पाँचथर– फिदिम नगरपालिका-८ घुमाउनेटार बस्ने कुल बहादुर तामाङको पसलबाट नगद १ लाख ७७ हजार ५ सय रुपैयाँ लगायत अन्य सरसामान गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।