• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      १८ घण्टा अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      १८ घण्टा अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      १८ घण्टा अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      १९ घण्टा अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      १९ घण्टा अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      १९ घण्टा अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      १९ घण्टा अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      १९ घण्टा अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      २ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      २ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      २ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      २ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      २ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      २ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      २ दिन अघि
    आज: २०८३ अषाढ २, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

  • लाईभ नेपाल
  • २०८१ पौष १४, आईतबार (१ साल अघि)
  • १५१६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताएका छन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित २६औँ पोखरा सडक महोत्सवको आज उद्घाटन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारबाट आवश्यक निर्णय लिनका लागि पहल गर्ने बताए ।

    पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै उनले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुुपर्ने बताए । मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू यहीबाट हुनेगरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

    उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुुपर्ने आवश्यकता औँल्याए । “पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ”, मन्त्री गुरुङले भने,“प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।”

    गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठले गण्डकी प्रकृतिको अनुपम उपहार भएको भन्दै यसको उपयोगमा जोड दिए । यहाँका सम्भावनालाई उजागर गर्न सकेमा निराश हुनु नपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै धेरै कामहरू अघि बढेको धारणा राखे ।

    रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष बिष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन पनि मद्दत पुगेको उनको भनाइ छ ।

    रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराई, कार्यक्रम संयोजक विकास भट्टराईलगायत सडक महोत्सवको पर्यटकीय महत्वलगायत विषयमा प्रकाश पारे ।

    यही पुस १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटनअघि आजै पूर्वलेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दा बढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो ।

    ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत गतिविधि पनि हुने आयोजकले जनाएको छ ।

    यसैगरी, अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम पनि गरिने रेवानले जनाएको छ ।

    महोत्सवका अवसरमा सडक महोत्सवमा रहने रेष्टुरेन्टहरूले परिकारमा २० प्रतिशतसम्म छुट दिने जनाइएको छ । यस्तै, होटलमा २० र प्याराग्लाइडिङ सेवामा १० प्रतिशत छुट दिइने छ । स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरणमैत्री वस्तुहरूको प्रयोग, नेपाली हस्तकलाको प्रवर्द्धनका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

    दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

    समाचार

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑