• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३१, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ३ घण्टा अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ३ घण्टा अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      ३ घण्टा अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      ३ घण्टा अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      ३ घण्टा अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      १८ घण्टा अघि

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      १९ घण्टा अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      २२ घण्टा अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      २२ घण्टा अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      २२ घण्टा अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      २२ घण्टा अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      २२ घण्टा अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      १ दिन अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      १ दिन अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      १ दिन अघि
    आज: २०८३ भाद्र ३१, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

  • लाईभ नेपाल
  • २०८३ भाद्र ३१, बुधबार (३ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वनिगः क्याम्पसबाट उच्च शिक्षाका कार्यक्रम सञ्चालनबाट स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य हासिल गर्ने कार्यक्रम थालनी गरेको छ । यसको अध्ययन गरेर लागि आज कार्यवाहक प्रमुख सुनिता डंगोलले लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. माणिकरत्न शाक्य र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलसँग सम्झौता गर्नुभएको छ ।

    अध्ययन समितिले क्याम्पस सञ्चालनको सम्भाव्यता, उपयुक्त स्थानको पहिचान र लागत सहभागिता, सञ्चालन गर्न आवश्यक र उपयुक्त शैक्षिक कार्यक्रम, क्याम्पस सञ्चालन तथा व्यवस्थापनको संस्थागत प्रारुप, सहकार्य तथा साझेदारीको संरचना र सहभागिता, क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रम, जनशक्ति व्यवस्थापन, प्राज्ञिक तथा गैरप्राज्ञिक प्रशासन, समन्वय, सहजीकरण, समुदायको पहुँच तथा आवश्यक स्रोतको व्यवस्थापन लगायत विषयमा अध्ययन गर्नेछ । यस्तै पाठ्यक्रम निर्धारण, शैक्षिक सत्र, विद्यार्थी भर्ना, कोटा निर्धारण, परीक्षा, क्रेडिट, अनुसन्धान केन्द्र, गुणस्तर सुनिश्चितता, उपाधि सम्बन्धी प्राज्ञिक जिम्मेवारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा प्राज्ञिक संस्थासँग सहकार्य तथा सम्बन्ध, अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन अधिकारका विषयमा अध्ययन शिफारिस गर्नेछ ।

    काठमाडौँ महानगरपालिकाको उच्च शिक्षा सञ्चालन व्यवस्थापन तथा कार्यक्रमका बारेमा शिफारिस गर्नेछ । यी शिफारिसहरु महानगरपालिका र विश्वविद्यालयलाई हस्तान्तरण गरिनेछ । यसका लागि ३ दिनभित्र सबै पक्षबाट २–२ जना रहने अध्ययन समिति गठन गरिनेछ । काठमाडौँ महानगरपालिका नगर सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत गरेको नीतिअनुसार सञ्चालनमा रहेका विश्वविद्यालयसँग सहकार्य गरेर स्वनिगः क्याम्पस सञ्चालन गर्ने योजना अघि सारेको हो । सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, महानगरपालिका आफैँले स्वनिगः क्याम्पस स्थापना तथा सञ्चालन गरेर नेपाल सरकारसँग समन्वय गर्दै स्वनिगः विश्वविद्यालय सञ्चालनको यात्रा थालिएको बताउनुभयो ।

    ‘हामी काठमाडौँ उपत्यकाको सहरी विकास, रैथाने ज्ञान तथा सिपको विज्ञान अध्ययन गरेर स्थानीय समस्याको स्थानीय स्तरमै समाधान दिन सक्ने जनशक्ति चाहिएको छ । यसका लागि हामी कस्टमाइज्ड कोर्ष विकास गर्न चाहन्छौँ ।’ ‘सहरले पूर्वाधार विकास, सामाजिक तथा आर्थिक विकास तथा सहरी व्यवस्थापनका काम त गर्छ नै । यससँगै मानव पूँजी विकासको काम पनि गर्छ ।’ उहाँले भन्नुभयो, ‘समयसापेक्ष परिवेश सुहाउँदा जनशक्ति निर्माण गरेर उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगार दिन सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गर्न चाहन्छौँ ।’

    यसरी अध्यापन गराउन थालेपछि काठमाडौँ उपत्यकालाई तथ्य आवश्यकतामा आधारित एकीकृत विकास प्रणालीमा आधारित बनाउन बनाउन सहयोग पुग्ने हाम्रो अपेक्षा छ । डंगोलको भनाइ छ । त्यस क्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. शाक्यले, अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि बौद्ध अध्ययन गर्न काठमाडौँ उपयुक्त स्थान भएको बताउनुभयो । ‘काठमाडौँको भाषा, कला, संस्कार र संस्कृति तथा परम्परागत वास्तुकलाको अध्ययन गराउन आवश्यक थियो । अब त्यो आवश्यकता पूरा हुनेछ ।’ ‘नेपालका पहिचानका विषयमा अन्तर्राष्ट्रिय स्तरमा अध्यापन गराउँदा विदेशी नै गराइरहेका छन् ।

    काठमाडौँ महानगरपालिकाले शैक्षिक यात्रा थालेपछि नेपालको पहिचानका विषयमा अन्तर्राष्ट्रिय अध्ययनको अध्यापन गराउने जनशक्ति विकास हुनेछन् ।’ वागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. पौडेलले भन्नुभयो, ‘विषयगत शिक्षक उत्पादन पनि कमी भइरहेको छ । यतातिर पनि ध्यान दिनु पर्नेछ ।’ त्यस क्रममा व्यवस्थापन तथा कानुन संकायका डीन डा. शिवराज अधिकारीले, महानगरपालिकाले छात्रवृत्ति प्रदान गरेर अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको बताउनुभयो । यस्तै लुम्विनी विश्वविद्यालयका निर्देशक कुमार खड्काले, बौद्ध अध्ययनमार्फत काठमाडौँ र नेपालका पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान काठमाडौँ उपयुक्त स्थान भएको बताउनुभयो ।

    बागमती विश्वविद्यालयसँग स्वनिगः क्याम्पसमार्फत कानुन, वातावरण, इन्जिनियरिङलगायत विषयमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षण सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिनेछ । त्यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा बौद्ध अध्ययन, पुरातत्व, सङ्ग्रहालय शास्त्र, बौद्ध कला तथा वास्तुकला, सम्पदा संरक्षण र दिगो विकाससँग सम्बन्धित उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने सम्भाव्यनाका विषयमा अध्ययन गरिनेछ ।

    महानगरपालिकाले थालनी गरेको यो यात्राले काठमाडौँका मौलिक भाषा, संस्कृति तथा सम्पदासँग सम्बन्धित ज्ञानलाई उच्च शिक्षासँग जोड्ने, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने तथा सम्पदा संरक्षणलाई व्यावसायिक र प्राज्ञिक आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

    यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

    तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    समाचार

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

    यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑