मंसिर १६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन्।
मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स-२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरिय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक पनि रहेको छ ।
ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा नेता खनालले सम्बोधन गर्नुहुनेछ । उक्त प्लेनरि सेसनको शिर्षक “चीनको व्यापक सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ, सम्भावना र अवसरहरू” रहेने छ । सम्मेलनमा सात वटा थेमाटिक विषयमा छलफल हुने छ भने साताव्यापि भ्रमण सकेर नेता खनाल २२ मा नेपाल फर्कने छन्।