• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      ११ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      ११ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      ११ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      ११ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      ११ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      ११ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      ११ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      ११ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      ११ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      ११ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    १५औं दक्षिण एसिया आर्थिक सम्मेलन सम्पन्न, “हरित वित्त विकसित मुलुक र दातृ निकायको आश्वासनमा सीमित”

  • लाईभ नेपाल
  • २०८१ मंसिर २९, शनिबार (१ साल अघि)
  • १०२०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, २९ मंसिर । बुधबारदेखि सुरु भएको १५औं दक्षिण एसिया आर्थिक सम्मेलन (South Asia Economic Summit) २०२४ काठमाडौँमा शुक्रबार सम्पन्न भएको छ ।दक्षिण एसियाली मुलुकहरू तथा बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीतिनिर्माता तथा नागरिक समाजका अगुवाहरू सम्मिलित सम्मेलन “अनलिसिङ एन इक्विटेबल ग्रीन ट्रान्सफर्मेसन इन साउथ एसिया” (दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर)  मूल विषयवस्तुमा केन्द्रीत रहेर नीतिगत छलफलहरू भएका छन् । दक्षिण एसियामा दिगो र समावेशी विकास अघि बढाउन सम्मेलन फलदायी भएको छ ।

    सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा जलवायु परिवर्तनजन्य जोखिमहरू बढ्दै गएको र यसले क्षति र असमानता बढाउँदै लगेको बताउनुहुँदै हरित अर्थतन्त्रले ऊर्जा र स्रोतको कार्यदक्षतामार्फत आर्थिक रूपान्तरणलाई अघि बढाउनुपर्ने बताउनुभयो । साना तथा मझौला उद्यमको हरित रूपान्तरण तर्फको संक्रमण र ठूला हरित पूर्वाधार विकासको आवश्यकता औंल्याउनुहुँदै उहाँले नेपालको सन् २०४५ को शून्य कार्बनको लक्ष्य प्राप्तिमा स्रोतसाधनको ठूलो आवश्यकता औंल्याउनुभयो । नेपालले जलिवद्युत ऊर्जाका क्षेत्रमा उत्साहपूर्ण काम गरेको भन्नुहुँदै ऊर्जा लगायत हरित क्षेत्रमा वित्तीय क्षेत्रको लगानी परिचालनका लागि ग्रीन ट्याक्सोनोमी जारी गरिसकेको चर्चा गर्नुभयो ।

    समापन सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सस्टेनेबल डेभलपममेन्ट पोलिसी इन्स्टीच्यूट पाकिस्तानका कार्यकारी निर्देशक अविद कुयम सुलेरी, साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड एन्भायरोमेन्ट (सावती) का अध्यक्ष डा. रत्‍नाकर अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

    सम्मेलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसिया तीव्र आर्थिक विकास गरिरहेको सन्दर्भमा क्षेत्रीय सहकार्यलाई सघन बनाएर साझा चुनौतीको सामना गर्न सकिने बताउनुभयो । सस्टेनेबल डेभलपममेन्ट पोलिसी इन्स्टीच्यूट पाकिस्तानका कार्यकारी निर्देशक अविद कुयम सुलेरीले दक्षिण एसिया आर्थिक सम्मेलन नीतिगत विषयहरूमा छलफल गर्न महत्वपूर्ण मञ्च रहेको बताउनुभयो ।

    सम्मेलनको उद्‍घाटनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्षेत्रीय चुनौतीहरूलाई संवाद सहकार्य र कार्यमूलक उपायहरूद्वारा समाधान खोजिने बताउनुभयो ।बंगलादेशको वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री सेयदा रिजवान हसनले क्षेत्रीय मुद्दाहरूमा सहकार्यमा जोड दिदैं क्षेत्रीय ग्रीड स्थापनामार्फत जलविद्युत व्यापारलाई सहजीकरण गरी जलविद्युत व्यापारलाई सहजीकरणमार्फत हरित रूपान्तरण गर्न सकिने धारणा राख्‍नुभयो ।

    विशेष मन्तव्य राख्‍नुहुँदै सेन्टर फर पोलिसी डायलग बंगलादेशका अध्यक्ष डा. रेहमान सोभानले आर्थिक एकताको मुख्य पक्ष मूल्य श्रृंखला विस्तारमा दक्षिण एसियाली मुलुकहरूले काम गर्न नसकेकाका कारण क्षेत्रीय आर्थिक संयोजन (एकीकरण) कमजोर भएको धारणा राख्‍नुभयो । दक्षिण एसियाली मुलुकहरूमा आर्थिक एकीकरणका पहलहरू अत्यन्त सुस्त भएको उहाँको भनाई थियो । हरित मूल्य श्रृंखला पनि यस अघि नै निर्माण भएका मूल्य श्रृंखलाहरूकै हिस्सा भएको भन्दै डा. रेहमानले यसलाई नेतृत्व गर्ने संस्थाको अभावमा हरित मूल्य श्रृंखला विकास पनि असहज रहेको टिप्पणी गर्नुभयो ।

    साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड एन्भायरोमेन्ट (सावती) का अध्यक्ष डा. रत्‍नाकर अधिकारीले क्षेत्रीय पहलले सहकार्य र सहयोग हरित रूपान्तरणमा बहुआयमिक प्रभाव सिर्जना गर्ने धारणा राख्‍नुभयो ।

    सावतीका चेयर इमिरेटस डा. पोषराज पाण्डेले विश्वव्यापी मूल्य श्रृंखलामा दक्षिण एसियाको सम्भाव्यतालाई उजागर गर्न सहयोगी नीतिहरू, प्रोत्साहन, साझेदारी अनुसन्धान र विकास तथा क्षेत्रीय सहकार्यमा जोड दिनुभयो ।

    सम्मेलनमा १६ सत्रहरू सञ्चालन भएका थिए ।दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तनका जोखिमहरू, जोखिमसँग सामना गर्नका लागि हरित वित्तको न्यूनता तथा औद्योगिक र व्यापार नीतिसँग जलवायु प्रतिकार्यको सामञ्जस्यता तथा बढ्दो भूराजनीतिक द्वन्द्वका साथै जलवायु परिवर्तनका कारण सिर्जित असमानताका बारेमा सरोकार राख्दछन् र यस क्षेत्रमा समतामूलक हरित रूपान्तरण उजातर गर्न सकिनेमा विश्वस्त छन् ।

    सम्मेलनको दोस्रो पूर्ण सत्रमा क्लाइमेट एक्सनको युगमा व्यापार र औद्योगिक नीतिका विषयमा छलफल भएको थियो ।साउथ-साउथ कोअपरेसनसहित सहयोगी र प्रभावकारी राष्ट्रिय नीतिले हरित औद्योगिकरणमार्फत दक्षिण एसियाली मुलुकहरूको समृद्धिको आकांक्षा पूरा गर्ने धारणा व्यक्त गरिएको थियो ।

    सम्मेलनको तेस्रो पूर्ण सत्रमा जलवायु परिवर्तनका असरसँग जुझ्नका लागि हरित वित्त अत्यावश्यक रहेको र यो दलित, महिला तथा आदिवासी समेतका लागि समतामूलक हुनुपर्नेमा जोड दिइएको थियो ।तर अत्यावश्यक ठाउँमा हरित वित्त पुग्न नसकेको सहभागीहरूको धारणा रहेको थियो । हरित वित्तको उपलब्धता पहुँच, सामर्थ्य, वहनयोग्यता, प्रयोक्ता लगायतमा केन्द्रीत रहेर समीक्षा गरिएको थियो ।हरित वित्त अहिलेसम्म विकसित देश र दातृ निकायको आश्वासनमा मात्र सीमित भएको उक्त सत्रको निष्कर्ष रह्यो । त्यस्तै विश्व व्यापारका दिगो मापदण्ड, औद्योगिक नीतिमा पुनरावलोकन तथा दिगोपनामा आधारित मापदण्ड तयार गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

    ऊर्जा सम्बन्धी सत्रमा दक्षिण एसिया क्षेत्रमा हरित ऊर्जा क्षेत्रमा भैरहेको रूपान्तरणका बाबजुद दक्षिण एसिया क्षेत्र अझैपनि जीवाश्म इन्धनमा निर्भर रहेको सन्दर्भमा हरित ऊर्जाको विस्तारमा राजनीतिक, वित्तीय तथा पूर्वाधारको अवरोधलाई हटाउँदै जानुपर्ने सम्बन्धमा छलफल भएको थियो  ।

    दक्षिण एसियामा वातावरणीय वस्तु र सेवाको व्यापारमा वृद्धि भैरहेको छ जसले हरित प्रविधि अबलम्बनलाई प्रोत्साहीत गरिरहेको छ । यद्यपि बहुपक्षीय र क्षेत्रीय संयन्त्रहरूले मागको तुलनामा वातावरणीय प्रविधिलाई विस्तार गर्ने वातावरण निर्माण गर्न असफल भएको विज्ञहरूको धारणा छ ।

    जलवायु परिवर्तनका कारण अन्य क्षेत्रजस्तै कृषि तगा पर्यटनमा प्रत्यक्ष प्रभाव परेको छ । दिगो पर्यटन विकासका लागि आदिवासीहरूको भूमिका तथा कमजोर हिमाली क्षेत्रलाई बचाएर पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्नुपर्ने बताइएको छ । हिमालदेखि समुद्री सतहका देशहरूलाई समेत जलवायु परिवर्तनले उत्तिकै प्रभावित पारिरहेको छ ।

    त्यस्तै साना तथा मझौला उद्यम अनौपचारिकता, तयारीको अभाव तथा स्रोतमा सीमित पहुँचका कारण कठिनाइ व्यहोरिरहेका छन् । यस्ता उद्यमहरूको औपचारिकरण, स्थायित्व र उत्थानशीलता विकासका लागि एकीकृत रणनीतिक योजना तथा विपद् व्यवस्थापनले आर्थिक वृद्धिमा योगदान गर्ने छलफलको निष्कर्ष रह्‍यो । साथै दक्षिण एसियामा सर्कुलर अर्थतन्त्र विकासका लागि प्रणालीगत सहकार्य, नवीन नीतिगत पहल तथा प्रविधि आत्मसात गरी यसको सम्भावना उजागर गर्नुपर्ने विज्ञहरूको भनाई छ ।

    दक्षिण एसिया आर्थिक सम्मेलन सन् २००८ देखि आयोजना गर्न शुरु गरिएको हो, जसले दक्षिण एसियामा विकासका चुनौतीहरूका विषयमा छलफल गर्ने मञ्चका रूपमा स्थापित भएको छ । वार्षिक रूपमा दक्षिण एसियाली देशहरूमा पालैपालो आयोजना गरिने यो समेमेलनले क्षेत्रभित्र र बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीतिनिर्माता तथा नागरिक समाजका अगुवाहरूलाई सामेल गराउँदै आएको छ ।

    नेपालमा साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड एन्भायरोमेन्ट (सावती) , बंगलादेशमा सेन्टर फर पोलीसी डायलग, भारतमा रिसर्च एन्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रीज्, पाकिस्तानमा सस्टेनेबल डेभलपममेन्ट पोलिसी इन्स्टीच्यूट र श्रीलंकामा इन्स्टिच्यूट अफ पोलीसी डायलगले पालैपालो सम्मेलन आयोजना गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑