साउन ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज सम्बन्धी विधेयक संसदमा पेस गर्ने प्रक्रियामा रहेको बताएका छन् ।सोमबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा ओलीले पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्बाट असार २७ मा संसदमा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भइसकेको बताए ।
यस संगै उनले अब संसदमा पेस गर्ने प्रक्रियामा रहेको समेत जानकारी गराए ।