• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

      १५ घण्टा अघि

      British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

      १५ घण्टा अघि

      पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

      १५ घण्टा अघि

      जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

      १५ घण्टा अघि

      आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

      १५ घण्टा अघि

      नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

      १ दिन अघि

      कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

      १ दिन अघि

      स्वदेश फर्किएलगत्तै देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

      १ दिन अघि

      Eighteen Grade VII–IX Student Teams Build Real AI Solutions for Real Kathmandu Businesses in Historic Three-Week Sprint

      १ दिन अघि

      नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

      १ दिन अघि

      सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

      १ दिन अघि

      आज पनि सेयर बजार स्थिर, कारोबार रकम घट्यो

      २ दिन अघि

      अब एउटै प्लेटफर्मबाट बैंकिङ, क्यूआर पेमेन्ट र ऋण सेवा

      २ दिन अघि

      सरकारी कार्यालयका निवेदन अब एउटै ढाँचामा, डिजिटल प्रणालीमा पनि प्रयोग गर्न मिल्ने

      २ दिन अघि

      PM Shah’s Diplomatic Shift: Engaging India and China

      २ दिन अघि
    आज: २०८३ श्रावण ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
  • १३४८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, ९ फागुन । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप ९नबिल एसएसई०अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ ।

    महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।

    प्रदेश स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरुप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराएका थिए । “बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सुरुआत गरेको हो, यो समाजप्रति उत्तरदायित्व बहन गर्ने एक माध्यम पनि हो”, सिइओ ढुंगानाले भने । उनले यस कार्यक्रममा सहभागीहरुलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए ।

    सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा सन्देशदास श्रेष्ठ, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए भने मध्यस्थकर्ताको भूमिकामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ज्योती कोठारी थिए ।

    अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरेले स्वदेशमै पुँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि उद्यमशीलता प्रवद्र्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । उद्यमशीलताका क्रियाकलापहरूले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवद्र्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए ।

    नबिल बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नबिल एसएसईको अवधारणाबारे चर्चा गर्दै बैंक दिगो उद्यमी विकासमा प्रतिबद्ध रहेको बताए । “बैंकहरुले मात्रै होइन, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरुले पनि व्यवसायलाई दिगो बनाउन आवश्यक छ, यसले जनजीवन र वातावरणको हितमा सहयोग गर्छ”, उनले भने ।

    पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा। श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरुसँगको सहकार्यमा रोजगारी तथा नयाँ व्यवसाय सृजना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए ।
    नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष निरौलाले स्थानीय व्यवसाय प्रवद्र्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए ।

    नबिल एसएसई कोशी प्रदेशका संयोजक बेद संग्रौलाले सहभागी तथा अतिथिहरुलाई स्वागत गर्दै उद्यमशीलता प्रवद्र्धनमा निरन्तर सहयोगका लागि नबिल बैंकप्रति आभार व्यक्त गरे । उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्‌नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्‍याएको सहयोगबारे चर्चा गरेका थिए । कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको सम्भावनालाई उजागर गर्दै नवप्रवर्तनशील व्यवसायहरूको प्रवद्र्धन तथा मुलुकभर दिगो उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएको छ ।

    सोही अवसरमा नबिल बैंकका अध्यक्ष पौडेल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा। रामावतार शरणले कार्यक्रममा सहयोग पुर्‍याउने विज्ञहरुलाई सम्मान स्वरुप मायाको चिन्ह प्रदान गरेका थिए । क्याम्पस प्रमुख डा। शरणले नबिल बैंक तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँगको साझेदारीमा सञ्चालित नबिल एसएसई कार्यक्रम सफल रहेको तथा आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

    नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम तथा सर्टिफिकेट कोर्स सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।

    हालसम्म नबिल एसएसई सर्टिफिकेट कोर्सले ५४३ सहभागीलाई सफलतापूर्वक प्रशिक्षण प्रदान गरेको छ । जसले ७२ उद्यम स्थापना गर्न सफल भएका छन् । दुवै कार्यक्रममार्फत हालसम्म कुल ११७ उद्यम स्थापना भएका छन् भने एक हजार २०० भन्दा बढी रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

    नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

    समाचार

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑