काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडाैं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले आठ विकेटको सहज जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोखार्जलाई आठ विकेटले हराएको हाे। यसअघि जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंले भने हारबाट एनपीएलको सुरुवात गरेको छ।
