काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले कर्मचारीबीच आपसी सहकार्य, सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रथम फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा फाइनान्सका विभिन्न शाखाबाट रिलायन्स फुटसल लायन्स, रिलायन्स फुटसल लर्ड्स, रिलायन्स फुटसल लिगेसी र रिलायन्स फुटसल लिडर्स गरी चार टोलीको सहभागिता रहेको थियो ।
कार्यक्रममा व्यवस्थापन टोली, कर्मचारी तथा अन्य सहभागी गरी करिब एक सय जनाको उपस्थिति रहेको थियो । प्रतियोगितामा रिलायन्स फुटसल लायन्स च्याम्पियन बनेको छ भने रिलायन्स फुटसल लिगेसी उपविजेतामा सीमित भएको छ । विजेता तथा उपविजेता टोलीका खेलाडीलाई प्रमुख कार्यकारी अधिकृत डा.बुद्धि मल्ल र उपप्रमुख कार्यकारी अधिकृत रामहरी आचार्यले पदक वितरण गर्नुका साथै विजेता टोलीलाई नगद पुरस्कारसमेत प्रदान गरेका थिए ।
कार्यक्रमपछि टोलीका कप्तानहरू अखण्ड श्रेष्ठ, अभिषेक केसी, प्रमोद प्रजापति र दिक्पाल श्रेष्ठले खेलकुद गतिविधिले कर्मचारीको शारीरिक तन्दुरुस्ती, टिमवर्क र आपसी सहकार्य अभिवृद्धि गर्न सकारात्मक भूमिका खेलेको धारणा व्यक्त गरेका थिए । रिलायन्स फाइनान्सले यस्ता कार्यक्रमले कर्मचारीको प्रतिभा पहिचान गर्न, नियमित कार्यभन्दा फरक वातावरण सिर्जना गर्न तथा संस्थागत कार्यसंस्कृतिमा सकारात्मक प्रभाव पार्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
