• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ २९, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

      १ घण्टा अघि

      साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

      १ घण्टा अघि

      कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

      १ घण्टा अघि

      वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

      १ घण्टा अघि

      जेबी अन्तरविद्यालय बास्केटबलका उपाधि विजेता लालीगुराँस र सत्यसाइ

      ३ घण्टा अघि

      सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

      ३ घण्टा अघि

      यी ११० काम्पनीको सेयर कारोबार गर्न पाउने स्टक डिलले

      ४ घण्टा अघि

      हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीमा हुने साहसिक गतिविधि विस्तारमा जोड

      ४ घण्टा अघि

      Surya Nepal Kathmandu Open Rabi takes lead after second round

      ४ घण्टा अघि

      सरकारले किन उठाउन सकिरहेको छैन लक्ष्यअनुसार राजश्व ?

      ४ घण्टा अघि

      ४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

      ४ घण्टा अघि

      राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

      ४ घण्टा अघि

      इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

      ४ घण्टा अघि

      हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

      ४ घण्टा अघि

      21 days to go for HoR polls: EC prepares resource materials for civic education promotion

      ५ घण्टा अघि
    आज: २०८२ माघ २९, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    हस्तकलाका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्न २१ औं हस्तकला व्यापार मेला हुँदै

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • ९१७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • काठमाडाैं, २७ कार्तिक । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि प्रमुख उद्देश्यबाट नेपाल हस्तकला महासंघले आफ्नो वार्षिक कार्यक्रमको रुपमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि हस्तकला व्यापार मेला आयोजना गर्ने भएकाे छ ।

    महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा यही मंसिर २० देखि २४ गते तदनुसार सन् २०२४ डिसेम्बर ५ देखि ९ तारिख सम्म होटेल हायात ग्राउन्ड, बौद्धमा २१ औ हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्न लागेकाे हाे ।

    मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ताको रुपमा मित्र राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशदेशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघहरु र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ । ब्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने छन् ।
    नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति  कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका ब्यक्तिलाई निशुल्क स्टल प्रदान गरिने छ ।
    मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)  अन्तर्गत (क) परम्परागत विधा तर्फ लोपोन्मुख अवस्थामा रहेको “बुट्टेनली” र ख) समसामयिक विधा तर्फ “गलैंचा बुनाई” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी (Live Demonstration) गरिने छ । सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रथमः रु.५०,००० (रु.पचास हजार), द्वितीयः रु.३०,०००(रु.तीस हजार) र तृतीयः २०,००० (रु.बीस हजार) तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र लगायत पदक प्रदान गरिने छ ।
    साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०÷८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । यसै सन्दर्भमा मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
    मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले ‘कला प्रदर्शनी २०८१’ आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिएको छ । सो  प्रदर्शनीमा राख्ने कलाकृतिहरुको प्रचार प्रसार गर्न कलाकारहरुको विवरण सहितको पुस्तिका पनि प्रकाशन गरिने छ ।
    यस पटक व्यापार मेलाकै सन्दर्भमा चिनिया तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरि China Nepal handicraft, culture and Tourism summit आयोजना गरिने र सो मेलाबाट नेपालमा ग्रिन प्राेजेक्ट विकास गरि कार्यान्वयन गरिनेछ । यसै सन्दर्भमा चीनको East Cultural Tourism Alliance, र चाईना र नेपाल हस्तकला महासंघबीच “China Nepal Handicraft Culture and Tourism Forum ” मार्फत चीन नेपाल हस्तकला, संस्कृति र पर्यटन सम्मेलन काठमाडौंमा आयोजना गर्ने समझ्दारी पत्रमा महासंघका अध्यक्ष प्रचण्ड शाक्य र चाइनाका तर्फबाट China East Tourism Alliance  का अध्यक्ष ली फेङ्गहाउले आज हस्ताक्षर गरेका छन् । यस प्रकारको सम्मेलन पालै पालो नेपाल र चीनमा आयोजना गरिने संझौता पत्रमा उल्लेख छ ।
    त्यसैगरी यो मेलाको एक विशेष आकर्षणको रुपमा विदेश स्थित हाम्रा राजदुतावासहरुको स्वरुप कस्तो हुनु पर्दछ भन्ने बारेमा नमूना कक्षMock Room को प्रर्दशन गरिने छ । उक्त नमूना बमोजिम हाम्रो नेपाली मैलिक कला र संस्कृतिले भरिपूर्ण राजदूतावासको कक्ष निर्माण गर्न सकिएमा त्यसको प्रचार प्रसार सम्बन्धित राजदुतावास भएको देशमा हुन गई आगामी दिनमा नेपाली हस्तकलाको प्रचार प्रसार र प्रवद्र्धनको साथै नेपाली कलाकार कालिगढहरुको रोजगारी सिर्जनामा पनि यसबाट मद्दत पुग्न जाने अपेक्षा राखिएको छ ।

    मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गराउने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका नेपाल सरकारका मन्त्रीहरु, उच्च पदस्थ अधिकृत, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका महामहिम लगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिने छ । मेला संचालनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको छाता संगठनहरु, बैंक तथा वित्तिय संस्था, वायुसेवा कम्पनीहरु, वीमा कम्पनीहरु, ठूला औद्योगिक व्यापारिक तथा प्रतिष्ठानहरु र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरुको पनि सहयोग रहने छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

    वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

    जेबी अन्तरविद्यालय बास्केटबलका उपाधि विजेता लालीगुराँस र सत्यसाइ

    सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

    समाचार

    ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

    वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑