• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      ३0 मिनेट अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      ३३ मिनेट अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      ३६ मिनेट अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      ४0 मिनेट अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      ४३ मिनेट अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      ४६ मिनेट अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      ४८ मिनेट अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      ५0 मिनेट अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      ५२ मिनेट अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      ५५ मिनेट अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      ३ दिन अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      ३ दिन अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    दुई ठूला युद्धसहितका यी चुनौती कसरी पार लगाउलान् ट्रम्पले ?

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २१, बुधबार (१ साल अघि)
  • १२८०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • वासिङ्टन । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । २७९ इलेक्टोरल कजेल भोटसहित उनले दोस्रो कार्यकाल राष्ट्रपति पद पक्का गरेका हुन् ।

    उनीसँग प्रतिस्पर्धा गरेकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्टोरल कलेज भोट ल्याउन सकेकी छन् । उनी अमेरिकाकी वर्तमान उपराष्ट्रपतिसमेत हुन् ।

    पहिलो कार्यकालमा उत्तर कोरियाली शासक किम जोङ उनसँग समेत सम्वाद गर्न भ्याएका ट्रम्पसामु अहिले जारी दुई ठूला युद्ध रोक्नुपर्ने मुख्य चुनौती छ ।

    उनले चुनावी अभियानका क्रममा पनि रुस र युक्रेनबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने बताएका थिए । उनी अब यो युद्धलाई कसरी टुंग्याउने दिशामा काम गर्छन् प्रतिक्षाको विषय बनेको छ ।

    रोचक त के छ भने सन् २०२२ फेब्रुअरी २४ देखि निरन्तर युद्ध चलिरहेको छ । उता मध्यपूर्वमा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि जारी युद्धले भीषण रुप लिइरहेको । यो युद्धमा अहिलेसम्म प्यालेस्टाइनको विद्रोही समूह हमास, लेबनानको लडाकु समूह हिजबुल्लाह, यमनको हुती र इरान पनि जोडिएका छन् ।

    तर रोचक के छ भने यी दुवै युद्ध सुरु हुँदा ट्रम्प राष्ट्रपति पदमा थिएनन् । सन् २०१६ देखि २०२० सम्म पहिलो कार्यकाल राष्ट्रपतिका रुपमा ट्रम्पले काम गर्दा संसारमा कहीँ पनि ठूला युद्ध भएनन्। अमेरिकाले पनि कतै आक्रमण गरेन ।

    तर उनलाई सन् २०२० मा जो बाइडेनले हराएर सत्ता सम्हालेपछि विश्व अहिले तेस्रो विश्वयुद्धको संघारमा छ । अब ट्रम्पसामु आफू सत्ताबाहिर हुँदा सुरु भएका संसारका दुई ठूला लडाइँलाई पूर्णविराम दिनुपर्ने चुनौती ट्रम्पलाई आइपरेको छ ।

    रूस-युक्रेन संघर्ष र इजरायलको मध्य पूर्वमा आक्रमणलाई रोक्न सकेमा ट्रम्पको चुनावी वाचा पनि पूरा हुनेछ । अर्कातिर उत्तर कोरियाको परमाणु र ब्यालिस्टिक मिसाइल कार्यक्रमले पनि अमेरिकाको चिन्ता बढाएको छ । उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्न सक्ने अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल बनाइसकेको छ।

    डोनाल्ड ट्रम्प यी ठूला मुद्दासँग कसरी सामनाका लागि तयार हुन्छन्, उनको दोस्रो कार्यकालको परीक्षा पनि यसैबाट हुनेछ । आगामी जनवरीमा सत्ता सम्हालेपछि ट्रम्पले चाल्ने सम्भावित कदमले पनि विश्वराजनीतिको दिशा र दशा प्रष्ट पार्नेछ ।

    यदि ट्रम्पले रसियन राष्ट्रपति भ्लादिभिर पुटिनलाई युक्रेनसँगको संघर्ष समाप्त गर्ने दिशामा सम्झौता गराउन सके भने उनको सफलताको सुरुवात यहीँबाट हुनेछ ।

    विश्वराजनीतिले ट्रम्प फेरि किम जोङ उनलाई वार्ताको टेबलमा ल्याउन सक्ने नसक्ने कुरालाई पनि नियालिरहेको छ । उता ताइवानलाई लिएर ट्रम्पले चाल्ने सम्भावित कदम पनि विश्वका लागि बहुप्रतिक्षित भएको छ ।

    यस्तो छ रसियाको प्रतिक्रिया ?

    उता युक्रेनसँग युद्ध लडिरहेको क्रेमलिनले डोनाल्ड ट्रम्पको चुनावी जीतले तनावपूर्ण अमेरिका-रूस सम्बन्धमा पार्ने कुनै पनि प्रभावलाई तत्काल अस्वीकार गरेको छ ।

    बुधवार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकासँगको सम्बन्ध योभन्दा बिग्रिने अवस्था नरहेको टिप्पणी गरेका छन् । उनले रिपब्लिकन उम्मेदवारको जितपछि अमेरिकी सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै भनेका छन्, ‘अब यो भन्दा तल झर्ने गरी सम्बन्ध बिग्रन असम्भव छ । उनीहरू इतिहासकै सबैभन्दा तल्लो बिन्दुमा छन् ।’

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई विजयमा औपचारिक रूपमा बधाई दिने विषयमा पनि पेस्कोभले यसबारे आफूलाई थाहा नभएको बताए । उनले थपे, ‘हामी एक शत्रु देशकाबारे कुरा गर्दैछौँ । अप्रत्यक्ष रूपमा अमेरिका हामीविरुद्धको युद्धमा संलग्न छ।’

    पेस्कोभले रसियाले अमेरिकी चुनावलाई उसको आन्तरिक मामिलाका रूपमा हेरेको बताए । उनले आधिकारिक नतिजाहरू पुष्टि नभएसम्म र ट्रम्पले जनवरीमा औपचारिक रूपमा पदभार ग्रहण नगरेसम्म कुनै पनि महत्त्वपूर्ण टिप्पणीहरू क्रेमलिनले नगर्ने पनि बताएका छन् ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पले चुनावी अभियानका क्रममा युक्रेन युद्ध समाप्त गर्नेगरी केही महत्वपूर्ण वक्तव्य दिएको स्मरण गराए । रसियाले चुनावी अभियानका क्रममा ट्रम्पले गरेको घोषणाअनुसार युद्ध रोक्ने दिशामा काम हुने नहुने प्रतिक्षा गर्नुपर्ने पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    समाचार

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑