काठमाडौं – शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको टी-२० क्रिकेट विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ ।
यूएईले टस जितेर पहिलो ब्याटिङ गर्दै १३५ रनको लक्ष्य दिएको थियो। नेपालले १७ ओभरमै १ सय ३५ रनको विजय लक्ष्य पुरा गर्यो ।नेपालको तर्फबाट आसिफले ६३ रन बनाउदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । कप्तान रोहित पौडेलले ३५ रन बनाए भने कुशल भुर्तेलले २२ रन बनाए ।
अर्को बर्ष अमेरिका र वेस्ट इन्डिजमामा हुने टी-२० क्रिकेट विश्व कपमा नेपाल खेल्ने भएको छ । नेपालले यसअघि पहिलो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो ।