काठमाडौं, १६ मंसिर । अङ्ग्रेजि वर्ष २०२४ मा नेपाल भित्रिने पर्यटकहरुको सङ्ख्या बढेको छ। अङ्ग्रेजि वर्ष २०२४ को ११ महिनामा साढे १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटक बोडको तथ्याङ्क अनुसार २०२४ को जनवरिदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् । सन् २०२३ को ११ महिनाको अवधिमा ९ लाख १८ हजार ३ सय ८ पर्यटक नेपाल भित्रिएका थिए ।
एक महिनाको अवधि (नोभेम्बर) मा मात्र १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा सबै भन्दा बढी पर्यटक भारातबाट नेपाल भित्रिएका हुन् ।
नोभेम्बरमा भारतबाट १९ हजार ९१५, अमेरिकाबाट १० हजार ९८१, चीनबाट ९ हजार ४ सय ५८, युकेबाट ६ हजार ६ सय ११, बङ्गलादेशबाट ५ हजार १ सय ४८, अस्ट्रेलियाबाट ४ हजार ८ सय २९, थाइल्याण्ड ४ हजार ४ सय ६२,श्रीलंका ४ हजार ३ सय ९५, जर्मनीबाट ३ हजार ९ सय २६ गरि फ्रान्सबाट ३ हजार ८ सय ४१ पर्यटकहरु नेपाल भित्रिएका थिए ।