• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      २१ घण्टा अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      २२ घण्टा अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      २२ घण्टा अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      २२ घण्टा अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      ५ दिन अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      ५ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      ५ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      ५ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      ५ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      ५ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      ५ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  बैंक/वित्त

    एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

  • लाईभ नेपाल
  • २०८२ श्रावण २, शुक्रबार (१0 महिना अघि)
  • ११०९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपालका व्यवसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले
    नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार राजधानीमा बृहत छलफलको आयोजना गरेर सो बैंकविरुद्धको आन्दोलनको घोषणा गरेको हो ।

    मुल्यांकन पेशामा देखिएका समस्या,चुनौती र समाधानका विषयमा बुधबार आयोजित बृहत छलफल कार्यक्रमले एनभिएका उपाध्यक्ष ई. दिनेश कुमार पाठकलाई आन्दोलनको संयोजक तोकेको छ । आगामी साउन २ गते बस्ने कार्यसमितिको बैठकले आन्दोेलनका थप चरणहरु घोषणा गर्ने र आन्दोलनलाई अगाडी बढाउन ई. पाठकलाई जिम्मेवारी दिने समेत आजको छलफलले निर्णय गरेको छ ।

    विभिन्न बैंक वित्तिय संस्थाहरुले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दुख दिइरहेको अवस्थामा पछिल्लो समय एनआइएमबी बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरुले आन्दोलनको घोषणा गर्नु परेको एनभिएले जनाएको छ ।

    एनभिएले अहिलेको विषम परिस्थितिमा जग्गाको मुल्य घटेको थाहा हुँदाहुँदै पनि मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दबाब दिएको, एनभिएले लागु गरेको नीति कार्यान्वयनमा कुनै हालतमा पनि कार्यान्वयन नगर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको, एनभिएले लिने गरेको फि कै कारणले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई भेदभाव गरेको जस्ता कारणले गर्दा सो बैंक बिरुद्ध आन्दोलन गर्न बाध्य भएको समेत जनाएको छ ।

    एनआइएमबी बैंक बिरुद्धको आन्दोलनको विषय सतहमा आउनु अघि एनभिएका उपाध्यक्ष प्रज्ञान घिमिरेको संयोजकत्वमा आइटी टिमले मुल्यांकनकर्ता इन्जिनियरहरुमाथि सर्वेक्षण गरेको थियो । ‘कुन बैंकहरुले बढी हैरानी दिइरहेको छ, कुन बैंक बिरुद्ध एनभिएले कदम अगाडी बढाउनु पर्ने हो ?’ भनेर मुल्यांकन कर्ता इन्जिनियरहरुसँग प्रश्न सामाजिक सञ्जाल ह्वाट्सप÷भाइरबमार्फत सोधेको थियो । सो प्रश्नको जवाफमा बहुमत सदस्यहरुले एनआईएमबी बैंक नै रोजेका कारण पनि सो बैंक विरुद्ध उत्रिन परेको एनभिएले जनाएको छ ।

    मुल्यांकन पेशामा देखिएका समस्या,चुनौती र समाधानका विषयमा बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका केन्द्रीय अध्यक्ष ई.संजयकुमार महतोले आज बुधबार सम्पन्न कार्यक्रमको नाम नै ‘बैंकहरुले दिएको पीडा र अबको रणनीति’ राख्न मन लागेको बताए । यस अघि पनि एनआईएमबी बैंकले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दबाब दिदैं आएको अनुभव सुनाउँदै भने, “म यस अघि उपाध्यक्ष हुँदा बैंक वित्तिय संस्थाको काम कारबाही हेर्ने कमिटिको संयोजक थिये र त्यतिबेला पनि बैंकले ललाइफकाइ गर्ने लगायतका काम गरेर भुलायो । तत्कालिन समयमा एनआइएमबी बैंक बिरुद्ध पहिलो चरणको आन्दोलन गरि सकिएको हो । यो कार्यसमिति आइसकेपछि पनि सो बैंकले फकाउने र झुलाउने मात्रै काम गरिराख्यो, आजको सर्वेक्षणको नतिजाले पनि उक्त बैंकलाई नै सच्चाउनु पर्ने देखियो । सो बैंक बिरुद्धको आन्दोलनमा जान बहुसंख्यक सदस्यहरुको समर्थन देखियो ।”

    अध्यक्ष महतोले प्रदेश र च्याप्टरहरुसँग सल्लाह गरेर र कार्यसमितिले निर्णय गरेर आान्दोलनका संयोजक पाठकलाई चाडै नै थप जिम्मेवारीसहित कार्य अघि बढाउन अनुमति दिने जानकारी दिए । उनका अनुसार संयोजक पाठकको नेतृत्वमा सशक्तरुपमा र भ्यालुयर्स इन्जिनियरहरुलाई न्याय हुने तरिकाले आन्दोलन सफल हुने मुल्यांकनकर्ताहरुलाई विश्वस्त हुन आग्रह गरे ।

    उक्त कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष ई. ऋषि कोइरालाले आफ्नो कार्यकालमा सो काम गर्न नसकेपनि नयाँ कमिटिले गर्न लागेको उक्त काममा आफ्नो पुर्णरुपमा साथ र समर्थन रहेको बताए । कोइरालाले पहिला ८० जना इन्जिनियर हुँदा पनि नविल बैंक र कुमारी बैंक विरुद्धको आन्दोलन सफल बनाइसकेको उदाहरण प्रस्तुत गरे । हाल ३ हजार भन्दा बढी इन्जिनियरहरु भएकोले यो कमिटीलाई अझ सजिलो हुने उनको भनाइ थियो ।

    त्यसैगरी, एनभिएका सल्लाहकार ई. लक्ष्मणबाबु सेढाइले आन्दोलनका विभिन्न प्रकार हुने र तिनै प्रकार मध्ये सो बैंक बिरुद्ध चरणबद्ध रुपमा आन्दोलनहरु घोषणा गरेर कमिटी अगाडी बढोस भन्ने आफ्नो चाहाना रहेको बताए ।
    छलफलको क्रममा सचिव ई. रबिन्द्र अधिकारीले सहभागीहरुलाई आन्दोलनमा तपाईहरुको एक्येवद्धता छ की छैन भनेर प्रश्न सोधेका थिए ? उपस्थित सम्पुर्ण इन्जिनियरहरुले र्कतल ध्वनीका साथ आन्दोलनमाथि समर्थन रहेको जनाएका थिए । अधिकारीले साउन १ गतेदेखि आफुले हस्ताक्षर गर्ने रिपोटमा एनभिए नम्बर अनिवार्य रुपमा राख्न आग्रह गरे । नम्बर उल्लेख गरेमा एनभिएमा आबद्ध मुल्यांकनकर्ताहरुका समस्याहरु सुुनुवाइ गर्न सजिलो हुने समेत उनले स्पष्ट पारे ।
    सहभागीहरुले गरिमा विकास बैंकले पछिल्लो समयमा गरेको पत्राचारको विषयमा कुरा उठाएका थिए । ई. अधिकारीले डिबान र एनभिएको सम्झौता बमोजिम सर्भिस ड्राफ्ट लागु गर्ने, साउनको पहिलो वा दोस्रो हप्ता सहमति गर्ने र त्यसपछि सबै समस्या समाधान हुने सम्झौता गर्दा गर्दै डिबानको सचिव समेत रहेको गरिमा विकास बैंकले एकलौटी रुपमा असारको अन्तिम हप्तामा आफ्नो कार्यविधि लाद्न खोजेको बताउँदै यो आन्दोलन उक्त बैंकले सो कार्य नसच्चाए गरिमा तर्फपनि केन्द्रीत हुन सक्ने बताए ।
    अधिकारीले उक्त विकास बैंकको सर्कुलर नेपाल राष्ट्र बैंकको प्रावधान विपरित छ भन्दै आफुहरु राष्ट्र बैंकले प्रावधान सच्चाएर ऐन बन्नु पर्छ भनेर लागिरहेको बेला एकलौटी रुपमा उक्त विकास बैंकले ल्याएका शर्तहरु मुल्यांकनकर्ता इन्जिनियरहरु मान्न बाध्य नहुने बताए ।
    एनभिएले आफ्ना सदस्यहरुलाई ऋणि वा ऋणिका प्रतिनिधि बाहेक साइट भिजिट नगर्न, एनभिएले तोके बमोजिमको फि आफुलाई आएको सुनिश्चितता नभइकन रिपोट नदिन पनि सर्कुलर जारी गरेको छ ।
    सो कार्यक्रममा कार्यक्रमको कार्यपत्र एनभिएका महासचिव ई.अशोक सिलवालले प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य एनभिएका उपाध्यक्ष ई. विकास वाग्लेले राखेका थिए । उक्त छलफल कार्यक्रममा ३ सय भन्दा बढी काठमाडौंमा उपलब्ध मुल्यांकनकर्ता इन्जिनियरहरुको उपस्थिति थियो ।
    एनभिए मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन हो । यस संस्थासँग ९ सय भन्दा बढी संस्थागत सदस्य र ३ हजार भन्दा बढी इन्जिनियरहरु आबद्ध छन् ।
    सो बृहत छलफल कार्यक्रममा कक्षा ७ मा अध्ययनरत छात्र निर्जला पौडेलले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

    फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

    आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

    नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

    नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

    छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

    समाचार

    काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

    फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

    आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

    नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑