चैत १३, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालले हिजो भएको पहिलो खेलमा आएरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।