काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।
बैंकले आजदेखि नयाँ भवनबाट केन्द्रीय कार्यालयका सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याएको छ । गत वर्ष कात्तिक २७ गते सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय लाजिम्पाटबाट काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित आफ्नै भवनमा सार्ने निर्णय पारित गरेको थियो । सोही निर्णयअनुसार बैंकले कार्यालय स्थानान्तरण गरी आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार नयाँ भवनबाट केन्द्रीय कार्यालयअन्तर्गतका प्रशासनिक तथा अन्य आवश्यक बैंकिङ सेवाहरू सञ्चालन हुनेछन् ।

