• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १ घण्टा अघि

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १ घण्टा अघि

      बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

      १ घण्टा अघि

      सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

      १ घण्टा अघि

      Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

      १ घण्टा अघि

      बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

      १ घण्टा अघि

      इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

      ३ घण्टा अघि

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      ९ घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      ९ घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      ९ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      ९ घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      ९ घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      ९ घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      ९ घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      ९ घण्टा अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
  • १८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • पाल्पा। पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो ।

    महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ ।

    विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ । रानीमहलको आँगनमा बाढीको चोट देखिन्छ भने आसपासका स्थानीयका सपना बगरमा छरिएका छन् ।

    प्रेमको प्रतीकका रूपमा परिचित रानीमहलको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा छन् ।

    बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पु¥याएको छ । रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् ।

    प्राकृतिक विपत्तिले व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट पु¥याएको छ ।

    बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको स्थानीय शङ्कर बस्यालले बताए ।

    उनले भने, “ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको छ । हरेक वर्ष दसैँको बेला रानीमहल घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्ने गरे पनि यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरु मर्कामा पर्नुपरेको छ ।”

    प्राकृतिक विपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा स्थानीय सरकारले ध्यान नदिएको उहाँको आरोप छ । बाढीले पु¥याएको क्षतिभन्दा पनि विपत्तिपछि आफ्नो पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले उनीहरूलाई थप निराश बनाएको छ ।

    बस्यालले कर सङ्कलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बताए ।

    रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको दाबी गर्नुभयो । उहाँका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन ।

    गिरीले रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने बताए ।

    यता, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको बताए ।

    बाढीपछि निरन्तर वर्षा भइरहेको र त्यसलगत्तै दसैँ बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उनको भनाइ छ ।

    अध्यक्ष चिदीले अबको एक–दुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने बताए ।

    ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ । जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित छ । तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं १९५४ मा रानीमहल निर्माण गरेको थियो ।

    पत्नी तेजकुमारी देवीको मृत्युपछि उहाँकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गरेको हो । रानीलाई बगैँचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ पाँच वर्ष लगाएर रानीमहल निर्माण गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

    बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

    इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

    समाचार

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑