• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      २२ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      २२ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      २२ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २२ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २२ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      २२ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      २३ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      २३ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      २३ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      २३ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      २३ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    आइएमई ग्रुपले खोल्यो काठमाडौं टेक्निकल स्कूल, प्राविधिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने अध्यक्ष ढकालको दाबी

  • लाईभ नेपाल
  • २०८१ चैत्र १२, मंगलबार (१ साल अघि)
  • १८८४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, १२ चैत्र। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प नभई आवश्यकता बनिसकेको बताएका छन् ।

    सुकेधारास्थित काठमाडौं टेक्निकल स्कूल (केटीएस)को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प होइन, आवश्यकता बनिसकेको छ । पहिलेजस्तो विश्वविद्यालयको डिग्री लिनै पर्ने र त्यस्तो अध्ययन गर्न नसक्ने वा नभ्याउनेहरुले प्राविधिक शिक्षा पढ्ने अवस्था अहिले छैन ।’

    बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको आइएमई ग्रुप अब प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको पनि उनको भनाई छ ।

    ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ ।’ उनले भने, ‘नेपालको परिप्रेक्षमा व्यक्तिगत तथा पारिवारिक समृद्धिका साथै देशको विकासमा दक्ष जनशक्तिको आवश्यकता र महत्वलाई दृष्टिगत गर्दै आइएमई ग्रूपले यस क्षेत्रमा कदम चालेको हो ।’

    आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्यका साथ यो पहल लिएको पनि अध्यक्ष ढकालले बताए । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।

    तर अहिले आफूलाई दक्ष र अब्बल साबित गर्न मात्र होइन आफूले चाहेको क्षेत्रमा जागिर पाउन वा आफ्नै व्यवसाय थाल्नका लागि प्राविधिक शिक्षा अपरिहार्य बनेको पनि अध्यक्ष ढकालले औंल्याए ।

    ‘सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्छ । विश्वका अनेक मुलुकहरु र हाम्रा छिमकी भारत र चीनले इनोभेसन, उत्पादकत्व र आर्थिक वृद्धिलाई टेवा दिनका लागि सीपमूलक क्षिक्षाको उच्च उपयोग गरेको देखिन्छ ।’ उनले भने, ‘इञ्जिनियरिङ, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, होटल तथा पर्यटन, कृषि वा अन्य धेरै क्षेत्रमा प्राविधिक ज्ञानले उद्योगलाई आकार दिन र समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

    नेपालमा पनि सरकारले राष्ट्र निर्माण तथा आर्थिक उन्नतिमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको कुरालाई आत्मसाथ गरेको देखिन्छ । सीपमूलक शिक्षा तथा व्यावसायिक प्रशिक्षणलाई प्रवद्र्धन गर्न विभिन्न नीति तथा पहलहरु थालिएका छन् । यस्ता नीति तथा अभियानलाई सार्थक बनाउनका लागि नेपालमा उचित मूल्यमा गुणस्तरीय शिक्षा र प्रशिक्षण प्रदान गर्न सक्ने शिक्षालयहरुको आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑