• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १६ मिनेट अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      २0 मिनेट अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      २२ मिनेट अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      २८ मिनेट अघि

      इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

      ३१ मिनेट अघि

      स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

      ४२ मिनेट अघि

      नयाँ बर्षसँगै काठमाडौँमा वाइफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्ता गरेर उपत्यका जोड्ने तयारी

      ४६ मिनेट अघि

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १ दिन अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १ दिन अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १ दिन अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १ दिन अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १ दिन अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १ दिन अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १ दिन अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १ दिन अघि
    आज: २०८३ बैशाख २, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    भक्तलाल श्रेष्ठका सन्तान–गंगालाल, पुष्पलाल र हामी

  • लाईभ नेपाल
  • २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
  • ५८६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • केही समय अघि विजयलाल श्रेष्ठद्वारा लिखित पुस्तक ‘भक्तलाल श्रेष्ठका सन्तान– गंगालाल, पुष्पलाल र हामी’को राजधानीमा सार्वजनिकीकरण गरियो। यस पुस्तकमा लेखकले आफ्नो थातथलो, जन्मथलो, पुर्खाहरूको संक्षिप्त परिचय, पारिवारिक विवरण, शहीद गंगालाल र उनका भाइ पुष्पलाल तथा नेपालको कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनको समीक्षाका साथै आफ्नै जीवन संघर्षका कुराहरू निकै रोचकताका साथ प्रस्तुत गरेका छन्।

    लेखक विजयलालले आफ्नो पुख्यौली थलो कीर्तिपुरको निकै सूक्ष्म र विस्तृत विवरण प्रस्तुत गरेका छन्। आफ्नो थातथलो कीर्तिपुर भएको र यो ठाउँ निकै समृद्ध भएको भएता पनि पृथ्वीनारायण शाहको नेपाल एकीकरणको थालनीसँगै नेपाल खाल्डो पनि एकीककृत नेपालमा समाहित गर्ने सिलसिलामा कीर्तिपुरमा दुई पटकको आक्रमण गर्दा असफल भएको र तेस्रो पटक सफलता हासिल गरेको गोर्खाली फौज र प्रशासनले कीर्तिपुरवासीलाई एक प्रकारको बदला साँधेर निकै दुख–कष्ट दिएको भन्दै त्यहाँका धेरै सम्भ्रान्त र विवेकशील जनता आफ्नो जन्मस्थल छोडेर नेपालका विभिन्न ठाउँमा बसोवास गर्न गएका थिए। यसै क्रममा भक्तलालका पुर्खाहरू पश्चिम नेपालमा गएर जीवनयापन गर्न थालेका रहेछन्।

    यस पुस्तकको अग्राङ्शमा विजयलाल श्रेष्ठले भक्तलालको असाधारण व्यक्तित्व र जागिरको सिलसिलामा लामो समय मुलुकका विभिन्न जिल्लाहरूमा रहि काम गरेको अनुभव बारे उल्लेख गरेका छन्। यसरी मुलुकका विभिन्न स्थानमा कामको सिलसिलामा रहँदा जन्मेका सन्तानहरू र उनको लालनपालन बारे निकै रोचक तवरले यो पुस्तकमा बयान गरिएको छ।

    भक्तलालकी प्रथम पत्नी तुलसीमायाको कोखबाट गंगालाल, हिरण्यकुमारी, पुष्पलाल, गौरीलाल, देवीलाल, पुष्पलता, विजयलाल र नानीचाको जन्म भएको थियो। तुलसीमायाको निधन पछि भक्तलालले भक्तपुरकी पूर्णमायासँग विवाह गरेर उमा, जवाहरलाल, तोरणलाल, रमा, समा, ललितलाल, धान्तुरी नानी र वसन्तलालको जन्म भएको थियो।

    भारतका नेता जवाहरलाल नेहरुबाट प्रभावित भक्तलालले आफ्ना एकजना छोराको नाम जवाहरलाल राखेका थिए भने महात्मा गान्धीसँगको स्नेहले गर्दा घरमा चर्खा पनि किनेर राखेका थिए। उनका अधिकांश सन्तान राणाशासकहरूको अत्याचारको विरोधमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न थिए।

    रामेछापको भंगेरीमा र सिन्धुपाल्चोकको चौतारामा क्रमशः राजश्व र मालपोतका खरिदार अधिकृतको रूपमा खटिँदा गंगालाल र पुष्पलाल जस्ता महान् हस्तीको जन्म भएको थियो। शहीद गंगालाल पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट वि.सं. १९७५ चैत्र ३ गते रामेछापको भंगेरीमा जन्मेका हुन्। उनका भाइ पुष्पलालको जन्म पनि उतै भएको हो। प्रारम्भिक शिक्षा राम्रो पाएकी माता तुलसीमायाले आफ्ना घरगृहस्थी बाहेक बालबच्चाहरूको शिक्षामा पनि मद्दत गर्थिन्। उनी वङ्गाली भाषा पनि बोल्न जान्दथिन्।

    त्यतिबेला भक्तलाल राजश्वका खरिदारको रूपमा रामेछापमा कार्यरत थिए। पछि चौतारामा सरुवा भएका थिए। भक्तलाल चौतारामा छँदा वि.सं. १९९१ मा यस पुस्तकका लेखक विजयलालको जन्म उतै भएको हो। चार अध्यायमा विभक्त यस पुस्तकको प्रथम अध्यायमा भक्तलाल श्रेष्ठ र उनका पुर्खाहरू बारेको रोचक विवरण उल्लेख छ। त्यतिबेलाको परिवेश तथा संस्कार र संस्कृतिको समेत ज्ञान हुने गरी लेखिएको यो अध्याय निकै रोचक र पठनयोग्य छ।

    त्यस्तै दोस्रो अध्यायमा शहीद गंगालाल बारेका तथ्यहरू उल्लेखित छन्। उनको जन्म, शिक्षा तथा राणाहरूद्वारा गंगालाल लगायत नेपाल प्रजापरिषद्सँग सम्बद्ध व्यक्तिहरूको धरपकड गरेको र चार जनालाई मृत्युदण्ड सुनाएर कार्यान्वयन गरेका कुरा पनि यस पुस्तकमा विजयलाल श्रेष्ठले उल्लेख गरेका छन्। वि.सं. १९९५ साल मङ्सिर १३ गते नागरिक अधिकार समितिले एक कोणसभाको आयोजना गरेको थियो र सो समितिका अध्यक्ष शुक्रराज शास्त्रीको दमदार भाषण पछि २० वर्षे ठिटा गंगालालले निर्भिक रूपमा मुलुकको दुरावस्था बारे खुलेर आलोचना गरेका थिए।

    उनले चौताराको मालपोत अड्डामा कार्यरत पितालाई त्यस्तै बेलातिर लेखेको एक पत्रमा आफूले जताततै कोलाहलको ज्वाला देखिरहेको र त्यसैबाट जलिरहेको तथा अब त्यो आगो निभाउन नसकिने भएकोले मातृभूमि प्रतिको कर्तव्य वहन गर्ने क्रममा वलिदान दिन परे पनि पिताजीले चिन्ता नगर्न र आफ्ना अन्य सन्तानहरू हेरेर चित्त बुझाउन आग्रह गरेका थिए।

    पुष्पलालमा समर्पित तेस्रो अध्यायमा गंगालालको मृत्युदण्ड कार्यान्वयन पश्चात् दाहसंस्कार गर्ने बेलामा अन्तिम श्रद्धाञ्जली दिँदै माहिला भाइ पुष्पलालले आफ्ना दाजुले शुरु गरेको काम सकेरै छोड्ने प्रण गरेर राजनीतिमा होमिएको कुरा उल्लेख छ। गंगालालको शहादतको अघिल्लो दिन केन्द्रीय कारागार अगाडिको जगन्नाथ देवलमा उनलाई अन्तिम पटक परिवारजनले भेट्न जाँदा उनले पुष्पलाललाई आफूलाई मृत्युदण्ड दिइए तापनि मुक्ति अभियान भने निरन्तर जारी राख्न आग्रह गरेका थिए।

    सबै परिवारजन आफ्ना अति प्रिय छोरा तथा दाजु गंगालाललाई अनाहक गुमाउनु पर्ने पीडाले छट्पटिइ रहेको त्यो असहज परिस्थितिमा पनि गंगालाल भने गीताका श्लोक सुनाउँदै आफ्ना पिता तथा सबै परिवारजनलाई सान्त्वना दिँदै थिए। आफ्ना निर्दोश दाजुको शहादतबाट बिचलित भएका पुष्पलालले २००४ सालमा काठमाडौँमा आयोजित राणाविरोधी आन्दोलनको नेतृत्व गरेका थिए। उनकै शत्प्रयासमा आखिर विं.सं. २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।

    पुष्पलाल नेपालका कम्युनिष्ट आन्दोलनका पिता हुनुका साथै उनले महत्वपूर्ण कम्युनिष्ट दस्तावेज ‘कम्युनिष्ट मेनिफेस्टो’लाई नेपालीमा उल्था गरेका थिए। तर पनि पछिल्ला दिनमा उनी पार्टी राजनीतिको शिकार बन्दै गए र राजा महेन्द्रको सिधा शासन शुरु भए पछि भारतमा निर्वासित जीवन बिताउन बाध्य भए। अल्पायुमा नै देहत्याग गरेका पुष्पलालले बाँचुञ्जेल आफ्ना नजिकका कम्युनिष्ट दौँतरीबाट पनि टाढिनु पर्ने वातावरण बन्यो भने पछि उनकै नाम भजाएर कम्युनिष्टहरूले विशाल दलहरू बनाएर नेपालमा प्रजातन्त्रको अधिकतर समय शासन गर्न पाएका छन्।

    मेरा पिताजीका अनन्य मित्र पुष्पलाल पनि पिता भक्तलाल जस्तै खानपानका सौखिन थिए। मेरा पिताजीले उनीसँग बचपनमा र पार्टी स्थापना र विस्तारका वखत बिताएका पलहरू तथा उनी वाराणसीमा निर्वासित जीवन बिताउँदा भेटेका पलहरू बारेका कुरा हामीलाई सुनाइ रहनुहुन्थ्यो। त्यस्तै पुष्पलालले साहना प्रधानसँग बालाजु निरको म्हेपीको मन्दिरमा बिहे गर्दा आफू पनि साक्षी रहेको रोचक तथ्य पनि पिताजीबाट सुनेको थिएँ।

    विजयलालले आफ्नो पुस्तकमा पिता भक्तलालको उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा पुर्‍याएको तर भूमिगत भएर भारतमा बसिरहेका माहिला दाजु पुष्पलाल आफ्ना पिताको जीवनको अन्तिम समयमा दिल्ली पुगेकै दिन उनले भेट्न नपाई नै पिताको निधन भएको तथा दिल्लीको निगमबोध घाटमा पिताको दाहसंस्कारको आधाआधीमा पुष्पलाल आइपुगेर विलाप गरेको दुखद क्षणको वर्णन अति नै कारुणिक तवरले गरेका छन्।

    वाल्यकालमा दाजु पुष्पलालको प्रेरणाले राजनीतिमा होमिएका विजयलाल आफ्ना जेठा दाजु गंगालालले शहादत प्राप्त गर्दा सानै थिए तर पनि उनलाई त्यो विकराल क्षणको झझल्को अझै पनि आइरहन्छ। मृत्युदण्डको अन्तिम रात छोरालाई भेट्न भक्तलाल कारागारमा जाँदा गंगालालले उल्टै आफ्ना पितालाई सान्त्वना दिएका थिए। मात्र २२ वर्षका कलिला गंगालालले आफ्नो मृत्यु पछि कुनै चिन्ता नलिन आफ्ना पितालाई सम्झाएका थिए।

    काठमाडौँको शोभाभगवतीको मन्दिरसँगैको विष्णुमतीको किनारामा अर्का शहीद दशरथ चन्दसँगै गोली हानेर मारिएका शहीद गंगालाल र दशरथ चन्दको शव बुझ्न र दाहसंस्कार गर्न पनि त्यतिबेला कसैले आँट गरेको थिएन। दुख–सुख सबै अवसरमा उपस्थित भएर मद्दत गर्ने नेवार समुदायको गुठी राणाहरूको भयले सो वियोगको बेलामा पनि आएन। अधिकांश शुभचिन्तक वा नजिकका परिवारजनले समेत उपस्थित हुने जमर्को गरेनन्, सिवाय केही परिवारजन र शुभचिन्तक।

    कलिलै उमेरमा शहादत प्राप्त गरेका गंगालालकी सुत्केरी पत्नी हसिनादेवी पनि ससुरा भक्तलाल र देवर पुष्पलालको साथमा पतिलाई अन्तिम श्रद्धाञ्जली दिन शोभाभगवतीमा पुगेकी थिइन्। छोराको शहादतसँगै सरकारी जागिर खोसिएका र सर्वश्व हरणमा परेका भक्तलाल श्रेष्ठले सम्पूर्ण पिडा र वेदनालाई दवाएर मनलाई कठोर बनाइ आफ्ना छोरा गंगालालका भाइबहिनाको लालनपालनमा कुनै कसर बाँकी राखेनन्।

    जेठा दाजु गंगालालको शहादत पछि उनका सबै भाइबहिना र परिवारका अन्य सदस्यमा पनि देशको निम्ति बलिदानसम्म नै दिने जोश सञ्चार भएको थियो। भक्तलालमा अनेक प्रकारका शीपको ज्ञान र अथक जाँगर भएकोले उनले जीवनमा विभिन्न प्रकारका ठूलासाना इलम गरेर आफ्ना सन्ततीलाई पाले र सबैलाई कर्म गरेर खाने संस्कार सिकाए।

    त्यसैले राणाशासकहरूले सर्वश्व हरण गरेर सम्पत्तीको नाममा केही नछोडेको भए पनि उनका सबै सन्तान आज आफ्नै मेहनत र पौरखले समृद्ध जीवन बिताउन सक्ने भएका छन्। पिता भक्तलालले बारम्बार भन्ने गरेको ‘नृप स्वदेश पूज्यते, विद्वान सर्वत्र पूज्यते’ तथा दाजु पुष्पलालको वाणी ‘करेक्सन इज नेभर लेट’बाट निकै प्रभावित विजयलालले आफ्नो जीवनमा भोगेका राजनीतिक, पेशागत र पारिवारिक क्षणहरू बारे यस पुस्तकको अन्तिम अङ्शमा उल्लेख गरेका छन्।

    यो पुस्तक नेपालको आधुनिक इतिहासमा चाख राख्ने मानिसहरूको निम्ति एक महत्वपूर्ण दस्तावेजको रूपमा सङ्ग्रह गरेर राख्न योग्य छ। नेपालका एक अति साहसी तथा शिक्षित र कलिलो युवावस्थामा नै शहादत पाएका वीर गंगालाल र उनीबाटै प्रोत्साहन पाएर नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेता पुष्पलालका सहोदर भाइद्वारा लिखित पुस्तक भएकोले यो पुस्तकको वैधता र महत्वलाई कम आँक्न सकिँदैन।

    आफूले पनि जीवनमा निकै संघर्ष गरेकोले एक विद्वान प्रशासक र विश्व स्वास्थ्य संगठनको जागीरमा देशविदेशमा काम गर्ने लामो अनुभव बटुलेका विजयलालको संस्मरणात्मक यो कृति निकै रोचक छ। पिता भक्तलाल र दाजुहरू गंगालाल र पुष्पलाल जस्तै इमानदार र हक्की स्वभावका वयोवृद्ध विजयलाल श्रेष्ठले यस पुस्तकको सार्वजनिकीकरण समारोहमा पुस्तकको ऐतिहासिक महत्व बारे गहिराइमा प्रकाश पारेका थिए।

    त्यस्तै राणाशासनको अन्त र त्यसपछिको समयसँग परिचित व्यक्तित्वहरू डा. गौरीशंकर लाल दास र अरविन्दनाथ रिमालका सारगर्भित अभिव्यक्तिले पनि यो पुस्तकको महत्व बढाएको छ। त्यस्तै यस पुस्तकको शिर्ष भागमा प्रा.डा. त्रिरत्न मानन्धर र प्रा.डा. जयराज आचार्यले मन्तव्य लेख्दै पुस्तकको महत्व बारे प्रकाश पार्नुले पनि यो एक संग्रहणीय पुस्तक रहेको तथ्यलाई उजागर गर्दछ।

    सार्वजनिकीकरण समारोहमा उपस्थित विजयलालका नातेदार तथा समकक्षी विद्वान व्यक्तित्व हिरण्यलाल श्रेष्ठले पनि यस पंक्तिकारलाई सो पुस्तकले पुराना ऐतिहासिक घटनालाई ताजगी दिएको कुरा बताएका थिए। यस पंक्तिकारको व्यक्तिगत विचारमा पनि यो पुस्तक अति नै पठनीय र सङ्ग्रहणीय भएको र एक पटक अध्ययन गर्नै पर्ने नेपालको आधुनिक इतिहासको एक रोचक दस्तावेज हो।

    – लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

    सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

    देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

    नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

    इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

    स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

    समाचार

    २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

    सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

    देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

    नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑