• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

      ५ घण्टा अघि

      Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

      ६ घण्टा अघि

      सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

      ६ घण्टा अघि

      संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

      १५ घण्टा अघि

      बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      १५ घण्टा अघि

      मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

      १५ घण्टा अघि

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      १ दिन अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      १ दिन अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      १ दिन अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      १ दिन अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      १ दिन अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      १ दिन अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      १ दिन अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      १ दिन अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ३ दिन अघि
    आज: २०८३ अषाढ ३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    एमाले उपमहासचिव ज्ञवालीले देखेका प्रचण्डका तीन छटपटी

  • लाईभ नेपाल
  • २०८१ मंसिर ५, बुधबार (१ साल अघि)
  • ११०६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत असारमा अचानक सरकार छाड्नुपरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छटपटी देखिन थालेको बताएका छन् ।

    मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाको सन्दर्भसहित समसामयिक राजनीतिबारे एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालले बुधबार गरेको सम्पादकहरूसँगको छलफलमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

    ज्ञवालीले सत्ता छाड्नुपरेपछि माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डमा देखिएको छटपटीका कारण अराजनीतिक टिप्पणी र गतिविधि गर्न थालेको तर्क गरेका छन् ।

    ज्ञवालीले अराजकता मौलाउँदा अलोकतान्त्रिक शक्ति सल्बलाउनेतर्फ सचेत गराउँदै प्रचण्डमा देखिएको छटपटी उनका अभिव्यक्तिबाट बाहिरिएको उल्लेख गरेका छन् ।

    ज्ञवालीले २००६ सालदेखि परिवर्तनका मुख्य संवाहक नेपाली कांग्रेस र एमाले नै भएका बताउँदै अहिले पनि अराजकता र अस्थिरता अन्त्यका लागि दुई दल एक ठाउँमा उभिनु परेको तर्क गरे ।

    देशका मुख्य शक्ति कांग्रेस र एमाले नमिलेकै कारण प्रचण्डले ‘म्याजिकल नम्बर’का नाममा पटक पटक खेलेको पनि उनले बताएका छन् ।

    ‘कांग्रेस-एमाले नमिल्दा प्रचण्डले अस्थिरतामा खेलिरहेका कारण दुई दल एक ठाउँमा उभिन बाध्य भए’, उनले भने, ‘दुई दल प्रतिस्पर्धामा रमाइरहने, उता प्रचण्डले जादु नम्बर खेलाइरहने देखिएपछि मिलेका हौँ ।’

    उनले सरकारबाट हट्नेबित्तिकै प्रचण्डले अनेक खालका तिकडम अपनाउन थालेको भन्दै उनका तीन अभिव्यक्तिले छटपटी पुष्टि भएको पनि उल्लेख गरे ।

    पहिलो : नेपाललाई बंगलादेश, श्रीलंका बनाइदिने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गत भदौ तेस्रो साता कांग्रेस-एमाले गठबन्धनप्रति आक्रोश पोखेका थिए । २०७९ को निर्वाचनपछि कहिले एमाले त कहिले कांग्रेससँग मिलेर १९ महिना सत्ता चलाएका उनी बाहिरिएपछि आक्रमक हुँदै खनिएका थिए ।

    प्रधानमन्त्री ओलीसँग आक्रोशित देखिएका उनले त्यसबेला कांग्रेस-एमाले गठबन्धनलाई अप्राकृतिक भन्दै नेपालमा बंगलादेश र श्रीलंकाको स्थिति निम्तिने चेतावनी दिएका थिए ।

    उनले भदौ २० गते बिहीबार पेरिसडाँडामा माओवादी सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा भनेका थिए, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीको कुर्सीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक् कस्तो हुन्छ तिनललाई देखाउँछौँ ।’

    दोस्रो : आफैंले पास गरेको कोशीमा ‘पहिचानवादी’ लाई भड्काउँदै

    कोशीविरुद्ध ‍पहिचानवादीको आन्दोलनमा माओवादी उपाध्यक्ष पम्फा भुसाल
    उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रको समेत सहमतिमा पास भएको कोशी प्रदेशविरुद्धको आन्दोलनबारे पनि प्रश्न उठाएका छन् ।

    २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम टुंग्याउने क्रममा प्रदेश सभाले दुईतिहाइ बहुमतसहित कोशी नाम पास गरेको थियो ।

    त्यसबेला कोशीको पक्षमा ८२ मत खस्दा तत्कालीन सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले पनि पक्षमा मतदान गरे ।

    त्यसपछि सुरु भएको पहिचानवादीको आन्दोलनमा केही दिनअघि माओवादी पनि मिसिएको छ । २ मंसिरमा विराटनगरमा पहिचानवादीले प्रदर्शन सुरु गर्दा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल पनि मिसिइन् ।

    आफैंले पास गरेको कोशीविरुद्ध पम्फा माओवादीको प्रतिनिधित्व गर्दै विराटनगरमा आन्दोलनमा जोडिँदा प्रचण्डको दोहोरो भूमिका देखिएको ज्ञवालीको टिप्पणी छ । ज्ञवालीले भने जस्तै माओवादी अध्यक्ष प्रचण्डले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने बताइरहेका छन् ।

    माओवादी केन्द्रले नै हस्ताक्षर गरेर नामकरणमा सहमति जनाएको अवस्थामा प्रचण्डले आफ्ना नेता-कार्यकर्ताहरूलाई त्यसैविरुद्ध आन्दोलनका लागि पठाएका छन् । कोशी नामविरुद्ध नेता-कार्यकर्तालाई सडकमा उतारेपछि प्रचण्डमा विचलन देखिएको टिप्पणी ज्ञवालीबाट आएको हो ।

    तेस्रो : चाइना कार्ड

    ज्ञवालीले प्रचण्डमा विचलन र छटपटी देखिएको भनेर टिप्पणी गरेको अर्को प्रसंग हो प्रधानमन्त्रीको चीन भ्रमणका सन्दर्भमा भारतीय पत्रिका हिन्दुमा यही कात्तिक २९ गते प्रकाशित अन्तर्वार्ता ।

    प्रचण्डले हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाएका थिए । अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको टिप्पणीसमेत गरे । सीमा विवाद फेरि ब्युँतिने खतरा रहेकोसमेत उनले भन्न भ्याएका थिए ।

    प्रचण्डले असारमा सरकारबाट बिदा हुनुअघि १८ महिने कार्यकालमा नेपाल-भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पुर्‍याएको जिकिर गरेका थिए । तर उनले ओलीमाथि ‘चाइना कार्ड’ खेलेको गम्भीर आरोप पनि लगाएका थिए ।

    द हिन्दुले प्रधानमन्त्री ओली बेइजिङ जाने सन्दर्भमा भारतले भ्रमणको निम्ता नदिएको प्रसंगसहित सोधेको प्रश्नमा प्रचण्डले ओलीबाट ‘चाइना कार्ड’ खेल्ने काम भएको बताएका थिए ।

    ‘यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको उदाहरण हो । उनीहरूले दुवै छिमेकीसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउनुपर्थ्यो। केपीजी चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्न मात्र भएको देखिन्छ, जुन गलत हो’, उनले उक्त अन्तर्वार्ता भनेका थिए, ‘हाम्रो इतिहास, संस्कृति र भूगोलले दुई छिमेकीसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ । ओलीजीले चीन जानुअघि भारतसँग नेपालको विशेष सम्बन्धलाई स्वीकार्नुपर्छ। तर यस्तो नहुनु पर्ने थियो ।’

    उपमहासचिव ज्ञवालीले प्रचण्डमा यिनै कारणले छटपटी र विचलन देखिएको टिप्पणी गर्दै यसलाई अराजनीतिकको संज्ञा दिएका छन् ।

    ‘नेपाललाई बङ्गलादेश-श्रीलङ्का बनाइदिन्छु भन्नु, पहिचानवादीसँग मिलेर कोशी प्रदेश नाम मान्दिनौँ भन्दै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा केपी शर्मा ओलीले ‘चाइना कार्ड’ प्रयोग गर्न लागे भनेर अभिव्यक्त दिनु सरकारबाट हटेपछि प्रचण्डका छटपटी हुन्’,ज्ञवालीले यसरी निष्कर्ष सुनाए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

    समाचार

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑