• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

      १५ घण्टा अघि

      British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

      १५ घण्टा अघि

      पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

      १५ घण्टा अघि

      जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

      १५ घण्टा अघि

      आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

      १५ घण्टा अघि

      नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

      १ दिन अघि

      कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

      १ दिन अघि

      स्वदेश फर्किएलगत्तै देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

      १ दिन अघि

      Eighteen Grade VII–IX Student Teams Build Real AI Solutions for Real Kathmandu Businesses in Historic Three-Week Sprint

      १ दिन अघि

      नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

      १ दिन अघि

      सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

      १ दिन अघि

      आज पनि सेयर बजार स्थिर, कारोबार रकम घट्यो

      २ दिन अघि

      अब एउटै प्लेटफर्मबाट बैंकिङ, क्यूआर पेमेन्ट र ऋण सेवा

      २ दिन अघि

      सरकारी कार्यालयका निवेदन अब एउटै ढाँचामा, डिजिटल प्रणालीमा पनि प्रयोग गर्न मिल्ने

      २ दिन अघि

      PM Shah’s Diplomatic Shift: Engaging India and China

      २ दिन अघि
    आज: २०८३ श्रावण ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमतिविपरीत छ : एनपी साउद

  • लाईभ नेपाल
  • २०८१ पौष २५, बिहिबार (१ साल अघि)
  • ११६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमति सहमतिविपरीत रहेको बताएका छन् ।

    कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए ।

    ‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन् । यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ । यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।’

    नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो ।

    ‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु । अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्दछ । विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन ।’

    कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो ।

    ‘पार्टीको एकल सरकार बनाउन सकेका छैनौँ । गठबन्धनको संस्कृतिले पार्टीलाई काँध हाल्ने कुरा मात्रै भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको कार्यदिशा भनेको जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने हो । तर, अहिले त्यस्तो हुन सकेको छैन ।’

    कांग्रेस केन्द्रीय सदस्य साउदले पार्टीको १५ औँ महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै हुनुपर्ने बताए । ‘पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन ।’

    १४ औँ महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाउने र गुटगत राजनीति अन्त्य गर्ने सन्देशसहितको नतिजा दिए पनि अहिले हेर्दा पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट नै गुटबन्दी चलिरहेको भन्दै साउदले सुधार गर्न आवश्यक रहेको बताए ।

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमालेसँग सत्ता सहकार्य भए पनि कांग्रेसको प्रतिस्पर्धा पनि एमालेसँग नै हो भन्ने बिर्सन नहुने बताइन् । उनले समयमै १५ औँ महाधिवेशन हुनुपर्नेमा जोड दिँदै महाधिवेशनका लागि सदस्यता नवीकरण प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने बताइन् ।

    सुशासनको जगमा मात्रै समृद्धिको यात्रा तय हुने भन्दै नेतृ संग्रौलाले कांग्रेस सबै भ्रष्टाचारका फाइल खोल्ने कुरामा प्रस्ट रहेको जिकिर गरिन् ।

    केन्द्रीय सदस्य अब्दुल सतारले सुझाव समेट्न र पार्टीको गुटगत राजनीति अन्त्य गर्न आफूहरू अहिले जिल्ला यात्रामा रहेको जानकारी दिए ।

    यस्तै केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीको आन्तरिक जीवनमा सुधार आवश्यक रहेकोमा जोड दिए । अर्का केन्द्रीय सदस्य चम्पा खड्काले आफूहरू पार्टीका कार्यकर्ताका कुराहरू सुन्न जिल्ला आएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

    नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

    समाचार

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑