• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर ३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

      २ घण्टा अघि

      दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

      १ दिन अघि

      उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

      १ दिन अघि

      inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

      १ दिन अघि

      संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

      १ दिन अघि

      ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

      १ दिन अघि

      ‘योगदान राष्ट्रका लागि अभियान’ को ५ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट सेवा र योगदानकर्ताहरूलाई डा. घिमिरे बाट सम्मानित

      १ दिन अघि

      लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

      २ दिन अघि

      पूर्व क्षेत्रीय समितिको नयाँ कार्यसमिति निलकण्ठ ढकालको नेतृत्वमा चयन

      २ दिन अघि

      सर्वोत्तम सिमेन्टको नाफामा ४०८% उछाल, खुद नाफा ३२ करोड पुग्यो

      २ दिन अघि

      सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा २० करोड घाटामा, बीमा दाबी वृद्धि मुख्य कारण

      २ दिन अघि

      हिमाको ८० प्रतिशत घरमा धारा जडान

      २ दिन अघि

      प्रभु इन्स्योरेन्सको नाफा १२.७२% बढ्यो, वित्तीय प्रगति उत्साहजनक

      २ दिन अघि

      फक्ताङ्लुङमा स्याउ खेती सफल, स्थानीय उत्साहित

      २ दिन अघि

      गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

      २ दिन अघि
    आज: २०८२ मंसिर ३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    मंगलबार गणेशको पूजा कसरी गर्ने ?

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • ५९२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल कात्तिक २७ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १२ तारिख। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्म पञ्चक आरम्भ, बाराहा क्षेत्रमा धार्मिक मेलाको प्रारम्भ।

    मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

    मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

    शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

    धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ। गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो। यसबारे पद्मपुराणमा एउटा कथा छ:-

    पूर्वकालमा पार्वतीदेवीलाई देवताहरूले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए। लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले। तब माताले लड्डुको महत्वको वर्णन गरेर भनिन् कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु।

    माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए। यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए। तब गणेशजीले श्रद्धापूर्वक मातापितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए।

    यो देखेर माता पार्वतीले भनिन्, ‘सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरू मातापिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन।’

    त्यसकारण गणेशजी सयौँ पुत्रहरू र सयौँ गणहरूभन्दा पनि धेरै छन्। त्यसैले उनलाई गणनायक पनि भनिन्छ। पार्वतीले सो लड्डु गणेशलाई अर्पण गरिन्। त्यसकारण यो लड्डुसँग मातापिताको भक्ति पनि जोडिएको छ। हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको मातापिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ। उनको साथमा रहने लड्डु यसैको प्रतीक हो।

    ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ। तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो। उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन्। उनले सबै कार्यहरू निर्विघ्न गराउँछन्। भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ अरु कोही नायक छैन, उ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ।

    भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन्। हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ। गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन्। उनमा सबै गुण र शक्तिहरू शोभायमान छ। उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन्।

    भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
    यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ। १. श्री गणेशाय नमः २. ॐ श्री गणेशाय नमः ३. गं गणपतये नमः ४. ॐ गं गणपतये नमः ५. ॐ गं ॐ गणाधिपतये नमः ६. ॐ सिद्धि विनायकाय नमः ७. ॐ गजाननाय नमः ८. ॐ एकदंताय नमो नमः ९. ॐ लम्बोदराय नमः १०. ॐ वक्रतुंडाय नमो नमः ११. ॐ गणाध्यक्षाय नमः

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

    ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

    समाचार

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑