चैत १२, काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुदैछ । खेल टी–यु क्रिकेट मैदानमा दिउसो १ बजे सुरु हुनेछ ।नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन्। नेपालले दास्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा सवार हुनेछ ।
नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र टी–२० मान्यता नपाएको हुदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन् ।
यता नेपालका दीपेंद्र सिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।नेपालले अनिल शाह, आकाश चन्द र विवेक यादवलाई आज मौका दिने सम्भावना छ । पछिल्लो समय लयमा नभएका अभिनाश बोहरालाई पनि सुधार गर्ने राम्रो अवसर हुनेछ ।
आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी टोलीमा हुंदा नेपाल संगको खेल कडा टक्कर हुनसक्ने अनुमान गरिएको छ ।