• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      १0 घण्टा अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      १0 घण्टा अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      १0 घण्टा अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      १0 घण्टा अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ११ घण्टा अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ११ घण्टा अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      १ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      २ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      २ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      २ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      २ दिन अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      २ दिन अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      ३ दिन अघि
    आज: २०८३ आश्विन २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

  • लाईभ नेपाल
  • २०८३ आश्विन २, शुक्रबार (१0 घण्टा अघि)
  • ४६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ, १ असोज । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ ढतज ल्भउब िीबलम ७ ज्यगकष्लन बलम ऋयलकतचगअतष्यल भ्ह्एइ–२०२६) आज असोज १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित यस चार दिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो ।

    उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख डोलप्रसाद अर्यालले जग्गा तथा आवास क्षेत्रको विकासमा आबद्ध रियल स्टेट व्यवसायीहरूको मुख्य समस्याको रूपमा रहेको हदबन्दी लगायतका विषयहरू समाधान गर्न नेपाल सरकार प्रयासरत रहेको र प्रतिनिधि सभाको सभामुखको हैसियतले आफूले पनि सो विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ठूला व्यवसायीका मात्र नभई साना व्यवसायी र दूरदराजका नागरिकहरूको समस्या समाधानमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । साथै विदेशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेशमा लगानीको वातावरण बनाउन र युवा पुस्तालाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुका साथै व्यवसायीहरूका समस्या समाधानमा आफ्नो निरन्तर पहल रहने आश्वासन दिँदै एक्स्पो सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भूकम्प र कोभिड जस्ता अप्ठ्यारो परिस्थितिमा पनि व्यवसायीहरूले अर्थतन्त्रमा सक्दो योगदान पु¥याउँदै आएको र अब पनि उत्तिकै सक्रिय रहने बताउनुभयो । उहाँले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्ड भएकाले यो चलायमान नभई अन्य व्यवसाय फस्टाउन नसक्ने उल्लेख गर्नु भयो । अध्यक्ष अग्रवालले निजी क्षेत्र नै देशको अर्थतन्त्रमा टेवा पुर्याउने मुख्य संवाहक हो भन्ने बताउनु हुँदै निजी क्षेत्रलाई यो भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल सञ्चालन गर्न दिएमा बाह्रै महिना उत्कृष्ट रूपमा चलाएर देखाउन सकिने धारणा राख्नुभयो । साथै, उहाँले विदेशीहरू खासगरी गैर आवासीय नेपालीलाई अपार्टमेन्ट बिक्री गर्न पाउने कानुनी बाटो खोल्न सरकारसँग माग गर्नुभयो ।

    समारोहका सभापति एवम् नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दीपक कुँवरले सरकारले निजी क्षेत्रलाई विश्वास गरेर ऐन नियममा आवश्यक सुधार गरिदिएमा धेरै काम गरेर देखाउन सकिने स्पष्ट पार्नुभयो । हालको हदबन्दी समस्या समाधान नगरिए रियल स्टेट व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आउने बताउँदै उहाँले कित्ताकाटको दीर्घकालीन समाधान गर्नुपर्ने कुरामा जोड दिनु भयो। उहाँले हालैको विनाशकारी बाढीबाट विस्थापित नागरिकहरुको पुनर्वास र भत्केका संरचना पुर्ननिर्माणका लागि रियल इस्टेट व्यवसायीहरु सरकारसँग सहकार्य गर्न तत्पर रहेको प्रतिबध्दता प्रकट गर्नु भयो । साथै, उहाँले कुष्ण भीरमा जहिले पनि पहिरो जाने भएकोले थानकोट देखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङ मार्ग निर्माण गर्न सकिने धारणा राख्दै लाइफ लाइनको रुपमा रहेको पृथ्वी राजमार्गको अर्को महत्वपूर्ण विकल्प अघि सार्नु भयो ।

    कार्यक्रमका आयोजक महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल स्टेट कम्पनीहरूलाई जग्गाको हदबन्दी छुट हुनुपर्ने, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पु¥याइनुपर्ने, रु. ३ करोडसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने र यस क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिनुपर्ने नीतिगत मागहरू राख्नुभयो ।

    एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योले चार दिने एक्स्पोको विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले प्रदर्शनीमा १०० भन्दा बढी स्टलहरू रहेको र एक्स्पो चारै दिनमा वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडितको पुनर्वास तथा सार्वजनिक–निजी साझेदारी (एएए) मार्फत एकीकृत आवास विकासका विषयमा उच्चस्तरीय प्राविधिक सेमिनार एवम् प्यानल छलफलहरू हुने जानकारी दिनुभयो ।
    प्रदर्शनी असोज १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

    अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

    ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

    समाचार

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑