• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

      २२ घण्टा अघि

      Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

      २३ घण्टा अघि

      सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

      २३ घण्टा अघि

      संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

      १ दिन अघि

      बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      १ दिन अघि

      मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

      १ दिन अघि

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      २ दिन अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      २ दिन अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      २ दिन अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      २ दिन अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      २ दिन अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      २ दिन अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      २ दिन अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      २ दिन अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ३ दिन अघि
    आज: २०८३ अषाढ ४, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रिक्त दुई डिआइजीमा हुन सकेन बढुवा : सशस्त्रमा राजनीतिक दबाब

  • लाईभ नेपाल
  • २०८१ मंसिर २७, बिहिबार (१ साल अघि)
  • १४१९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं। सशस्त्र प्रहरीमा राजनीतिक दलका नेताहरुको आफन्तलाई बढुवा गर्नका लागि रिक्त रहेको दुई डिआइजीमा अहिलेसम्म बढुवा हुन सकेको छैन।

    सशस्त्र प्रहरीमा भदौ १६ गतेदेखि ३० वर्षे सेवावधिका कारण अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएसँगै दुई डीआईजीको दरबन्दी खाली भएपनि शक्ति केन्द्रको दबाबमा अहिलेसम्म बढुवा रोकिएको छ।

    बढुवाका लागि सशस्त्र प्रहरीकै पहिलो ब्याच सि. सं. १ का टोली प्रतिस्पर्धामा छन्। उक्त टोलीबाट यसअघि नै अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी डीआईजी भइसके त्यही ब्याचका चार जना अझै एसएसपी भएकाले उनीहरु बढुवाका लागि प्रतिस्पर्धी हुन्।

    दुईजना डिआइजी बढुवा हुँदा यतिबेला मनिष थापा र कृष्ण ढकाल मात्रै पर्नेछन्। सशस्त्रमा डीआईजी बढुवा हुन अनिवार्य रूपमा स्टाफ कलेज पास हुनुपर्ने व्यवस्था छ। त्यसकारण थापा र ढकाल मात्रै बढुवा हुने अवस्था छ। तर यहीबीचमा दुई एआइजीको दरवन्दी सकेसम्म थप गराएर पछिल्लो ब्याचका दीपेन्द्र कुँवर अघि आउन खोजिरहेका छन्।

    यदि एआइजीको दरवन्दी थप गर्न नसकेमा थापा र ढकाललाई उछिनेर कुँवर बढुवको चक्करमा गृहमन्त्रालयमा धाइरहेका छन्। नेपाली कांग्रेसका सभापति देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं समेत रहेका कुँवर अघिल्लो ब्याचलाई समेत उछिनेर बढुवाका लागि लबिङमा उत्रिएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बढुवाको फाइल अघि बढाउने मुडमा छैनन्।

    ‘कुँवरकै कारण बढुवाको लाइनमा रहेकाहरुलाई अन्याय परिरहेको छ’, सशस्त्र प्रहरी मुख्यालयले भन्यो। एआईजी दरबन्दी थप गर्ने प्रयास पनि कुँवरलाई डिआइजीमा बढुवा गर्ने विषयसँग जोडिएको छ। एआईजीको दरबन्दी थपिँदा एउटै ब्याची (सि. सं. २ का) टोली प्रतिस्पर्धी बन्ने हुँदा कुँवरको बढुवा अझ स्वाभाविक देखिनेछ। ‘दरबन्दी संख्या पटकपटक थपघट गरेर दलीय स्वार्थ पूरा गर्न खोजिएको छ’, स्रोतले भन्यो।

    यसअघि कुँवरलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो। सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा चार वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधान थियो। कुनै एसपीले चार वर्ष सेवा नगरेको अवस्थामा एसएसपी पद रिक्त हुँदा कायममुकायम एसएसपीको दर्जा दिएर काम गर्न व्यवस्था नियमावलीले गरेको थियो।

    कुँवरलाई एसएसपीमा बढुवा गर्न उक्त प्रावधानले बाधा पुर्‍याएपछि नियमावली नै संशोधन गर्दै चार वर्षे पदावधिलाई तीन वर्षमा झारिएको थियो। नियमावली संशोधन गर्दै उनी २०७९ साउनमा एसएसपीमा बढुवा गरिएको थियो। अहिले पनि उनी आफू बढुवा हुनकै लागि एआइजीको दरवन्दी थप गराएर सहज परिस्थिति बनाउन दबाब दिइरहेका छन्। सशस्त्र प्रहरी बलमा कुनै एआईजीको संख्या ११ सम्म पुर्‍याइएको थियो।

    आफन्तहरुलाई विशिष्ट श्रेणीमा बढुवा गर्नका लागि एआइजीको दरवन्दी ११ पुर्‍याउँदा राज्यकोषको चरम दुरुपयोग भएको थियो। ३० पुस २०७४ को मन्त्रीपरिषद् बैठकले ५ एआईजीको दरबन्दी थप्ने निणर्य गरेपछि ६ दरवन्दीबाट एकै पटक सशस्त्र प्रहरीमा एआईजीको संख्या ११ पुगेको थियो। त्यतिबेला १५ चैत २०७४ मा अवकाशमा जान लागेका डीआईजीहरू जानकी भट्टराई, खडानन्द चौधरी, सुबोध अधिकारी, राजेश श्रेष्ठ र निराकारविक्रम शाहलाई बढुवा गर्नकै लागि दरबन्दी थप गरिएको थियो।

    अझ संयोग नै मान्नुपर्छ उनीहरुको अवकाशसँगै ती दरवन्दी पनि खारेजीमा परेका थिए। त्यसरी दरवन्दी थप गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधि थिए भने बढुवा भएका सबै कांग्रेस निकट प्रहरी अधिकृतहरु थिए। झापाका भट्टराई कांग्रेस नेता ज्ञानेन्द्र कार्की र कृष्ण सिटौलासँग निकट मानिन्थे। उता, शाह भने आरजु राणाका भाइ भुषणका साथी थिए। भुषणमार्फत नै शाह एआईजी बढुवा हुन सफल भएका थिए।

    अधिकारीले भने पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीकी बहिनी बिहे गरेका थिए। त्यही साइनो जोडेर उनी पनि बिना दरबन्दी एआईजीमा बढुवा हुन सफल भएका थिए। कांग्रेस नेता विजय गच्छदार निकट मानिने चौधरीको पनि सोही वेला बढुवा भएका थिए। अवकाश हुने वेलासम्म करिब तीन महिनासम्म उनीहरू जिम्मेवारीविहीन (फाजिल) मै रहेका थिए। उनीहरू अवकाशमा गएसँगै सशस्त्रमा एआईजीको संख्या ६ मा झर्‍यो।

    सशस्त्र प्रहरी एकेडेमी, सीमा सुरक्षा विभाग, कार्य विभाग, मानव स्रोत विभाग, प्रशासन विभाग र उपत्यका मुख्यालयमा गरी ६ वटा एआईजी रहने व्यवस्था गरिएको थियो। तर राज्यलाई आर्थिक व्यवभार थपिएको भन्दै त्यसपछिका केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २७ जेठ २०७५ मा ६ दरबन्दी कटौती गरेर दुईमा झारिदियो। मानव स्रोत र प्रशासन विभागलाई गाभियो भने कार्य र सीमा विभागलाई मिलाएर एउटा विभाग बनाइयो।

    उता, एकेडेमी र उपत्यका मुख्यालय हेर्ने एआईजीको दरबन्दी भने कटौती नै गरियो। २१ भदौ २०७९ को मन्त्रिपरिषद् बैठकले कार्य विभागबाट सीमा विभागलाई छुट्याएर अलग गर्ने भन्दै एक एआईजीको दरबन्दी थप्यो। अहिले सशस्त्रमा कार्य, सीमा र मानव स्रोत तथा प्रशासन विभागमा गरी तीन एआईजीको दरबन्दी छ।

    अहिले भने गृहमन्त्री लेखकले थप दुई दरबन्दी थपेर एआईजीको संख्या पाँच बनाउन लागेका छन्। अर्थले गृहको प्रस्ताव अगाडि बढाएमा अब मानव स्रोत र प्रशासन विभागलाई अलग गर्ने र सशस्त्र प्रहरी एकेडेमी समेत गरी दुई एआईजीको दरबन्दी थपिनेछ। स्रोतका अनुसार अहिले किशोर प्रधान र गणेश ठाडा मगरलाई बढुवा गर्न एआईजीको दरबन्दी थप्न लागिएको छ। साथै, तल्लो ब्याचका एसएसपी दीपेन्द्र कुँवरलाई डीआईजीमा बढुवा गर्ने योजनामा पनि एआईजी दरबन्दी थपको प्रस्ताव गरिएको हो।

    प्राविधिकबाट प्रहरी सेवा सुरु गरेका प्रधान सशस्त्रमा आएपछि प्रशासनतर्फ गाभिएका थिए। अहिले उनी बलम्बुस्थित पशुपति बाहिनी प्रमुख छन्। सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ भने सरकारले चाहँदा एक वर्ष थप्न सकिने व्यवस्था समेत छ। ४ वर्षे पदावधि सकेर थप एक वर्ष पनि बिताउँदै आगामी १० माघमा अनिवार्य अवकाशमा जान लागेका प्रधानलाई एआईजीमा बढुवा गर्ने योजनासँग गृहको रहेको देखिन्छ। गृहको योजना सफल भए उनको जागिर पुनः लम्बिने छ।

    एक वर्ष पदावधि थप्न सकिने व्यवस्थाको दुरुपयोग गर्दै सरकारले आफू अनकूललाई मात्रै थप्दै आएको छ। यसअघि सरकारले १ वर्ष पदावधि थप नगरेपछि डीआईजी प्रवीण श्रेष्ठ ८ असार २०७८ मा अनिवार्य अवकाशमा गएका थिए। यता १६ पुस २०७७ मा डीआईजीमा बढुवा भएका ठाडा मगरको आगामी पुसमा ४ वर्षे कार्यकाल पूरा हुँदैछ।

    सरकारले १ वर्ष थप नगरेको अवस्थामा उनी पनि अनिवार्य अवकाशमा जानुपर्नेछ। उनी एमाले निकट मानिएका छन्। तराईमा रहेका बेला निकै विवादमा आएका थिए। अहिले बाग्मती प्रदेश अन्तर्गत रहेको बाहिनी प्रमुख छन्। – Dcnepal

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

    समाचार

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑