• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १८ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १८ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १८ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १८ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      १९ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      १९ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      १९ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      १९ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      १९ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      १९ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      १९ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ६, मंगलबार (१ साल अघि)
  • १९३४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • जेष्ठ ६, काठमाडौं । नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले आज नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीसँग भएको छलफलका क्रममा सरकारलाई सहमतिबाट पछि नहट्न आग्रह गरेका हुन्।

    ‘शिक्षकका माग सम्बोधनका लागि नेपाल शिक्षक महासंघसँग सरकारले पटक-पटक गरेका सम्झौता कार्यान्वयन हुनुपर्छ। यसका साथै, संविधानमै व्यवस्था भएको गुणस्तरियता सहित नि:शुल्क शिक्षाको प्रवन्ध कार्यान्वयन कसरी गर्ने, थ्री पीको अवधारणा अनुसार निजी लगानी संरक्षण कसरी गर्ने भन्ने विषयलाई विधेयकमार्फत ल्याउनुपर्छ,’ उनले भने।

    शिक्षकहरूको एक महिने आन्दोलनको मर्म अनुसार सरकारले वैशाख १७ गते गरेको सहमति कार्यान्वयन गर्नु पर्नेमा महरको जोड थियो।

    ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले समितिमा पेश गरेको प्रतिवेदन सरकारले आफूहरूसँग गरेको सहमति विपरित आएको शिक्षक महासंघले जनाउँदै आएको छ। यसको सत्यता के हो? शिक्षा विधेयकमा शिक्षक महासंघसँग भएको सहमतिका प्रावधान राख्नुपर्छ। विधेयकमा शिक्षकहरूलाई गुणस्तरीय शिक्षाका प्रति थप जवाफ देही बनाउनुपर्छ। राज्यले शिक्षकहरूको सेवासुविधामा दिल खोलेर सहयोग गर्नुपर्छ र उहाँहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कन्ज्यूस्याइ गर्नु हुँदैन भन्नेमा कांग्रेस स्पष्ट छ,’ नेता महरले भने।

    शिक्षकलाई निश्चिन्त भएर परिवार पाल्न सक्ने र जीवनयापन गर्न सक्ने सेवासुविधा नदिएमा उनीहरूले चिन्ता बोकेर गुणस्तरीय शिक्षा दिन नसक्ने मानवीय मर्मलाई समेत बुझ्न उनले सरकारसँग आग्रह गरेका छन्। शिक्षकले आधारभूत कुरा पूर्तिका लागि पनि चिन्ताले थिचिनुपर्ने अवस्था भएमा गुणस्तरीय शिक्षा दिन नसक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने उनको धारणा छ।

    उता शिक्षक महासंघले सरकार आफूहरूका मागप्रति अनुदार रहेको आरोप लगाउँदै आएको छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उपसमितिको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो आरोप लगाएका छन्।

    शिक्षकहरूले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने सरकारको प्रतिवद्धता अनुरुप १७ वैशाखमा २९औं दिनमा आन्दोलन स्थगित गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

    शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

    राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

    भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑