काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
रावल हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत थिए। राष्ट्र बैंकमा दुई दशकको अनुभव भएका रावललाई राष्ट्र बैंकको सिफारिसका आधारमा सरकारले नियुक्त गरेको हो।




