन अघि
    आज: २०८३ भाद्र १९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

  • लाईभ नेपाल
  • २०८३ बैशाख २०, आईतबार (४ महिना अघि)
  • ६४४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले मुलुकमा देखिएको राजनीतिक स्थिरता र तीव्र गतिमा अघि बढिरहेको डिजिटल रूपान्तरणले आर्थिक समृद्धिको नयाँ आधार तयार पार्ने बताएका छन्। शनिबार (वैशाख १९) काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘इकोनोमिक सिम्पोजियम’मा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनका अनुसार नेपाल अहिले एक महत्वपूर्ण संक्रमणकालीन चरणमा रहेको छ ।

    करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन भएसँगै जनस्तरमा आशा र सकारात्मक ऊर्जा बढेको उनले बताए। विगत ३६ वर्षको बहुदलीय व्यवस्थामा सरकार परिवर्तनको चक्र दोहोरिँदा विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो । मल्होत्राले वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गर्दै यसले नीतिगत स्थायित्व सुनिश्चित गर्ने बताए । “राजनीतिक स्थिरता नै आर्थिक वृद्धिको मूल आधार हो ।

    यसले लगानीकर्ताको विश्वास बढाउँछ र दीर्घकालीन विकासका लागि वातावरण तयार गर्छ,” उनले उल्लेख गरे । उनले अबको नेपालको प्राथमिकता डिजिटल रूपान्तरणलाई तीव्र बनाउनु र फाइभजी प्रविधिको सुरुआत गर्नु हुनुपर्नेमा जोड दिए । डिजिटल पूर्वाधारलाई अब विलासिताभन्दा बढी अनिवार्य आवश्यकताको रूपमा लिनुपर्ने उनको धारणा थियो। यसले शिक्षा, स्वास्थ्य, ई–कमर्स र सुशासनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने उनले बताए ।

    डिजिटल पूर्वाधार सुदृढ हुँदा युवा उद्यमशीलतालाई पनि थप ऊर्जा मिल्ने र आधुनिक अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने मल्होत्राको विश्वास छ । कार्यक्रममा सहभागी भारतीय नीति–निर्माता अमिताभ कान्तको योगदानको प्रशंसा गर्दै उनले नेपाल–भारतबीचको आर्थिक र रणनीतिक सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरे । विशेष गरी पर्यटन, डिजिटल अर्थतन्त्र र सीमापार लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

    नेपाल र भारतबीचको भौगोलिक तथा सांस्कृतिक निकटतालाई सदुपयोग गर्दै संयुक्त पर्यटन सर्किट विकास गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ थियो । बाह्रखरी मिडियाद्वारा आयोजना हुँदै आएको यस्तो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि उनले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑