• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १२ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १२ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १२ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      १२ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      १२ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      १३ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      १३ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      १३ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      १३ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      १३ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    तेह्रथुमको ‘चोत्लुङ पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

  • लाईभ नेपाल
  • २०८१ पौष १०, बुधबार (१ साल अघि)
  • १८८८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित ‘चोत्लुङ पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।

    प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।

    गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैयूँ), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ ।

    पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए । युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उनले सुनाए ।

    त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताइन् । चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्यलाभ गर्ने विश्वासमा पूजा गर्न आएको उनको भनाइ छ । चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक पुजारी राखेको छ ।

    चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन् ।

    लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि सङ्ग्रहालयमा सुरक्षित छन् ।

    सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताए । ‘चोत्लुङ’ याक्थुङ भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ–२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताए ।

    विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा दुई करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए ।

    आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताए । उनका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् । पर्यटकलाई पार्क अवलोकनका लागि ५० र सङ्ग्रहालय अवलोकनका लागि १०० शुल्क लिने गरिएको छ । पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष १४ लाख राजस्व सङ्कलन भएको छ ।

    चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ । टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन् । मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑