• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      ५ घण्टा अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      ६ घण्टा अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      ६ घण्टा अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      ६ घण्टा अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      ७ घण्टा अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      ७ घण्टा अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      ७ घण्टा अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      ७ घण्टा अघि

      बीमा सर्भेयरसम्बन्धी नयाँ निर्देशन र आचारसंहितामा के छ व्यवस्था ?

      ७ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ११ घण्टा अघि

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १ दिन अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १ दिन अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १ दिन अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १ दिन अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    ९ महिनामा साढे ३ अर्ब बढीको चिया निर्यात, घटेन आयात

  • लाईभ नेपाल
  • २०८२ बैशाख १६, मंगलबार (१ साल अघि)
  • १००४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ३ अर्ब ६३ करोड रुपैयाँको चिया निर्यात गरेको छ । नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार नेपालले उक्त रकम बराबरको १ करोड ६५ लाख किलो चिया निर्यात गरेको हो ।

    २९औं चिया दिवसका अवसरमा बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आव अन्तिमसम्म ४ अर्ब ५० करोड रुपैयाँको निर्यात हुने अनुमान छ । सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएकाले चिया निर्यात बढ्ने अनुमान रहेको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले बताए । यसो त चैत मसान्तसम्म नेपालले ५ करोड ६२ लाख अर्थात् ७१ हजार किलो चिया आयात गरिसकेको छ ।

    पछिल्लो समय नेपालमा चिया संस्कृति धेरै बढेकाले चिया आयात र खपत पनि बढेको बोर्डका अनुमान छ । नेपालले चिया उत्पादन र निर्यात बिस्तारै बढाउँदै जाँदा आयात भने खासै घटाउन नसकेको तथ्यांकमा देखिन्छ । बोर्डले अनुमान गरेको यो वर्षको चिया निर्यात अनुमान ४ अर्ब ५० करोड पुग्ने हो भने ५ वर्षयताकै उच्च हुने देखिन्छ । आव २०७५/७६ देखि हालसम्मको उच्च निर्यात २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख बराबर छ ।

    त्यस्तै २०७५/७६ मा १ करोड ५० लाख ४३ हजार ७ सय ९६ किलो अर्थात् ३ अर्ब २० करोड ३९ लाख रुपैयाँको निर्यात भएको थियो । उक्त अवधिमा २ करोड ५२ लाख ५ हजार किलो उत्पादन भएको थियो भने नेपालमा ११ करोड ७७ लाख अर्थात् ३ लाख ४३ हजार किलो आयात भएको थियो ।

    यस्तै २०७६/७७ मा २ करोड ४१ लाख १८ हजार किलो उत्पादन भएको मध्ये १ करोड ११ लाख ८५ हजार किलो निर्यात भएको थियो । उक्त वर्ष २ अर्ब ७८ करोड २८ लाखको निर्यात भएको थियो ।

    यसैगरी ७ करोड ७३ लाख ९७ हजार अर्थात् २ लाख १८ हजार किलो आयात गरेको थियो । २०७७/७८ मा २ करोड ३७ लाख ४५ हजार किलो उत्पादन भएकोमा १ करोड १९ लाख २९ हजार किलो अर्थात् ३ अर्ब ७९ करोड ७१ लाखको निर्यात भएको थियो । सोही वर्ष आयात १५ करोड १३ लाखको अर्थात् ३ लाख ७६ हजार किलो भएको थियो ।

    आव २०७८/७९ मा १ करोड २४ लाख ९४ हजार किलो निर्यात भएको थियो । जुन ३ अर्ब ४३ करोड ४३ लाख बराबर थियो । सोही वर्ष आयात पनि घटेको देखिन्छ । उक्त वर्षमा ८ करोड ३६ लाख ४५ हजार अर्थात् २ लाख ७ हजार किलो मात्रै आयात भएको देखिन्छ ।

    सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएकाले चिया निर्यात बढ्ने अनुमान रहेको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले बताए । यसो त चैत मसान्तसम्म नेपालले ५ करोड ६२ लाख अर्थात् ७१ हजार किलो चिया आयात गरिसकेको छ ।
    बोर्डका अनुसार २०७९/८० मा नेपालले पछिल्लो ५ वर्षयताकै धेरै चिया निर्यात गरेको छ । उक्त आवमा १ करोड ६५ लाख ९४ हजार किलो निर्यात गरेको थियो, जुन ३ अर्ब ९३ करोड ७२ लाखको हो । उक्त वर्ष २ करोड ६४ लाख १ हजार किलो चिया उत्पादन भएको थियो ।

    चिया निर्यात राम्रो भए पनि सोही वर्ष आयात पनि अघिल्लो वर्षभन्दा बढी देखिएको छ । उक्त आवमा १२ करोड ९१ लाख अर्थात् २ लाख ७७ हजार किलो चिया आयात भएको थियो ।

    आव २०८०/८१ मा १ करोड ३९ लाख १६ हजार किलो अर्थात् ३ अर्ब ६२ करोड २५ लाखको चिया निर्यात भएको थियो । सोही वर्ष ३ करोड ७८ लाख रुपैयाँको ४४ हजार किलो चिया आयात भएको छ । गत आव २ करोड ६९ लाख ८३ हजार किलो चिया उत्पादन भएको हो ।

    चालु आव चैत मसान्तसम्म नेपालले १ करोड ३० लाख २३ हजार किलो अर्थात् ३ अर्ब ५७ करोड ३० लाख रुपैयाँको चिया निर्यात गरिसकेको छ । जुन अघिल्ला आवको झन्डै एक वर्षको निर्यात हो ।

    सोही कारण नेपालले पछिल्लो ५ वर्षयताकै उच्च निर्यात गर्ने बोर्डले अनुमान गरेको हो । चैत मसान्तसम्म नेपालले ५ करोड ६२ लाखको अर्थात् ७१ हजार किलो आयात गरिसकेको छ ।

    पछिल्लो समय नेपालमा चिया संस्कृति धेरै बढेकाले चिया आयात र खपत पनि बढेको बोर्डको अनुमान छ ।
    बोर्डको तथ्यांक अनुसार नेपालमा कुल २० हजार ७ सय ६० हेक्टर जमिनमा चिया खेती भएको छ । चालु आव वैशाख पहिलो सातासम्म २ करोड ७० लाख किलो तयारी चिया उत्पादन भएको छ ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको दाबी गरेका छन् । बोर्डका अनुसार नेपालमा १५ हजार २ सय ३ चिया कृषक, १ सय ७१ टि–इस्टेट र साना तथा मझौला गरी १ सय २० चिया प्रशोधन केन्द्रमार्फत करिब ६० हजार रोजगारी सिर्जना गरेको छ ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको दाबी गरेका छन् । मन्त्री अधिकारीले विभिन्न चुनौतीबीच नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रूपमा रहेको बताए ।

     

    ‘यो चिया कृषक, मजदुर, उद्योगी, व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको हो,’ चिया दिवसका अवसरमा उनले भने, ‘मुलुकको व्यापार घाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन, भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ ।’

    २०७९/८० मा नेपालले पछिल्लो ५ वर्षयताकै धेरै चिया निर्यात गरेको छ । उक्त आवमा १ करोड ६५ लाख ९४ हजार किलो निर्यात गरेको थियो, जुन ३ अर्ब ९३ करोड ७२ लाखको हो ।
    बजारीकरणका लागि नेपाली चियाले अझै चुनौती सामना गर्नुपरिरहेको सुनिएको उनको तर्क छ । उनले चुनौती समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनासाथ अघि बढ्नुपर्ने बताए ।

    मन्त्री अधिकारीले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको चिया तथा कफी विकास बोर्डलाई स्रोत साधन सम्पन्न बनाइ, नीतिगत समस्या फुकाउन मन्त्रालय तयार रहेको बताए ।

    आगामी आव चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आकर्षित गर्ने गरी कार्यक्रम ल्याइने मन्त्री अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

    समाचार

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑