• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन ५, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल

      ९ घण्टा अघि

      दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

      ९ घण्टा अघि

      पुलाचौरमा पक्की सडक निर्माण सुरु

      ९ घण्टा अघि

      निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

      ९ घण्टा अघि

      जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

      ९ घण्टा अघि

      टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै

      ९ घण्टा अघि

      निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

      ९ घण्टा अघि

      पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

      १0 घण्टा अघि

      धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

      १0 घण्टा अघि

      यस्ताे छ आजकाे माैसम पूर्वानुमान

      १0 घण्टा अघि

      आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

      १0 घण्टा अघि

      पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन

      १ दिन अघि

      खुल्यो तुम्लिङटार विमानस्थल

      १ दिन अघि

      ५ सय २४ परियोजनामार्फत ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता

      १ दिन अघि

      सुनको मूल्य एकै दिन ३ हजारले घट्यो

      १ दिन अघि
    आज: २०८२ फागुन ५, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    निवारण फाउण्डेसनद्वारा सन्जीवनी परियोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालनको घोषणा

  • लाईभ नेपाल
  • २०८१ चैत्र ९, शनिबार (११ महिना अघि)
  • १५२५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • काठमाडौँ : निवारण फाउण्डेसनले सन्जीवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ। यस परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

    निवारण फाउण्डेसन संयुक्त राज्य अमेरिकाको बोस्टनमा स्थापित एउटा गैरसरकारी संस्था हो। कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध रहेको यस संस्थाको नेपालस्थित मुख्यालय काठमाडौँको सुन्धारामा रहेको छ। निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

    स्वास्थ्य शिविर सञ्चालनका मुख्य उद्देश्यहरू:- निवारण फाउण्डेसनले सन्जीवनी परियोजनाको पहिलो चरण अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको मुख्य उद्देश्यहरूमा ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगको पूर्वपहिचान गरी रोकथाम तथा निदानमा सहायता पुर्याउनु, स्वच्छता र स्वस्थ जीवनशैलीबारे समुदायलाई सचेत गराउनु तथा दीगो स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्नु पर्दछन्। स्वास्थ्य शिविरहरूबाट स्थानीय समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने र स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने उद्देश्यले निवारण फाउण्डेसनले समन्वयात्मक रूपमा कार्य अघि बढाइरहेको छ।

    स्वास्थ्य शिविर सञ्चालन योजना:- निवारण फाउण्डेसनले पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस शिविरमार्फत झण्डै ४,५०,००० ग्रामीण नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। स्वास्थ्य शिविरमा नेत्र विशेषज्ञ, नाक/कान/घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, दन्त विशेषज्ञ तथा सर्जनहरू सहितका दक्ष स्वास्थ्यकर्मीहरू परिचालित गरिने छन्।

    स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू :-  स्वास्थ्य शिविरमा विरामीहरूलाई विरामी दर्ता र सामान्य शारीरिक परीक्षण, रक्तचाप, रगत, पिसाब तथा अक्सिजन स्तर परीक्षण, आँखाको दृष्टि परीक्षण, कानको सुन्ने क्षमता परीक्षण, दाँतको परीक्षण, एक्स-रे तथा अन्य उपकरणद्वारा स्वास्थ्य परीक्षण, जटिल अवस्थाको पहिचान र रेफेरल सेवा लगाएत सेवा प्रदान गरिने छ ।

    प्रदेश अनुसार स्वास्थ्य शिविर सञ्चालनको योजना:- निवारण फाउण्डेसनले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी गरी पाँच प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय सरकार रहेका छन्, जहाँ ५४ गाउँपालिका समावेश छन् र ३५ वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखिएको छ। कर्णाली प्रदेशमा ७९ स्थानीय सरकार र ५४ गाउँपालिका रहेका छन्, जहाँ ४१ वटा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। गण्डकी प्रदेशमा ८५ स्थानीय सरकार र ५८ गाउँपालिका रहेका छन्, जसमा ५४ वटा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। बागमती प्रदेशमा ११९ स्थानीय सरकार र ७४ गाउँपालिका रहेका छन्, जहाँ ५९ वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सबैभन्दा बढी स्वास्थ्य शिविर कोशी प्रदेशमा सञ्चालन गरिनेछ, जहाँ १३७ स्थानीय सरकार र ८८ गाउँपालिका रहेको छ र कुल ८६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। निवारण फाउण्डेसनले यी पाँचवटा प्रदेशमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न व्यापक योजना बनाई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ।

    निवारण फाउण्डेसनका साझेदार मोडेल:- निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्यसहित विभिन्न साझेदार मोडेलहरू अपनाएको छ। आर्थिक साझेदारी अन्तर्गत सरकारी, गैरसरकारी, निजी कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट आर्थिक स्रोत संकलन गरी कार्यक्रम सञ्चालन गरिनेछ। सेवाको साझेदारी मा स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा दक्षता राख्ने विशेषज्ञ तथा प्राविधिकहरूको सेवा लिएर कार्यक्रम सञ्चालन गरिनेछ। वस्तु साझेदारी अन्तर्गत स्वास्थ्य सामग्री, शैक्षिक सामग्री तथा निर्माण सामग्रीका लागि सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरिनेछ। निवारण फाउण्डेसनले यी साझेदारी मोडेलहरूमार्फत कार्यक्रमहरूको प्रभावकारिता र स्थायित्व सुनिश्चित गर्न काम गरिरहेको छ।

    निवारण फाउण्डेसनका अन्य प्रमुख परियोजनाहरू:- निवारण फाउण्डेसनले स्वास्थ्य क्षेत्रका अतिरिक्त शिक्षा, बाल कल्याण, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा पनि विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ। विद्या परियोजना (२०२७–२०३३) अन्तर्गत प्रविधिमैत्री शिक्षण प्रणाली, डिजिटल सिकाइ केन्द्र, शिक्षक तालिम तथा स्मार्ट कक्षा स्थापना गर्ने लक्ष्य राखिएको छ। नर्चर परियोजना (२०२८–२०३४) ले बाल कल्याण र संरक्षणमा ध्यान केन्द्रित गर्दै कुपोषण घटाउने, पोषण केन्द्र स्थापना गर्ने र बालबालिकाको समग्र विकास गर्ने योजना बनाएको छ। वातावरण संरक्षणमा केन्द्रित टेरा परियोजना (२०२९–२०३५) ले वन्यजन्तु संरक्षण, दीगो ऊर्जा विकास, फोहर व्यवस्थापन तथा हरियाली प्रवर्धनलाई प्राथमिकता दिएको छ। युनिटी परियोजना (२०३०–२०३८) अन्तर्गत सामुदायिक केन्द्रहरू स्थापना गरी आर्थिक सशक्तिकरण, नेतृत्व विकास तथा सामुदायिक उत्थानका गतिविधिहरू सञ्चालन गरिनेछ। निवारण फाउण्डेसनले यी परियोजनाहरूमार्फत समग्र सामाजिक विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ।

    निवारण फाउण्डेसनका प्रतिनिधिले स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउनका लागि सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायलाई सहकार्य गर्न अपिल गरेका छन्। यस अभियानबाट ग्रामीण भेगका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै दीगो स्वास्थ्य प्रणालीको स्थापना हुने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल

    दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

    पुलाचौरमा पक्की सडक निर्माण सुरु

    निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

    जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

    टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै

    समाचार

    निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल

    दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

    पुलाचौरमा पक्की सडक निर्माण सुरु

    निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑