२४ असोज, काठमाडौं । अमेरिकास्थित भर्जीनियामा रहेको पासा म्युजिक ब्याण्डको आयोजनामा हालै मनासास भा एट द सालिसबरी सेन्टरमा एक सांगीतिक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा नेपालका गायक बिपुल क्षेत्रीले भब्य प्रस्तुति दिए । साँझ ७ बजेबाट सुरु भएको उक्त कार्यक्रम राति ११:३० बजे सम्म संचालन भएको थियो। जस्मिन श्रेष्ठ,बेसमेन्ट ब्यान्ड र प्रक्स ले सुरुगरेको उक्त कार्यक्रममा पासा ब्याण्डले एक घन्टाको प्रस्तुति दिनका साथै ब्याण्डले हालै तयार गरेको ”विदेशीको सपना” नामक म्युजिक भिडियोको अनावरण गरिएको थियो । उक्त म्युजिक भिडियोमा दर्शकहरु अत्यन्त रमाएका थिए । त्यस्तै बिपल र ट्राभ्लीड ब्यान्डले आगोनै बालेको थिए ।
उक्त कार्यक्रममा २० वटा गीत प्रस्तुत भएका थिए भने ८०० को संख्यामा दर्शकहरुको उपस्थिति थियो । डी एम भी एरियामा एति भब्य कार्यक्रम पहिलो पटक भएको दर्शकहरुको भनाइ रहेको थियो । सह आयोजक साकार थापा,कस्जित भन्डारी र पासा ब्याण्डका आशिष भँडेलका अनुसार छिट्टैनै अरु स्टेटमा समेत यस्तै भब्य कार्यक्रमको आयोजना गरिने तयारी भएको जनाए ।