• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १८ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १८ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १८ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १८ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      १९ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      १९ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      १९ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      १९ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      १९ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      १९ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      १९ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ६, मंगलबार (१ साल अघि)
  • १०३८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । जुनकिरी तामाङलाई निरन्तर छाती पोल्ने समस्या भयो । नुवाकोट, तादी गाउँपालिका गणेशस्थान निवासी जुनकिरीले छाती पोल्ने समस्या ग्याष्टिकले होला, पानी कम भयो होला भन्दै पानी धेरै खाने, ग्याष्टिकको औषधि मेडिकलमा किनेर खाने गरिन् ।

    छातीको पोलाई निरन्तर बढेपछि राती सुत्न समेत नसक्ने अवस्थामा पुगिन् । गाउँघरमा विरामी हुदा छिटो अस्पताल जाने संस्कार छैन, उनले पनि यो, भयो, त्यो भयो भन्दै धामी झाँक्री र चर्चमा समेत गइन् ।

    उनकी ठूली छोरी कामना तामाङको आग्रहमा राजधानीको शिक्षण अस्पतालमा जाँच गराउँदा उनीलाई फोक्सो,पित्तथैलीलगायतमा समेत क्यान्सर फैलिएको रिपोर्ट आयो । कामनाका अनुसार डाक्टरले रिपोर्ट हेरेर आमालाई चौथो स्टेजको क्यान्सर भएको दुखद खबर सुनाउँदा परिवारका सदस्य स्तब्ध भयौं ।

    उनले डाक्टरले विरामीलाई मन लागेको खान दिन, विरामीको हौसलाका लागि क्यान्सरको खबर नसुनाउनु भन्दा टेकेको जमिन भासिएको अनुभव भयो भन्दै आफ्नो अनुभव सुनाइन्।

    कामनाले भनिन् “मेरी आमा जुनकिरीले सानै उमेरदेखि चुरोट र नपाए तमाखुँ(गाउँघरमा प्रचलित धुम्रपान) समेत खान्थिन् । धुम्रपानकै कारण उनलाई ४५ वर्षको उमेरमा क्यान्सर भयो, त्यो पनि उपचार नहुने अवस्थामा मात्र रोग पत्ता लाग्यो, चारजना छोराछारी छौं, सामान्य खेतीपाती र बुबाले काम गरेको भरमा निर्वाह चलिहरेको बेला आमालाई अन्तिम अवस्थाको क्यान्सरको खबरले कसरी उपचार गर्ने भन्ने पीर र उनलाई गुमाउने डरले परिवारमा रुवाबासी भयो ।”

    उनले डाक्टरले त अन्तिम स्टेजको क्यान्सर देखिएपछि दुखाई कम गर्ने औषधी चलाउने मात्र सल्लाह दिएको थियो तर सास छउन्जेल आस भन्ने सोचले परिवारको सल्लाहमा आमाको सल्यक्रिया गरियो तर १० लाख रुपियाँको खर्चमा ८ महिनाको उपचारपछि आमाले संसार छोडेको पीडा सुनाइन् ।

    जुनकिरीका श्रीमान तारालाल तामाङले भनिन्,“ श्रीमतीको उपचारका लागि गाउँभरीका दाजुभाई, आफन्तसँग सापटी मागेर ८ महिनासम्मको उपचारपछि पनि उनलाई बचाउन सकिएन, निम्न वर्गका लागि क्यान्सर रोग असाध्यै महँगो रहेछ, भन्दै यो रोग लाग्नै नदिन सरकारले नै कडा नियम ल्याउन र सुर्ति, मध्यपानलगायतका पदार्थ सेवनमा कडाई गरे अल्पायुमै ज्यान गुमाउनु पर्र्दैनथ्यो ।”

    उनले हामीलाई खानुहुन्न भन्ने नै थाह छैन, सानै उमेरमा साथीभाई, परिवारकै सदस्यले खाएको देखेर, चुरोट, विडी, तमाखु, मद्यपान पनि गर्ने काम परम्पराकै रुपमा चल्दै आएका छन् भन्दै धुम्रपानको असरले क्यान्सर भएपछि पैसा नै खर्च गरे नि ज्यान बाँचेन, मेरी श्रीमतीले चार सन्तान र मलाई ४५ वर्षकै उमेरमा छोडेर गईन् ।

    जुनकिरीका श्रीमानले भने चुरोट, खैनीलगायतका बट्टामा डरलाग्दा चित्र देखेपछि खान छोडेको बताउछिन् ।
    अध्ययन अनुसार सुर्तीजन्य पदार्थको सेवनले हुने क्यान्सर रोगको पहिचान र उपचारमा प्रति व्यक्ति खर्च करिव नौ लाख ८१ हजार ३७० हुने देखिएको छ भने १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्ति सुर्तीजन्य पदार्थबाट लाग्ने रोगबाट बढि प्रभावित छन् ।

    सूर्यविनायक नगर अस्पतालका संयोजक डा.मनिशा कार्कीले सूर्तिजन्य पदार्थको सेवनले सबै मानिसको स्वास्थ्यमा गम्भिर असर पार्छ तर महिला, किशोरीको भने प्रजनन् क्षमतामा समेत असर पर्ने जानकारी दिइन् ।
    उनले सूर्तिजन्य पदार्थको सेवनले महिला, किशोरीहरु गर्भवती नहुने र गर्भमा बच्चा रहेपनि खेर जाने समस्या बढि हुने बताइन् । साथै जन्मिहाले पनि दम रोग र कुनै न कुनै किसिमका अपाङ्गताका साथ जन्मिने जानकारी दिइन् । हाल धेरै युवाहरु मनोरञ्जनका लागि भेप९इसिगरेट० र हुक्कातर्फ आकर्षित हुनु पनि राज्यका लागि सङ्कटको अवस्था हो, भनिन् ।

    डा.कार्कीले धुम्रपान र मद्यपानमा सजिलै पहुँच पुग्दा मानिसहरुले आफ्नै स्वास्थ्यमा खेलवाड गर्दै समस्या हुन्छ भन्ने जानकारी भएरै पनि सेवनकर्ताको सङ्ख्या बढिरहेको बताउँदै राज्यले सूर्तिजन्य पदार्थमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डअनुसार कर वृद्धि गर्दै चुरोट, खैनीलगायतको बट्टामा प्लेन प्याकेजको अवधारणा लागु गर्दै त्यसको प्रयोगले हुन सक्ने समस्याको तस्वीर सतप्रतिसत पुर्‍याउनुपर्ने सुझाव दिइन् ।

    हाल नेपालमा सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्रै कर लगाइएको छ भने विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३२ प्रतिशतभन्दा बढी जनसङ्ख्याले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको र सूतिजन्य पदार्थको सेवनका कारण लाग्ने रोगका कारण वार्षिक साढे ३७ हजार भन्दा बढिले ज्यान गुमाइरहेका छन् भने यो सङ्ख्या बढ्दै जाने प्रक्षेपण गरेको छ ।

    सुर्तीजन्य पदार्थको सेवनले विभिन्न किसिमका नसर्ने रोगहरू फोक्सो, घाँटीको क्यान्सर, श्वासप्रश्वास, मुख, ओठ, मिर्गौला, अन्ननलीलगायतका शरीरका २० भन्दा बढि अङ्ग–प्रत्यङ्मा क्यान्सर हुने अध्ययनले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑