• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

      ९ घण्टा अघि

      रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

      ९ घण्टा अघि

      कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

      ९ घण्टा अघि

      पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

      ९ घण्टा अघि

      सचिव पदका लागि तीन सहसचिवको सिफारिस, भूपाल बराल शीर्ष स्थानमा

      ९ घण्टा अघि

      कर्तव्यमा जीवन समर्पण गर्ने स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र बोहराको सम्झनामा “योगेन्द्र स्मृति संरचना” निर्माण हुने

      १0 घण्टा अघि

      देशकै कान्छा केन्द्रीय सदस्यका आकांक्षी आकाश जेठारा: बाल्यकालदेखि नेतृत्वको अभ्यासमा

      ११ घण्टा अघि

      काठमाडौंमा चिनियाँ पर्यटन दिवस मनाइयो, चीन-नेपाल पर्यटन प्रवर्द्धनमा जोड

      १ दिन अघि

      सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकमा मधेश केन्द्रित दलको असहमति

      १ दिन अघि

      त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

      १ दिन अघि

      सन् २०२४ मा शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि, राष्ट्र बैंकको एफआईयू रिपोर्ट सार्वजनिक

      १ दिन अघि

      गृहका सहसचिव भट्टराई पक्राउ

      १ दिन अघि

      ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

      १ दिन अघि

      ई–पासपोर्ट ठेक्कामा गम्भीर अनियमितता : प्राविधिक अयोग्य देखिएको फ्रेन्च कम्पनी IDEMIA लाई नियमविपरीत बहु अर्बको ठेक्का

      १ दिन अघि

      उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

      १ दिन अघि
    आज: २०८२ जेष्ठ ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन गर्न माग

  • लाईभ नेपाल
  • २०८१ पौष २६, शुक्रबार (४ महिना अघि)
  • ४३४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • लण्डन । बेलायतस्थित नेपाली पत्रकारहरूले नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशनको माग गरेका छन् । महासंघको सदस्यता वितरण तथा निर्वाचन प्रक्रियाको किचलो तत्काल अन्त्य गरी महाधिवेशनको मिति तय गर्न माग गरिएको हो ।

    महासंघको गत जेठ २३ गते (जुन ५, २०२४) को परिपत्र अनुसार नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थगित अधिवेशनको नयाँ मिति तय गर्न शाखाका सदस्यहरूले माग गरेका हुन् ।

    बेलायतको अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले नवनिर्वाचित कार्यसमितिको लागि अध्यक्ष निर्मला शर्मालाई पत्रमार्फत अधिवेशनको मिति तय गर्न र केन्द्रीय प्रतिनिधि पठाउन आग्रह गरेका छन् ।

    यसअघि बेलायत शाखा (एफएनजे युके) को छैटौँ अधिवेशन स्थगित भएपछि शाखाका नाममा संस्थाको विधान विपरीत भएका गतिविधि रोक्नको लागि गत मंसिर २० गते पत्राचार गर्दै नयाँ महाधिवेशनको मिति तय हुने जनाएको थियो ।

    महासंघको पत्र बमोजिम महाधिवेशनमा जाने र नजाने विषयमा बेलायतस्थित पत्रकारहरू विभाजित हुँदा संस्थाभित्र विवाद चर्किएको थियो । साथै, संयोजकले महासंघको जुलाईमा भएको महाधिवेशन स्थगित भएको जानकारी दिएका थिए ।

    उनले बेलायत शाखामा रहेका सदस्यता सम्बन्धी विवाद समाधान गर्ने गरी तयार गरिएको ५९ जना सदस्यहरूको नामावली महासंघको केन्द्रीय कार्यालयमा दर्ता गरेको बताए ।

    त्यस्तै, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले बेलायत शाखामा सदस्यताको लागि आएको आवेदन रद्द गरेर अधिवेशनमा जानु अवैधानिक भएको बताएका छन् । साथै, त्यस्तो कार्य अन्यायपूर्ण भएको उनको भनाइ छ ।

    उनले पुर्वकार्यसमितिसंग युनियन बेलायतले गरेको पूर्व सम्झौता अनुरूप शाखामा सदस्यता वितरण हुनु पर्ने माग गरेका छन् । गत जुनमा सदस्यता वितरणमा भएको अनियमितताको छानबिन गरी तत्काल महासंघ बेलायत शाखाको छैटौ महाधिवेशनको मिति तय गर्न माग गरेका छन् ।

    त्यसैगरी महासंघ बेलायतका पूर्व उपाध्यक्ष श्याम लुइँटेलले नेपाली पत्रकारहरूलाई संगठित गर्न स्थापना भएको शाखामा सदस्यता वितरणमा भएको विभेदमाथि प्रश्न गरेका छन् ।

    उनले भने, ‘नेपाली पत्रकारहरूलाई महासंघको छाताभित्र ल्याएर मात्र महाधिवेशन हुनुपर्छ । बेलायतमा सक्रिय पत्रकारहरूलाई सदस्यता वितरण गर्नुपर्छ ।’

    उनले महाधिवेशनबाट निर्वाचित फर्जी कार्यसमितिको फोटो सेसन तथा खादा माला सहितको सम्मानप्रति सचेत रहन पनि नेपाली समुदायलाई आग्रह गरेका छन् ।

    गत जुनमास सदस्यताका लागि ६५ जनाले आवेदन दिएका थिए । त्यसमा तत्कालीन अध्यक्ष ध्रुव अर्याल समूहले एक लौटी रूपमा सदस्यता वितरण गरेको आरोप छ । आवेदन दिएका २७ जनामध्ये सबैको आवेदन रद्द गरेको थियो । साथै सदस्यता शुल्क जफत गरे पछि थप प्रक्रिया जटिल बनेको हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

    पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

    सचिव पदका लागि तीन सहसचिवको सिफारिस, भूपाल बराल शीर्ष स्थानमा

    कर्तव्यमा जीवन समर्पण गर्ने स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र बोहराको सम्झनामा “योगेन्द्र स्मृति संरचना” निर्माण हुने

    समाचार

    १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

    पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑