• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

      २१ घण्टा अघि

      Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

      २१ घण्टा अघि

      बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

      २१ घण्टा अघि

      लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

      २१ घण्टा अघि

      मोहम्मद सालाह टर्की जाने तयारीमा

      २१ घण्टा अघि

      नेपाली युवाको बढ्दो विदेशमोह: कारण पहिचान र समाधानका लागि सेडाको वैज्ञानिक अध्ययन

      २ दिन अघि

      बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले दिए राजीनामा

      २ दिन अघि

      एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

      २ दिन अघि

      मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

      २ दिन अघि

      जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

      २ दिन अघि

      नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

      २ दिन अघि

      भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

      २ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      २ दिन अघि

      अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

      २ दिन अघि

      बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

      २ दिन अघि
    आज: २०८३ श्रावण ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पूर्वराजाको स्वागतमा आज काठमाडौंमा राजावादीहरुले शक्ति प्रदर्शन गर्दै

  • लाईभ नेपाल
  • २०८१ फागुन २५, आईतबार (१ साल अघि)
  • १५९०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपरान्ह काठमाडौं आउन लागेका छन् । यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

    फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन् । पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्। सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ। सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आकलन रहेको गृह स्रोतले जानकारी दिएको छ।

    पूर्वराजा शाह आज पोखराबाट काठमाडौं आउँदैछन्। आजै राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो। तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ। ‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौंं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौंमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ,’ राप्रपा बैठकको निर्णयमा भनिएको छ।

    गणतन्त्रमा सामान्य नागरिक सरह रहेका राजाको अभिव्यक्तिले दलीय राजनीतिभित्र ठूलै ज्वारभाटा ल्याउने गरेको छ। फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गर्दै आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए। पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासिन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्। यसरी राजावादीहरु पूर्वराजाको बक्तव्यबाट हौसिँदा गणतन्त्रवादीहरु भने आत्तिएको देखिएको छ। पूर्वराजाको अभिव्यक्तिप्रति चर्को टिप्पणी भइरहेको छ। पूर्वराजाको अभिव्यक्तिप्रति विरोध गर्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईदेखि प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेल अग्रस्थानमा छन्।

    एमाले महासचिव पोखरेलले सामाजिक संजालमार्फत गणतन्त्रको विकल्प राजतन्त्र हुन नसन्दै भन्दै बेला बेलामा स्टाटस लेख्ने गरेका छन्। शुक्रबार पनि महासचिव पोखरेलले यही आशयको पोस्ट गरेका छन्। ‘‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्याँलिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं,’ उनले लेखेका छन्।

    पूर्वराजाको सन्देशको प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दिएका छन्। बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र ब्युँतने सपना नेदेख्न आग्रह गर्दै मुलुकमा अब अराजकता, बलमिच्याँइ र जालझेल नचल्ने चेतावनी दिए। उनले मुलुकमा अब राजतन्त्र नफर्कने दाबी गर्दै सबै संविधान अनुसार चल्नुपर्ने बताएका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लेखेका छन्(अहिले कुनै दल वा व्यक्तिमाथि मात्र हैन जननिर्वाचित संविधानसभाबाट बनेको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डतामाथि प्रहार भैरहेछ। कुशासन, भ्रष्टाचार, वेरोजगारी, महँगी,आर्थिक संकट विरूद्ध आक्रोशित जनमतलाई प्रतिगमनतिर सोझ्याउने कसरत भैरहेछ।

    बाहिरबाट हेर्दा मिल्नै नसक्ने जस्ता पात्रहरू यो प्रतिगमनकारी हर्कतनिम्ति विभिन्न रूपले परिचालित भैरहेछन्। बेलैमा सतर्क रहौं सम्भावित जनआक्रोशलाई पश्चगमनतिर हैन अग्रगमनतिर डोर्याऊँ भोलि धेरै ढिलो हुनसक्छ’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिए। नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।

    अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए। उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए। यसैबीच, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान स्थगित गरेको छ।

    झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेर स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजावादीहरू सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

    मोहम्मद सालाह टर्की जाने तयारीमा

    नेपाली युवाको बढ्दो विदेशमोह: कारण पहिचान र समाधानका लागि सेडाको वैज्ञानिक अध्ययन

    समाचार

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑